IMG-LOGO

गोकुल बास्कोटा सचिवमा भिड्ने काभ्रे एमाले न यता न उता

 मंगल, मंसिर २४, २०८२  --

     नेकपा एमालेका पोलटब्युरो सदस्य रहेका निवर्तमान सांसद गोकुल बास्कोटा एमालेको एघारौं महाधिवेशनमा बागमती प्रदेशबाट सचिवमा भिड्ने भएका छन् । एमाले निकट शुत्रका अनुसार उनी बिना प्यानल नै सचिव पदमा उम्मेदवारी दिने भएका छन् । जेन्जी आन्दोलन पूर्व नै केपी शर्मा ओलीको साथ छोडेका बास्कोटा पूर्व राषट्रपति विद्यादेवी भण्डारीलाई एमाले पार्टीमा ल्याउन सक्रिय थिए । ओलीले विद्यालाई रोकेपछि बास्कोटा न यताका भए न उताका । गोकुलको न ओली न विद्या भएपछि काभ्रे जिल्लामा एमालेको मुख्य नेताका रूपमा पक्कड भएका बास्कोटाको हालसंगै एमाले काभ्रे पनि न यता न उता भएको छ । तीन दशक ओलीको गृह जिल्ला झापा पछि काभ्रे थियो तर अहिले त्यस्तो स्थिति छैन ।

को को महाधिवेशनमा चर्चा ?

     बागमती प्रदेशबाट सचिव बन्ने गरी पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सार्वजनिक कार्यक्रममा घोषणा गरी तयारी प्रारम्भ गरेका छन् । पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बास्कोटा ओली प्रधानमन्त्री हुँदा उनकै नेतृत्वको मन्त्रीमन्डलमा सूचना तथा संचारमन्त्री सरकारका प्रवक्ता समेत थिए ।

     एमालेले यो महाधिबेशनका लागि विद्यान अधिबेशन सम्पन्न गरिसकेको छ । विद्यानले पार्टी पदाधिकारीहरुको संख्या घटाएको छ । आंकाँक्षी धेरै भएकाले ब्यवस्थापनमा कठिनाई हुने एमालेले जनाएको छ । बास्कोटा सचिव पदमा उम्मेदवारी दिने गरी महाधिबेशन प्रतिनिधिहरु विच वातावरण बनाउने अभियानमा जुटेका छन् । हक्की स्वभावका आपूmलाई लागेको कुरा विर्धक्क सँग राख्ने प्रस्ट वक्ताको रुपमा परिचित छन् बासकोटा पार्टी नेतृत्वका बारेमा गत भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका घटनामा खुलेर आलोचना गरे सँगै उनि केहि समय नेतृत्वको नजरमा आलोचित पनि बने । पार्टी अध्यक्ष ओलीको नजरबाट दुर रहेको समेत बताइन्छ ।

     जिल्लामा एक छत्र बर्चस्व रहको बास्कोटाको पक्षमा महाधिबेशन प्रतिनिधिहरु गोकुलको पक्षमा १३ र संस्थापन पक्ष ओलीकोमा ११ जना भएको चर्चा चुलिएको छ । उनी केन्द्रिय सदस्य हुँदै पोलिटब्युरो सदस्य भएका हुन् । अब केन्द्रिय सचिवका रुपमा तयारी गरिरहेका छन् । जिल्ला कमिटी अध्यक्ष, पार्टी विधान अनुसार त्यस अघि जिल्ला सचिव, उप सचिव हुँदै विभिन्न मोर्चामा सशक्त रुपमा बास्कोटाले भूमिका खेलेको थिए । प्रतिनिधि सभा क्षेत्र नम्वर २ बाट बास्कोटाले २०७९ र २०७४ को निर्वाचनमा बिजयी भएका थिए ।

     काभ्रेपलाञ्चोक जिल्लाबाट यस अघि नेकपा एमालेको पोलिटब्युरो सदस्य गोकुल बास्कोटा थिए । उनी काभ्रेपलाञ्चोक जिल्लाका इन्चार्ज हुन् । केन्द्री सदस्यमा रेशम लामा, नविना लामा र रुकमिणी बराईली कार्यरत छन् । बास्कोटा सचिव पदमा प्रतिस्पर्धा गर्ने भएका छन् भने अन्य पुनः केन्द्रीय सदस्यमा दोहोरिने आंकाक्षा राखेका छन् । पहिलो पल्ट जिल्लाबाट केन्द्रीय सदस्य पदका लागि अशोक ब्याञ्जु, कुमार थापा, भिम न्यौपाने, रिता ढकाल, चन्द्र लामा, ज्ञानबहादुर लामा, अमित लामा, इन्द्र तामाङ उठ्ने चर्चा परिचर्चा सुरुभएको छ । कसैले पनि उम्मेदवारी भने घोषणा भने अहिले सम्म गरेका छैनन् । दुई पटक नेपाल नगरपालिका संघको केन्द्रीय अध्यक्ष भएर स्थानीय तह तथा निकायमा राम्रो दख्खल राखेका रुपमा परिचित छन् । राम्रो समन्वय गरिसकेका हिसावले अशोक ब्याञ्जु उम्मेदवार बन्ने गरी तयारीमा जुटेका छन् । व्याञ्जु हाल धुलिखेल नगरपालिकाको प्रमुख पदमा कार्यरत छन् ।

     बागमती प्रदेशका मन्त्री समेत बनिसकेका चन्द्र लामाले युवाको तर्फबाट प्रतिनिधित्व गर्ने चर्चा छ । रिता ढकाल लगायतले महिला तर्फबाट प्रतिस्पर्धाको तयारी गरेका छन् । कुमार थापा पार्टीको असल सिपाहीको रुपमा चित्रण गरिन्छ । उनीपनि केन्द्रीय सदस्यमा उठ्ने चर्चा छ । पनौती नगपालिकाका पूर्व नगर प्रमुख सालिन व्यक्तित्व राजनितिज्ञ भिम न्यौपाने संस्थापन पक्षबाट केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्ने चर्चा रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्