पूर्वीय पहाडी जिल्लाहरुमा विगत लामो समयदेखि सार्वजनिक यातायात सेवा दिदैं आएको पूर्व अरनिको यातायात कम्पनी लिमिटेड (साविक पूर्व अरनिको यातायात सेवा समिति) को अध्यक्ष केदार क्षेत्रीले कम्पनीको जग्गा विक्रि प्रकरणमा तानिएसँगै पदबाट राजिनामा दिनुभएको छ । कम्पनी भित्र असहमति र आवश्यक प्रक्रिया पुरा नगरी जग्गा विक्रि गरेको आरोप लागेपछि विवादले उग्ररुप लिएसँगै पदबाट शुक्रबार राजिनामा दिनुभएको हो ।
पूर्व अरनिको यातायात प्रा.लि.को नाममा रहेको सविक बनेपा १ को कि.नं. ७५३ क्षेत्रफल १४८४.३३ वर्ग मिटर, कि.नं. ५९२ क्षेत्रफल ४०४.४१ वर्ग मिटर, अरनिको यातायात सेवा समितिको नाममा बनेपा १ क को कि.नं. ५१२ क्षेत्रफल १.१–१२ (५५२.४६) वर्ग कि.नं. ८९६ क्षेत्रफल ०११–०१ जग्गा मध्ये २४ आना जग्गा अवैधानिक ढङ्गबाट अध्यक्ष क्षेत्रीले बिक्रि गरेको आरोप छ ।
पूर्व अध्यक्षहरुको भेला
साविक अरनिको यातायात सेवा समितिका पूर्व अध्यक्षहरुले बिहिबार एक भेलाको आयोजना ग¥यो । पूर्व अरनिको यातायात सेवा समितिको नाममा करिब ५ रोपनी जग्गा छ । कम्पनीले काठमाण्डौंको कोटेश्वरमा बसपार्क निर्माणका क्रममा खरिद गरिएको जग्गाको २ करोड रुपैयाँ जग्गा धनिलाई दिन बाँकी रहेको बताइएको छ । उक्त दायित्व व्यवस्थापन गर्न बनेपाको जग्गा बिक्रि गर्ने निर्णय कम्पनीले यस अघि गरेको थियो । कम्पनीलाई आर्थिक संकटको बखत सहयोग पु¥याउने उद्देश्यले खरिद गरिएको सम्पति अध्यक्ष क्षेत्रीले सञ्चालक तथा व्यवसायीहरु बिच प¥याप्त छलफल बहस बेगर बिक्रि प्रक्रिया गरेको आरोप पूर्व अध्यक्षहरु र सञ्चालकहरुले लगाएका छन् । भेलाले कम्पनीको सम्पती एकलौती ढङ्गबाट बिक्रि गर्न नमिल्ने, अध्यक्ष क्षेत्रीलाई सामाजिक बहिस्कार गर्ने र बिक्रि गरेको जग्गा फिर्ता गर्न कानुनी उपचार खोज्ने निर्णय समेत गरेको छ । समितिका पूर्व अध्यक्ष हरिभक्त भोछिभोयाको अध्यक्षतामा पूर्व अध्यक्षहरुको भेला गरिएको थियो । उक्त भेलामा बनेपा नगरपालिका वडा नं. ५ का अध्यक्ष बलराम अधिकारी, पूर्व अध्यक्षहरु योगेन्द्रनाथ कर्माचार्य, श्याम लामा, रामेश्वर श्रेष्ठ, रमेश बैद्य, श्यामकृष्ण तौजले, पूर्व उपाध्यक्ष उद्धव गौतम, संस्थापक अध्यक्षका छोराहरु र स्थानीय सरोकारवाला, संचारकर्मी समेतको भेलामा उपस्थिति रहेको थियो ।
बिक्रि गरेको जग्गा फिर्ता गर्ने तयारीमा जुटेका छौं ः पूर्व अध्यक्ष कर्माचार्य
साविक पूर्व अरनिको यातायात सेवा समिति प्रा.लि.का पूर्व अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले प्रक्रिया वेगर गैर कानुनी ढंगबाट नेपाल अरनिको यातायात सेवा प्रा.लि.मा रुपान्तरित गरि कम्पनीमा रहेको जायजेथा, सम्पती बिक्रि गर्नु आप्पत्तीजनक भएको उल्येख गर्नुभयो । २०२९ सालमा १४ वटा बस संचालन गरी सेवा सुरु गरेको अरनिको यातायात सेवा समितिमा २०४० सालमा म सचिव भए भने दुई पटक अध्यक्ष भएँ । संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरुको योगदान, व्यवसायीहरुको रगत पसिना स्थानीयहरुको सहयोगले जोडेको सम्पती एकलौटी ढङ्गबाट समितिको नामै परिवर्तन गरेर २२ लाख आनाको भाउमा २४ आना मध्ये १३ आना बेचेको भन्ने सूनियो यो गलत छ । पूर्व अध्यक्षहरुको भेलाले जग्गा फिर्ता गर्न कानुनी उपचार खोज्ने प्रक्रियामा जाने निर्णय गरेको जनाउनुभयो । अरु जग्गा बिक्रि गर्न नदिने रोक्का गर्ने निर्णय पूर्व अध्यक्षहरु जीतबहादुर भारती, योगन्द्र थान कर्माचार्य, रमेश वैद्य, चित्रबहादुर कुँवर र श्याम लामा सहितको टोलिले रुपान्तरित नेपाल अरनिको यातायात सेवा प्रा.लि.का तोकेका अध्यक्ष विकास काजी श्रेष्ठ सहितको कार्यसमितिलाई पूर्व अध्यक्षहरुको भेलाको निर्णयको जानकारी र अब थप समस्या नवल्झाउन समस्या समाधान गरी व्यवसायिको हितमा कार्य गर्न सुझाव दिएको जनाएको छ ।
अध्यक्ष पदबाट केदार क्षेत्रीको राजिनामा
नेपाल अरनिको यातायात सेवा प्रा.लि.का अध्यक्ष केदार खत्री क्षेत्रीले असार १९ गते पदबाट संचालक समितिमा राजिनामा दिनुभएको छ । कम्पनीको नाममा रहेको २४ आना जग्गा बिक्रि गरेको विवाद कै कारण अध्यक्ष क्षेत्रीले राजिनामा दिनुपरेको हो । तत्कालिन पूर्व अरनिको यातायात प्रा.लि.को २०७९ भाद्र १५ गते अध्यक्षमा निर्वाचित भएका क्षेत्रीले मजदुर वर्गको हितमा काम गरेको, व्यवसायीहरुको हितका लागि काठमाण्डौं महानगरपालिका वडा नं. ३२ जडिबुटीमा अरनिको बसपार्क परिसरमा करीब ७ करोड मुल्यमा चौध आना जग्गा खरीद गरेको राजिनामा पत्रमा उल्येख गरेको छ । निर्वाचित हँुदाको बखत कम्पनीको ९ करोड ऋण दायित्व भएको अहिले घटाएर ७ करोडमा झरेको राजिनामा पत्रमा लेखिएको छ । बसपार्क व्यवस्थित गर्न र ऋण दायित्व घटाउन बनेपाको जग्गा विक्रि गर्नुपरेको कुरा अध्यक्ष क्षेत्रीले राजिनामा पत्रमा उल्येख गर्नुभएको छ ।
१२ आना जग्गा खरिद गरेको छुँ ः श्यामकुमार भालु
अरनिको पार्टी प्यालेसका सञ्चालक समेत रहेका श्याम कुमार (मुनाल) भालुले साविक अरनिको यातायात सेवा समितिको नाममा रहेको १२ आना जग्गा ७ महिना अघि नै खरिद गरेको बताउनुभयो । सभा भवन मुनीको उक्त जग्गा कम्पनीले टेण्डर आह्वान गरे अनुसार प्रक्रिया पु¥याएर जग्गा खरिद गरेको जनाउनुभयो । कम्पनीले न्यूनतम रेट प्रति आना २२ लाख ५० हजार तोकेको उहाँले बताउनुभयो । दोश्रो चरणको टेण्डर गरेको थप १३ आना जग्गामा आफूले ८० लाख रकम धरौटी बापत राखेको समेत बताउनुभयो ।
