IMG-LOGO

काभे्रबाट प्रधानमन्त्री ओलीलाई रातो बत्ति विद्या भण्डारी पक्षले युवासंघ कब्जा ग¥यो

 सोम, सावन २७, २०८२     टाइम्स टिम

     नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काभ्रे इन्चार्ज पनि रहेका सांसद गोकुल बाँस्कोटा आइतबार युवा संघ काभ्रेको ११ औं अधिवेशनमा नआएर पनि काम तमाम गरेका छन् । प्रम ओली पक्षले अधिवेशन बहिष्कार गरेको छ । अधिवेशनमा ओली पक्ष हारिने भएपछि अधिवेशन रोक्न दुई दिन अघि सामाजिक सञ्जालको प्रयोग गरिएको थियो तर अधिवेशन आइतबार सम्पन्न भएरै छोड्यो ।

     ३० वर्ष अघि देखि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको काभ्रे एमालेमा ओलीलाई रातो बत्ति र पूर्व राष्ट्रपति विद्या भण्डारी पक्षलाई हरियो बत्ति बलेको छ । जस्तै प्रतिकूलता पनि ओलीलाई साथ र समर्थन गर्ने काभ्रे जस्तै देशव्यापी किल्ला भत्किने निश्चित छ । काभ्रेमा देखिएका दृश्यले के देखाउँछ भने अब एमाले अध्यक्ष ओलीलाई टक्कर दिन भण्डारी योजनाका साथ देखिएको प्रष्ट हुन्छ ।

     एमाले बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पुनः राजनीतिमा सक्रिय हुन रोक लगाउने निर्णय भएपनि काभ्रे जिल्लामा विभाजित देखिएको छ । यो हिसाबले देशव्यापी असर गर्ने देखिन्छ । एक पक्षीय ओलीको जिल्ला रहेको काभ्रे जिल्ला उनैका विरुद्ध यहाँ समान्तर कमिटी बन्न थालेको संकेत हो–ओलीका दिन गए भण्डारीका दिन आए । एमाले पार्टीको जिल्ला अधिवेशन देखिनै ओली पक्ष कमजोर बन्दै गएको एमाले काभ्रेमा अनेरास्ववियु हुँदै युवा संघमा समेत पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको एकलौटी कमिटी घोषणा गर्दा काभ्रेको एघारौं जिल्ला अधिवेशन आइतबार सकिएको छ ।

     बागमती प्रदेश अध्यक्ष हरिशरण जमकट्टेल र काभ्रे इञ्चार्ज रहेका केन्द्रीय सदस्य सागर रायमाझीले अधिवेशन स्थगित गर्न दिएको निर्देशन समेत नमानेर पूर्वराष्ट्रपति समेत रहेकी पार्टीकी पूर्वउपाध्यक्ष भण्डारीको पक्षमा खुलेको जिल्ला नेतृत्वको समर्थन पाएको समूहले विवादबीच अधिवेशन गरेको हो । अधिवेशनबाट धुलिखेलका सीबी लामाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । रमेश बुढाथोकी, सचिवमा अमन धिताल, सहसचिवमा राजेन्द्र लामा र सगुन थापा तथा कोषाध्यक्षमा शिवप्रसाद ढुंगेल निर्वाचित भए ।

     त्यस्तै संगठन विभागमा प्रमुख किरण तामाङ चयन भएका छन् । भण्डारी समूहले अवरोधको प्रयासका वीच १३ वटै पालिका कमिटीबाट प्रतिनिधित्व गराउँदै अधिवेशन गरेको बताएको छ भने ओली समूहले आफूलाई पेलेर जान खोजिएको र अनधिकृतरुपमा अधिवेशन गरिएको आरोप लगाएका छ । अधिवेशनमा खानीखोला गाउँपालिकाका बाहेक जिल्लाका १ सय २८ वडाका एकरएक जना र १२ पालिकाबाट तीन जनाको दरमा ३६ जना गरी १ सय ६४ प्रतिनिधि अधिवेशनमा सहभागी भएको युवा संघको अधिवेशनमा जानकारी दिइएको थियो ।

     अधिवेशनको उद्घाटन नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले गरेका थिए भने अधिवेशनलाई बाहिरै रहेर जिल्ला इञ्चार्ज रहेका पोलिट्व्युरो सदस्य गोकुल बाँस्कोटाले ओलीलाई आफ्नो तागत देखाइदिएका थिए । जिल्ला इन्चार्ज रहेका एमाले पोलिट्व्युरो सदस्य गोकुलप्रसाद बास्कोटा, जिल्ला अध्यक्ष राजन भुर्तेल लगायतका नेता पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खुलेका छन् भने केन्द्रीय सदस्य रेशम लामा, जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्याशी रहेका बागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामा लगायतका नेताहरू प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । दुई पक्षको यो लडाइँ देख्दा विपक्षी दलका नेता भने जुँगामा ताउ लगाएर मुस्कुराई रहेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्