भुम्लु गाउँपालिकाका स्थानीयले ५० वर्षपछि लालपूर्जा पाउँदा बुढाबुढी हर्षले रोएका छन् । भुम्लु गाउँपालिका वडा नं. ८ का ८६ वर्षीय गिर्बराज उप्रेतीले लालपुर्जा प्राप्त गरेपछि हर्षले गदगद हुँदै आँखाको गहभरी आँसु पारी पुर्जालाई ढोग्नुभयो । जग्गा जमिन भइकन पनि लालपुर्जा हातमा नहुँदा कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न नसकेको आपूm अनागरिक भएको जस्तै महसुस भएको स्थानीय ८६ वर्षीय उप्रेतीले दुःखेसो पोख्नुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विगत आधा शताब्दीदेखि लालपुर्जाविहीन रहेका भुम्लुका नागरिकहरूलाई जग्गाधनी पुर्जा हस्तान्तरण गर्नुभएको छ । एक कार्यक्रम मार्फत मन्त्री अधिकारीले पहिलो चरणमा भुम्लु गाउँपालिका वडा नं. ७ र ८ का ४३१ जनालाई लालपूर्जा हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले देशभरका भूमिहीनका समस्या समाधानलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो । बाँकी करिब पाँचसय जना नागरिकलाई पनि प्रक्रिया पु¥याएर लालपूर्जा दिइने नापी कार्यालय धुलिखेलका प्रमुख अशोक भुषालले जानकारी दिनुभयो । साबिकको फलाटे र भुम्लुटार गाविसमा २०३२ सालमै नापजाँच सम्पन्न भए पनि जग्गाधनी प्रमाणपत्र बाँडफाँट हुन सकेको थिएन । सीमाना विवाद, नापीमा भएको त्रुटी, कागजातको अद्यावधिक अभाव, भूकम्प र महामारी जस्ता विपत्तीले त्यहाँका नागरिकले आफूले भोगचलन गरिरहेको जग्गाको पूर्जा पाउन सकेका थिएनन् । उक्त समस्याकै कारण उनीहरूले आफ्नो घर–जग्गा धितो राखेर ऋण लिन, जग्गा किनबेच गर्न पाएका थिएनन् । गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले आफू पनि लालपूर्जाबिहीन नागरिक भएको पीडादायी अवस्था सुनाउँदै लालपूर्जाका लागि निवेदन दिएका बाँकी परिवारलाई पनि छिट्टै पूर्जा वितरण गरिने बताउनुभयो । उपाध्यक्ष जितेन्द्रमान लामाले भूमिहीनको अधिकार सुनिश्चित गर्नु गाउँपालिकाको पहिलो प्राथमिकता भएको उल्लेख गर्नुभयो । कार्यक्रममा वागमती प्रदेश सांसद रुकु चौलागाईं, भुम्लु गा.पा पूर्वअध्यक्ष गुमानध्वज कुँवर भुम्लु वडा नं. ७ का अध्यक्ष रमेशराज खरेल, वडा नं. ८ का अध्यक्ष मोतिलाल तामाङ लगायत जनप्रतिनिधि, स्थानीय एवं सञ्चारकर्मीहरुको सहभागिता रहेकोे थियो ।
८६९ घर परिवार मध्ये पहिलो चरणमा ४ सय ३१ लाई लालपूर्जा गाउँपालिका अध्यक्ष ः भ्ुजेल
भुम्लु गाउँपालिका वडा नं. ७ र ८ का स्थानीयले पहिलो चरणमा ४ सय ३१ घर परिवारले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन् । ८ सय ६९ घर परिवार मध्येबाट नाप जाँच गरी प्रक्रिया पुगेकाहरुको पहिलो चरणमा ४ सय ३१ ले पुर्जा प्राप्त गरेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताउनुभयो । म आपैm पनि लालपुर्जा विहीन नागरिक भएको गाउँपालिका अध्यक्ष भुजेलले जनाउनुभयो । पालिकाका वडाबाट थप नागरिकले पनि लालपुर्जा प्राप्तिका लागि आवेदन दिएको कुरा प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । पहिलो चरणमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले स्थानीयलाई एक कार्यक्रम बीच लालपुर्जा वितरण गर्नुभएको हो ।
५० वर्ष पछि लालपुर्जा पाउँदा बुढाबुढी हर्षले रोए
रमेशप्रसाद न्यौपाने÷हरिनाथ न्यौपाने