IMG-LOGO

८५ करोडमा मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास तयारी भो

 मंगल, भदौ १२, २०८०  ---

 

     ८५ करोडको लागतमा मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास तयारी रहेको छ । संघीय सरकारले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई बनाएका आवास हस्तान्तरण गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरूलाई आवास हस्तान्तरण गरेका हुन् । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई भैंसेपाटीमा काठमाडौंमा आएको बेला बस्न सुविधा सम्पन्न आवास बनाएको छ । प्रदेशहरूका लागि ७ वटा भवनमा १४ वटा ब्लक निर्माण गरिएको छ । एउटै भवनमा दुई वटा ढोकाबाट आफ्नो ब्लकमा प्रवेश गर्न सकिन्छ । ब्लकको अगाडी प्रदेश प्रमुख र मुख्यमन्त्रीको नम्बर प्लेट राखिएको छ । संघीय सरकारले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई बनाएका आवास हस्तान्तरण गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरूलाई आवास हस्तान्तरण गरेका हुन् ।

     ब्लकको अगाडी प्रदेश प्रमुख र मुख्यमन्त्रीको नम्बर प्लेट राखिएको छ । ‘मन्त्री क्वाटरको लागि एक किसिमको लिगलिगे दौड हुने गरेको थियो,’ दाहालले भने, ‘केही महिनाभित्रै निर्माण सम्पन्न हुन लागेका मन्त्री क्वाटरमा मन्त्रालयको नाम राखिदिनु होला ।’ भवनमा नाम राख्दा सरसफाइ र व्यवस्थापन गर्न पनि सहज हुने उनले बताए । शहरी विकास मन्त्री सिता गुरुङले प्रदेश सरकारले संघसंग समन्वय गर्नुपर्ने भएकाले सम्पर्क कार्यालयको रुपमा स्थापना गरेको बताइन् । उनले प्रदेश प्रमुख र मुख्यमन्त्रीको एउटै भवन भएपनि ब्लक छुट्टै रहेको जानकारी गराइन् ।

     उनले नयाँ र स्मार्ट शहर बनाउन शहरी विकास मन्त्रालयले कार्यक्रम गर्न लागेको बताइन् । सहरी विकास सचिव रविन्द्र श्रेष्ठले २०७६ असोजमा ठेक्का लागेकोमा ४ वर्षमा सम्पन्न गरेको बताए। केसी÷समानान्तर जेभीले पूर्वधार निर्माणको ठेक्का पाएको थियो भने न्यू टेक्निकलले फनिर्चर र फिर्निसिङ लगायतको व्यवस्था गरेको छ । २ वर्षभित्र ठेक्का सम्पन्न गर्नुपर्ने भएपनि चार वर्षमा निर्माण सकिएको हो । आवासमा २५० केभिएको स्वचालित जेनेरेटर, वाटर ट्रिटमेन्ट प्लान्ट रहेको छ । खानेपानीको लागि बोरिङको व्यवस्था गरिएको छ । ६ तहमा ट्रिटमेन्ट गरेर पानी अटोमेटिक सिस्टम जडान गरिएको छ । १ लाख ३५ हजार लिटर क्षमताको पानी ट्यांकी रहेको छ ।

     आपतकालिन व्यवस्थाको लागि अग्नी नियन्त्रणसहित बाह्यद्वार समेत निर्माण गरिएको छ । आगलागी नियन्त्रणका लागि ६० हजार लिटरको पानी ट्यांकी छुट्टै छ । आकर्षक बनाउन पानीको फोहोरा, रातिमा रंगिन फोहोरा सहित फलफुलका बिरुवा रोपिएको छ । सम्पर्क कार्यालय तथा आवासको सुरक्षाका लागि गृहमन्त्रालयलाई आग्रह गरेपनि अहिलेसम्म व्यवस्था नभएको सचिव श्रेष्ठले बताए । शहरी विकास मन्त्रालयका अनुसार २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको छ । भवनहरूको निर्माण लागत ८५ करोड लागतमा निर्माण भएको छ । ३ तल्लाको भवनमा बैठक कक्ष, योग अभ्यास कक्ष, स्वागत कक्ष, भान्सा कोठासम्मको व्यवस्था गरिएको छ । सरकारले अहिले  प्रदेश प्रमुख र मुख्यमन्त्री काठमाडौं आउँदा अपार्टमेन्टमा भाडा तिरेर राखेको थियो ।

राष्ट्रिय सभा र मन्त्री क्वाटर निर्माण हुँदै

     सरकारले भैंसेपाटीमै संघीय सरकारका मन्त्रीहरूका लागि नयाँ आवासगृह निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख र संघीय मन्त्रीहरूका लागि २७ वटा निर्माणाधीन रहेका छन् । मन्त्री क्वाटरमा सामुदायिक हलदेखी व्यायाम हल, स्विमिङ पुलसम्म निर्माण हुँदैछन् । ९६ रोपानी क्षेत्रफलमा निर्माण भएका छन् । पुलचोकमा मन्त्रीहरू बस्दै आएको क्वाटर सर्वोच्च अदालतका न्यायाधीसहरुको आवास गृह हुने जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्