विवादासपद मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलनमा घुसपैठ अराजकता र लुटपाट हुने खतराको आशंका गर्दै सुरक्षा प्रमुखहरूले प्रसाईंसंग बार्ता र निगरानी सतर्कता अपनाउन सरकारलाई सुझाव दिइएका छन् । दुर्गा प्रसाईं तिनै ब्यक्ति हुन – भदौ २३ र २४ गतेको जेन्जी बिद्रोहपछि नेपाली सेनाको मुख्यालयमा भदौ २५ गते बढो सानले सार्वजनिक भएका थिए । राजा र हिन्दुराज्य चाहिन्छ भनेर पटकपटक अराजक मान्छे भेला गर्ने र जे मुखमा आयो त्यही बोल्ने उनी अराजक र अस्थिर ब्यक्ति हुन । बैंकको ऋण लिने ठुला ऋणी पनि हुन ।
कात्तिक १५ गतेबाट आन्दोलन घोषणा गरेका उनै विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आइतबार उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) का सीडीओसहित सुरक्षा निकायका अधिकारीहरूले छलफल गरेका थिए ।छलफलका लागि भक्तपुरका सीडीओ नमराज घिमिरेले प्रसाईंलाई डाकेका हुन् । आइतबार नै प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवलाई ब्रिफिङ गरेका थिए ।निर्वाचन सुरक्षाको विषयमा छलफल गर्न बोलाइएका सुरक्षा निकायका प्रमुखहरूले विशेषगरी प्रसाईंले गर्ने भनेको आन्दोलन र सुरक्षा चुनौतीबारे लामो ब्रिफिङ गरेका थिए ।
सुरक्षा निकायको ब्रिफिङ सुनेपछि सरकारले आन्दोलन घोषणा गरेका सबै पक्षलाई औपचारिक रुपमै वार्तामा आउन आग्रह ग¥यो । ललितपुरका सीडीओ सुमन घिमिरेका अनुसार, छलफलमा प्रसाईंलाई कात्तिक १५ गतेबाट हुने भनिएको आन्दोलनको आधिकारिकता खोजी भएको थियो । ‘उहाँको अभियानले सञ्चालन गर्ने भनेको प्रदर्शन, आन्दोलन आधिकारिक हो कि होइन भन्ने हामीले सोध्यौं,’ सीडीओ घिमिरेले भने, ‘कात्तिक १५ बाट घोषणा भएको आन्दोलन अहिले होइन भनेर उहाँले भन्नुभयो ।’ प्रसाईंले यसबीचमा सरकारसँग वार्ता गर्न आफू तयार रहेको पनि छलफलमा बताएका थिए ।
दुर्गा प्रसाईंले भाडामा मान्छे ल्याएर उतार्न सक्ने सुरक्षा निकायको ब्रिफिङ छ ।छलफलमा प्रसाईंले कतिपय राजनीतिक विषयवस्तु पनि निकालेका थिए । तर, राजनीतिक विषय आफूहरूले हल गर्ने विषय नभएको र त्यसका लागि सरकारसँग वार्ता र संवाद नै विकल्प रहेकोबारे आफूहरूले सुझाएको भक्तपुरका सीडीओ नमराज घिमिरेले सार्वजनिक गरेका छन् । ‘कतिपय राजनीतिक कुरा छन् । कतिपय सेन्टिमेन्ट लिने खालका कुरा पनि छन् । हामीले पोलिटिकल कन्सनबारे कुरा गरेनौं,’ सीडीओ घिमिरेले भने, ‘माग पूरा गराउनका लागि जे गर्छु भनिरहनुभएको छ, त्यसले समाजमा एउटा डर सिर्जना गर्छ ।’
प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्रीलाई पठाए पत्र पठाएका छन् । प्रसाईंले आइतबारको छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीलाई एउटा पत्र पनि पठाएका छन् । आफ्ना माग सम्बधमा भन्दै उनले ज्ञापनपत्र बुझाउनका लागि समय मिलाइदिन भन्दै सीडीओमार्फत उक्त पत्र पठाएका हुन् । प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्र पनि ल्याउनुभएको रहेछ, हाम्रो माग सम्बन्धमा ज्ञापनपत्र पठाउनका लागि समय पाउँ भनेर,’ ललितपुरका सीडीओले भने, ‘गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । त्यहाँ गएर आफ्ना माग पूरा गर्न भन्नका लागि भन्नुस् भन्यौं ।’
दुर्गा प्रसाईं भन्छन् – सुध्रिन तयार छु, देश छाडेर जा भने पनि रेडी
काठमाडौंका सीडीओ ईश्वर राज पौडेलले उक्त पत्र आइतबार साँझ गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष बुझाइसकेका छन् । पौडेलका अनुसार, प्रसाईंले अहिले कुनै आन्दोलन घोषणा नभएको र कुनै तयारी पनि रहेको जानकारी गराएका छन् । तत्कालका लागि प्रसाईंले आफ्ना आन्दोलन अघि नबढाउने र वार्तापछि पनि समाधान नभए अन्ततः आन्दोलनकै बाटो रोज्ने निष्कर्ष सीडीओसहितका सुरक्षा अधिकारीहरूलाई सुनाएका छन् । ‘त्यो आन्दोलन तत्काल नगर्ने नै कुरा भयो । एकैपटक हामी मंसिर पछाडि आन्दोलन गर्छौं भन्नुभयो,’ सीडीओ घिमिरेले भने, ‘तर यसबीचमा सरकारसँग वार्ता र छलफल गर्ने सहमति भएको छ ।’ काठमाडौंका सीडीओ पौडेलले बताए अनुसार, विषम परिस्थितिलाई ध्यानमा राख्दै अहिले कुनै पनि प्रकारका आन्दोलनका कार्यक्रम गर्न नदिने नै सरकारको रणनीति छ ।
सोही अनुसार, प्रसाईं समूहका विभिन्न गतिविधि निगरानीमा राख्दै आइतबारको छलफल आयोजना भएको पौडेलले बताए । देशको अवस्था गम्भीर छ । जेन्जी बिद्रोहमा प्रहरीका हतियार लुटिएका छन् । देशभरका कारागारबाट कैदी भागेका छन् । यो बेला आफ्नो गाउँ ठाउँमा आफैंले सुरक्षा अप्नाउनु पर्छ । सरकारको कुनै भर हुन्न भन्ने कुरा दुई तिहाइको ओली सरकारबाटै थाहा भो यो त अन्तरिम सरकार हो । के हुन्छ भन्न सक्ने अवस्था छैन ।
