सूर्यविनायक–धुलिखेल सडक विस्तारको क्रममा अरनिको राजमार्ग स्थित बनेपा ७ र ८ बजार क्षेत्रमा ढल निकास निर्माण कार्य हुँदा खानेपानी पाइप क्षतविक्षत भएको कारण खानेपानीको हाहाकार भएको छ । विगत दुई महिनादेखि खानेपानी उपभोग गर्न नपाउँदा स्थानीय उपभोक्ता आक्रोसित बनेका छन् भने करिब २ सय ५५ घरका २५५० जना खानेपानीबाट बञ्चीत भएका छन् । होटल व्यवसायी बद्री तिमल्सिनाका अनुसार सडक डिभिजन र नेपाल खानेपानी संस्थान बनेपा शाखाको चरम लापरवाहीले गर्दा विगत साढे दुई महिनादेखि नै पानी धारामा नआउँदा समस्या झेल्नु परेको बताउनुभयो । वहाँले भन्नुभयो पानी धारामा आउँदा महिनामा १५ हजार खर्च हुन्थ्यो अहिले मासिक ३५ हजारको पानी किन्नुपरेको व्यवसायी तिमल्सिनाले बताउनुभयो ।
सडक डिभिजनले बजार क्षेत्रमा ढल निकास र सडक विस्तारको कार्य नगर्दा बर्षातको समयमा यात्रुहरु सडक दायाँबायाँ हिड्न सकस परेको छ । बजार क्षेत्र भित्र सडकको दायाँ बायाँ सर्भिस लेनमा डोजरले खनेर खानेपानी पाइप क्षतविक्षत पारेर जताततै पानी जम्दा यात्रुहरु आवत जावत गर्न सकेका छैनन् भने नागरिक आवत जावतमा असहज हुँदा व्यापार व्यवसाय नै चौपट भएको कुरा होटल व्यवसायी दिनेश न्यौपानेले बताउनुभयो । अर्का कपडा व्यवसायी तथा स्थानीय उमेशभक्त भोछिभोयाले सडक डिभिजनले वर्षातको समयमा सर्भिस लेन बनाउने र ढल निकास बनाउने भन्दै डोजरले सडक भत्काउँदा वेहाल भएको उल्येख गर्नुभयो । वहाँले खानेपानी संस्थानको वेवास्ता, सडक डिभिजनले निर्माण कार्यमा समयमा ध्यान नदिदाँ आपूmहरुको व्यवसाय चौपट भएको र विगत छ महिना देखि नै धारामा पानी नआउँदा पानी किनेर खानुपर्ने वाद्यता भएको जनाउनुभयो ।
नेपाल खानेपानी संस्थान बनेपा शाखाका प्रमुख भवानीप्रसाद भट्टलाई सडक विस्तारका क्रममा पाइप क्षतविक्षत भइ बनेपा वडा नं. ७ र ८ का वासिन्दाले महिनौ देखि खानेपानी उपभोग गर्न नपाएको पानीको हाहाकार भएको गुनासो गर्दा किन मुकदर्शक बनेको भन्ने जिज्ञासामा यस्तो प्रतिक्रिया दिनुभयो ः सडक डिभिजनले आरनिको राजमार्ग बनेपा बजार क्षेत्रभित्र कार्य द्रुत गतिमा नगरेको, ढल निकासको काम पनि स–सानो पार्टमा १५÷१५ मिटरको कार्य गरेर ढिला सुस्ती गरेकोले थप समस्या भएको बताउनुभयो । वहाँले भन्नुभयो ः ठाउँठाउँमा पाइप क्षतविक्षत गरेको ठाउँमा बनाउँदै स्थानीयलाई पानी खुवाँउदै आएको, बजारमा केहि क्षेत्रमा भने १५÷२० दिन भित्रै हाम्रो प्राविधिक टोलिले कार्यगरी पानी खुवाउने कार्य गर्ने कुरा बताउनुभयो ।
तर चाँडोभन्दा चाडो सडक डिभिजनले ढल निकास र ड्रेनको काम भने गरि दिनुपर्ने धारणा खानेपानी संस्थानका प्रमुख भट्टले राख्नुभयो । त्यस्तैगरी खानेपानी संस्थान बनेपाका वितरण शाखा प्रमुख भवानीप्रसाद हुमागाईले बनेपा बजार क्षेत्र चण्डेश्वरी खोला देखि बनेपा तीनदोबाटो सम्म निर्माणधिन सडक विस्तारमा ढिलाई गर्दा स्थानीय उपभोक्ताहरुले पानी उपभोग गर्न कठीनाइ भोग्नुपरेको बताउँदै ड्रेन, ढल निकासको कार्य सडक डिभिजनले कार्य सकेको ८÷१० दिन भित्र नै हाम्रो प्रविधिक टोलीले धारा जडान गरी पानी वितरण गर्ने उल्येख गर्नुभयो । त्यसैगरी सूर्यविनायक भक्तपुर धुलिखेल सडक डिभिजनका आयोजना प्रमुख विजय कुमार महोतोलाई बनेपा बजारमा वर्षातको समयमा निर्माण कार्यलाई तिब्रता नदिएर किन ढिला सुस्ती गरेको भन्ने जिज्ञासा राख्दा यस्तो प्रतिक्रिया दिनुभयो ः
अमेरिका इरान युद्धको कारण पेट्रोलियम पदार्थ अभावसँगै विटुमिन अलकट्टाको अभाव सामाग्रीको महंगो हुँदा काममा केहि ढिलाइ भएको हो । असार सम्ममा सडकको एकलेन पिच गर्नेगरी कार्य अघि बढ्ने बताउनुभयो । वहाँले सँगसँगै साभिसि लेन पनि बनाउँदै लगिने बताउनुभयो । त्यस्तैगरी जहाँसम्म बजार क्षेत्रमा खानेपानीको समस्याको हल गर्न खानेपानी संस्थालाई खानेपानीको पाइप मर्मत खार्च जेतति लाग्छ त्यसको रकम बेहोरेर गरेको हुँदा उक्त समस्याको हल हुने बताउनुभयो । सडक विस्तार गर्दामा ढिलाइले वर्षातमा हिलाम्मे हिउँदमा धुलाम्मे हुँदा सडक अस्तव्यस्त छ । यात्रु र नागरिकहरुले सास्ति व्यहोर्नु परेको छ भने बनेपाको सडककै कारण नागरिकहरुले कस्टकर जीवन जीउनुको बाध्यता र व्यवसायमा ठुलो आधात पुगोको छ ।
