काभ्रेको पुरानो नगरपालिका २०७३ स्थानीयतहको पुनः संरचनामा आसपासका गाबिस गाभिएर बनेको बनेपा नगरपालिकाको १५ औं नगर सभा शुक्रबार सम्पन्न भएको छ ।
बनेपा नगरपालिकाको १५ औं नगर अधिवेशन नगरप्रमुख शान्तिरत्न शाक्यको सभापतित्वमा शुक्रबार नगरसभामा सम्पन्न भयो । उपप्रमुख एवं न्यायिक समितिको संयोजक विमला सापकोटा दाहालले न्याय सम्पादनको अबस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा उजुरी दर्ता २२, मेलमिलापबाट फर्छयौट संख्या ३, मेलमिलाप हुन नसकी अदालत पठाएको संख्या १ र १८ वटा उजुरी कारवाही चरणमा रहेको जनाउनु भयो । न्यायिक समितिमा सूचिकृत भएका मेलमिलापकर्ता १८ जना रहेको जनाएको छ । बनेपा नगरको वडालाई विपक्षी बनाई उजुरी दिएको संख्या १७ छ । चालु आर्थिक वर्ष ०८१÷०८२ मा नगरबाट छनौट भएका ४ सय ५० योजना ८ वटा मात्र योजना सम्पन्न भएका छन् । भौतिक पूर्वाधार तर्फ २ प्रतिशत मात्र प्रगति भएको छ । प्राकृतिक विपत्ति, वाढी पहिरोको कारण पूर्वाधार निर्माणमा समस्या सृजना भएको, सडक सञ्जाल अवरुद्ध हटाउँदै खर्च भएको र वाढी पहिरो पिढीतलाई क्षति पूर्ति दिने कार्य गर्नु नगरको दायित्व भएकाले पूर्वाधार विकासका ६५ वटा योजना कटौती गरी रकम रकमान्तर पास गरी नगरसभा सम्पन्न गरिएको कुरा भौतिक पूर्वाधार विकास समितिका संयोजक एवं बनेपा वडा नं. ४ का अध्यक्ष श्याम सुन्दर श्रेष्ठले बताउनुभयो । उपभोक्ता समितिसँग सम्झौताभई कार्यान्वयन चरणमा रहेका योजना १ सय ९९, प्रतिस्पर्धाबाट सम्झौता भई कार्यान्वयन चरणमा रहेका, २ सिधै खरिद प्रक्रियाबाट सञ्चालन भएको योजना १, सम्झौता ठेक्का मार्फत सञ्चालित योजना ३८ गरी २ सय ४० वटा योजनाहरु कार्यान्वयन चरणमा छन् । बनेपा नगरपालिकाको आर्थिक एेंन २०८१, विनियोजन ऐन २०८१ मा संसोधन प्रस्ताव सहित पारीत गरेको छ । आर्थिक विकास समितिका संयोजक रमेश दाहालले पशु विकास तर्फ संघ र प्रदेशबाट १ करोड २८ लाख ९८ हजारमा २६ लाख ६० हजार खर्च भई जुन प्रतिशतमा २१ प्रतिशत भएको बताउनुभयो । संघ र प्रदेश ससर्त गरी १ करोड ३४ लाख ७५ हजारमा भौतिक प्रगति ३२ प्रतिशत वित्तिय प्रगति ६ दशमलब ८२ प्रतिशत प्रगति भएको जनाएको छ । बनेपा वडा नं. ८ अध्यक्ष एंव संस्थागत सुशासन तथा सेवा प्रवाहको संयोजक शुभलक्ष्मी मानन्धरले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सामाजिक विकास समितिका संयोजक चन्द्रवहादुर खड्का, विधायन समितिका संयोजक बलराम अधिकारी, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक कमल प्रसाद घिमिरे, लेखा समितिका संयोजक हिटलर शाक्य लगायतले नगरपालिकाले सञ्चालन गरेका योजना सेवा प्रवाहका बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले नगरले प्रदान गर्ने सेवा प्रवाह चुस्त दुरुस्त गरी छिटो छरितो सेवा दिन लागि परेको बताउनुभयो । राजश्व संकलन १२ करोड ६१ लाख ३९ हजार राजश्व संकलन गर्ने, अनुमानित चालु आर्थिक वर्षको ६ महिनामा ३९ दशमलब ६५ प्रतिशत राजश्व संकलन गर्न सकेको जनाएको छ । नगरका प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछानेले नगरबाट संचालित योजनाहरु तिब्रगतिमा कार्यान्वयन गरिने बताउनु भयो । २०८१ पौष २० गते सम्ममा ५ करोड ११ हजार ८६ रुपैया राजश्व संकलन भएको कुरा प्रशासकीय अधिकृत धु्रबराज नेपालले जानकारी दिनुभयो ।
