धादिङमा डेंगीका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा धाँदिङ जिल्ला ४९ डेंगीका बिरामी पहिचान भएका हुन् । बिरामी जाँच गराउन आएका मध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेंगीको सङ्क्रमण पुष्टि भएकोे हो । पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेंगीको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ । धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मधुकर दहालले लामखुट्टेबाट बच्न ज्वरो आएमा, बान्ता भएमा वा डेंगीका लक्षण देखिएमा स्वास्थ्य संस्थामा गएर जचाउन आग्रह गरेको छ । कोठा भित्र लामखुट्टे भगाउने धुप वाल्ने, लामखुट्टेको टोकाइबाट बचौं । पुरै शरिर ढाक्ने लगाउँदा डैंगी रोगबाट बाच्न सकिन्छ । घर, विद्यालय, होटल, अँध्यारो कुना काप्चामा, पर्दा पछाडी, खाटमूनी शौचालय भित्र, डेक्स बेञ्चमुनी आदि जस्ता ठाउँहरुमा किटनाशक औषधी छर्कने गरेमा लामखुट्टे उक्त क्षेत्रमा आउन सक्दैन ।
काभ्रे जिल्लामा १२ जना डेंगी रोगले संक्रमित
काभ्रे जिल्लामा डेंगी रोगले १२ जना संक्रमित भएको कुरा स्वास्थ्य कार्यलय धुलिखेल काभ्रेका प्रमुख डा. पुरुषोतम सोढाइले बताउनु भयो । घर तथा गोठको जस्ता माथि राखेको बस ट्रकको पुरानो टायरमा पानी जमेको ठाउँमा लामखुट्टे बस्ने भएको हुँदा त्यसलाई हटाउनु पर्ने हुन्छ । फुटेको माटोको गमला, काज क्रिया गरेर छाडेको क्षेत्रमा फुटेको हाँडी, त्यस भित्र पानी जमेर बसेको क्षेत्रमा डेंगी रोग संक्रमित एडिज जातको लामखुट्टेले पारेको फुलबाट लामखुट्टे जन्मन्छ र फेरी त्यसैले अन्यत्र मानिसलाई टोकेपछि रोग सर्दछ । डेंगी रोगबाट बच्न पुरा बाहुला भएको कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्नु नै उपचार भएको कार्यालय प्रमुख सेढाइले बताउनु भयो । होटल वरी परी, घर वरी परी, बाटा छेउमा पानी जम्न नदिने सरसफाइमा ध्यान केन्द्रीत गरेमा डेंगी रोगबाट बच्न सकिने छ ।
