IMG-LOGO

नेपाली कांग्रेस फुटको संघारमा, देउवा समूहका पाँच शकुनी प्रस्ताव

 मंगल, सावन ५, २०८३  टाइम्स टिप्पणीकार 

    पाँच पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा देश बाहिर हङकङ्गमा डेरा गरेर पत्नी आरजुसंगै छन् । यता उनको फेरो समाएर राजनीति गर्नेहरुको कन्तबिजोग छ । उनीहरु फुट्न पनि सक्दैनन् मिल्न पनि सक्दैनन् । आइतबार नेपाली कांग्रेसभित्र उत्पन्न आन्तरिक विवाद समाधान र पार्टी एकताका लागि निवर्तमान सभापति शेरबहादुर देउवा समूह (नियमित महाधिवेशन पक्षधर) ले पाँच बुँदे शकुनी  प्रस्ताव अगाडि सारेको छ । जुन कुरा गगन मान्न तयार नै छैनन् । 
    समूहले सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै ५ बुँदे प्रस्ताव अघि सार्दै  निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गरेको पत्रमा पार्टी उप–सभापति विश्वप्रकाश शर्मामार्फत प्राप्त प्रस्तावहरूमाथि छलफल गरी देउवा पक्षले जेठ १८ गते नै निम्न लिखित पाँच बुँदे समझदारीको प्रस्ताव पठाएको बताए । 
    पूर्व उप–सभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीहरू डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौलासहितका नेताहरूलाई राखेर विश्वकर्माले पत्रकार सम्मेलन गर्दै चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँग समायोजन गरी गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने पहिलो माग राखेका छन् । त्यस्तै, विशेष महाधिवेशनबाट चयन भएका सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने दोस्रो प्रस्ताव छ । तेस्रो प्रस्तावका रूपमा पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाटै पन्ध्रौँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने बाहिर ल्याइएको छ । 
    महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरूमा वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी गठन गर्ने र महाधिवेशनको मुख्य आधार क्रियाशील सदस्यता भएकोले, विगतमा विवाद हुनु पूर्व तत्कालीन महामन्त्री गगनकुमार थापा संयोजक रहेको समितिले टुङ्ग्याएका सम्पूर्ण क्रियाशील सदस्यहरूलाई स्वतः महाधिवेशनमा सहभागी हुन दिने र उनीहरूको ‘डिजिटल इन्ट्री’ सुनिश्चित गर्ने आफूहरूको प्रस्ताव रहेको विश्वकर्माले बताए । डिजिटल इन्ट्रीलाई नविकरणको नाममा महाधिवेशनमा भाग लिन पाउने वा नपाउने विषयसँग जोड्न नहुने उनको भनाइ छ । पार्टी एकताका लागि आफ्नो पक्षले हदैसम्मको लचकता अपनाएको तर, संस्थापनले पहिले भएका सहमतिभन्दा फरक कुराहरू बाहिर ल्याएर एकतामा अवरोध सिर्जना गरेको आरोप उनले लगाए ।
यस्ता छन् पाँच बुँदे प्रस्ताव ः
 क) चौधौँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।
ख) सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने ।
ग) पूनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले पन्ध्रौं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।
घ) वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्वन्धित विभिन्न समितिहरू बनाउने ।
ङ) महाधिवेशनको लागि सबैभन्दा महत्त्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टी भित्र विवाद हुनु पहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यलाई पन्ध्रौँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने नपाउने विषयसँग नजोड्ने । हेरौं सभापति गगन थापा र उप–सभापति विश्वप्रकाश शर्माले यो प्रस्ताव उपर कस्तो निर्णय लिन्छन् । हेर्न बाँकी छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्