जेन–जी विद्रोहमा कप्mर्यु लाग्यो, गोली चल्यो, १९ को मृत्यु कयौं हताहत
अति भएपछि मौन बस्न सकिदैँन भन्ने ज्वलन्त उदाहरण हुन् हिजो सडकमा उत्रिएका जेन–जी पुस्ता यी जनता छोराछोरी हुन् । गलतलाई गलत भन्न नसक्ने पनि गलतनै हुन् तसर्थ यो आन्दोलनमा उत्रिएका हजारौं थिए । व्याप्त भ्रष्टाचार बिरुद्धको आवाज हो यो तर पुरै तनावग्रस्त देखियो । आन्दोलनमा कप्mर्यु लाग्यो गोली चल्यो । यो समाचार तयार पार्दा सम्म १९ जना मारिएको खबर छ भने ३ सय ४७ संख्यामा घाइतेहरु अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट प्राप्त विवरणअनुसार मृतकको संख्या १९ पुगेको जनाएको छ । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३४७ जना घाइते उपचाररत छन् । मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेज (केएमसी) मा २, त्रिवि शिक्षण अस्पतालमा १ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ ।
वीरगञ्जमा युवतीमाथि गोली प्रहार, एक जना पक्राउ
वीरगञ्जस्थित रजतजयन्ती चोक नजिक एकै युवतीमाथि गोली प्रहार भएको छ । भारत घर भएकी करिब १८ वर्षीया निशाकुमारीमाथि नेपाल–भारत सीमा नजिकै वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा सोमबार गोली प्रहार भएको हो । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार युवती निशाको गालामा गोली लागेको छ । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । एसपी मिश्रका अनुसार युवतीमाथि गोली हान्ने व्यक्तिलाई पक्राउ गरिएको छ । भारततर्फ भाग्दै गरेको अवस्थामा भारतको झारखण्ड बस्ने २६ वर्षीय सञ्जीव शर्मालाई नियन्त्रणमा लिइएको उनले बताए । प्रारम्भिक अनुसन्धानको क्रममा वीरगञ्जस्थित एक होटलमा खाजा खाने क्रममा विवाद हुँदा निशामाथि गोली हानिएको हो । घटनाबारे अनुसन्धान भइरहेकोले गोली हान्नुको कारण खुल्ने उनले बताए । काठमाडौंका विभिन्न स्थानबाट ४० जनाभन्दा बढी जेनजी प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी मोहनमणि अधिकारीका अनुसार करिब ४० जना भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका हुन् । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको विलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले हिजो प्रदर्शन सुरु गरेका छन् । यसैको प्रदर्शनका क्रममा काठमाडौं र सुनसरीमा गरी १९ जनाको मृत्यु भएको बताइएको छ । ३४७ जना घाइते भएका छन् ।
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा दिएका हुन् । हिजो भएको जेन–जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका हुन् । कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए । कांग्रेस सभापति देउवा त्यसमा मौन रहे भने गृहमन्त्री लेखकले राजीनामा दिने जानकारी गराएर त्यहीँबाट मन्त्रिपरिषद् बैठकमा गएका थिए । लेखक २०८१ साल असार ३१ मा गृहमन्त्री बनेका हुन् ।
छानबिन समिति बनाउने मन्त्रिपरिषद्को निर्णय
जेनजीहरूले हिजो गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले काभ्रे टाइम्सलाई बताए । उनका अनुसार, समितिले १५ दिनभित्र घटनाको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने म्याद दिएको छ ।
