भक्तपुर जिल्लाको सूर्यविनायक देखि धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत मात्र पुगेको छ । मन्त्री कुलमान घिसिङले सडक विस्तारको अनुगमन गरी आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्न निर्देशन दिनुभयो । सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेट अभावलगायतका कारणले आयोजनाको निर्माण कार्यमा असर परेको थियो । भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई खण्डमा विभाजन गरी काम भइरहेको छ ।
यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ मिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै सडक खण्डको निर्माण कार्य भने भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिनुभएको हो । निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङलले काम गर्ने अहिले उपयुक्त वातावरण रहेकाले निर्माणलाई थप तीव्रता दिन निर्देशन दिनुभयो ।
आगामी असार सम्म कार्य सम्पन्न गर्न निर्देशन
उहाँले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव हुन नदिने जनाउनुभयो । सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । ४ अर्ब मागमा ७० करोड बजेट आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ ।
मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन पनि आग्रह गर्नुभए पनि वातावरण अभैm बनेको छैन । दुर्व खण्डमा टेवा पर्खाल तथा नाली निर्माण प्रगति ९५ प्रतिशत रहेको छ । साँगा—धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
६ लेन सडक निर्माण बनेपा–पुलबजार अभैm अन्यौलमा
साँगा बनेपा पुलबजार सडक खण्ड ६ लेन सडक विस्तार योजना अभैm अन्यौलमा परेको छ । साँगाबाट बनेपाको पुल पारी क्षेत्र सम्म भने सडक विस्तार कार्य अघि बढेको छ । बनेपा पुलवारीका स्थानीय बासीन्दा बीच सडक मापदण्ड अनुसार ७५ फिट दाया बायाँ बीच भागबाट हुनुपर्नेमा सडक निर्माण आयोजनाले मललाग्दी ढङ्गबाट कतै ७० फिट कतै ७५ फिट गरेकाले सडक विस्तार रोक्नुपरेको स्थानीयले बताउँदै आएका छन् । सडक आयोजना र स्थानीय बासिन्दा बीच स्थानीय सरकार बनेपा नगरपालिकाले समन्वय गर्नुपर्नेमा ६ महिना देखि कार्य अवरुद्ध हुँदा समेत कुनै चासो नदेखाएको प्रति राजमार्ग क्षेत्रका व्यवसायी र स्थानीय आक्रोशित भएका छन् ।
