IMG-LOGO

काभ्रेका दुई क्षेत्रमा को – कस्को हुँदैछ प्रतिस्पर्धा ?

 मंगल, माघ २८, २०८२  --

        आगामी फागुण २१ गते हुने निर्वाचन नजिकिदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । राजधानी नजिक काभ्रे जिल्ला बहुदलीय ब्यबस्था र लोकतान्त्रिक गणतन्त्रमा राजनीतिकरूपमा गोकुल बास्कोटा अघि कहिल्यै केन्द्रमा  हस्तक्षेप गर्न सकेन । अहिले नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्य बाहेक त्यस्तो हेब्बी उम्मेदवार कोही छैन तर चुनाव आउन ३ साता बाँकी हुँदा काभ्रेका दुबै क्षेत्रमा  रोचक प्रतिस्पर्धा  हुँदैछ । 

        प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. २ मा एमालेबाट अशोक व्याञ्जु, कांग्रेसका मधु आचार्य, नेपाली कम्यूनिस्ट पार्टीबाट बसुधरा हुमागाई, रास्वपाबाट बदन भण्डारीसँग प्रतिस्पर्धा हुनेछ । उनीहरु लगायत २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्य काभ्रे निर्वाचन–२०८२ मा क्षेत्र नं १ मा राजनितिक दलका र स्वतन्त्र नयाँ उम्मेदबारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा १५ दल र तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उक्त निर्वाचन क्षेत्रमा विशेषगरी ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उक्त क्षेत्रमा एमालेका अमित लामा, कांग्रेसका गुणराज मोक्तान, रास्वपाबाट मधुकुमार चौलागाईं र नेकपाका दिननाथ गौतमले उम्मेदवारी दिनुभएको जिल्लास्थित प्रतिनिधिसभा सदस्य काभ्रे क्षेत्र नं. १ को मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

        उक्त क्षेत्रमा गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङ ३४ हजार ४१२ मत प्राप्त गरी विजयी भएका थिए । निकटतम प्रतिद्वन्दी एमाले काभ्रेका सह–इन्चार्ज समेत रहेका रेशमलामालाई ३ हजार ९ सय ३४ मतले पछि पारेका थिए । एमालेका उम्मेदवार लामा पार्टीका केन्द्रीय सदस्य हुन् भने कांग्रेसका उम्मेदवार मोक्तान पार्टीको जिल्ला सचिव हुन् । यस्तै रास्वपाका चौलागाइँ कानुन व्यवसायी तथा नेकपाका उम्मेदवार गौतम चौंँरीदेउराली गाउँपालिकाको पूर्व अध्यक्ष हुन् । ठूला दलका यी उम्मेदवार पनि प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहार हुन् । यस क्षेत्रमा ‘अन्य’ समूहबाट एकजना प्रतिस्पर्धामा उत्रिएका छन् । गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा यहाँको क्षेत्र नं १ मा समानुपातिकतर्फ एमाले २४ हजार ७९, कांग्रेस २१ हजार ७५५, तत्कालीन माओवादी केन्द्र १७ हजार ३३५, रास्वपा नौ हजार ७९४, राप्रपा दुई हजार ४२९ र तत्कालीन एकीकृत समाजवादीले एक हजार ९५५ मत प्राप्त गरेका थिए ।

        काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. २ मा कडा प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसका मधु आचार्य कुशल वैचारिक नेतृत्व खरिएको नेता, एमालेका अशोक व्याञ्जु केन्द्रीय सदस्य, नेपाल नगरपालिका संघको अध्यक्ष र धुलिखेल नगरपालिकाको नगर प्रमुख समेत भइ कार्य गरेको व्यक्तित्व हुनुहुन्छ । नेपाली कम्यूनिस्ट पार्टीको तर्पmबाट बसुन्धरा हुमागाई बागमती प्रदेशको कृषि मन्त्री भइ कार्य गर्नु भएको छ भने रास्वपाका युवा नेता बदन भण्डारी लगायत २४ जना चुनावी मैदानमा छन् । आ–आप्mना नेताले जित्ने दावी गर्दै चिया चौतारीमा कार्यकर्ता गफ गर्दै समय विताउँछन् । कस्ले मार्ला बाजी त्यो भने हेर्न बाँकी छ ।

        आसन्न निर्वाचनमा काभेको दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका ४२ उम्मेदवारकै उम्मेदवारी कायम भएको छ । क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ ले उम्मेदवारी दर्ता गरेका हुन् । यसपटक पनि दलित उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छैनन् । यस्तै जनजाति तर्फबाट २५ जना उम्मेदवारी परेको जनाइएको छ । यस्तै निर्वाचन क्षेत्र नं २ मा भने १६ दल, आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन् । यसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष र ५९ हजार ११० महिला र दुई जना अन्य रहेका हुन् । कार्यालयका अनुसार क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० र क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता रहेका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्