IMG-LOGO

सहकारीका नाममा ठगी गर्नेलाई प्रहरीले समात्दै

 मंगल, असार १९, २०८०  ---

     केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) कोटोलिले विभिन्न सहकारीका ३४ जना सञ्चालक लगायत व्यक्तिहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । बचत कर्ताको रकम भ्mवाम पार्दै रकम ठगी गर्ने, हिनामिना गरेको आरोपमा सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो । पछिल्लो समय सहकारीका बचतकर्ताको ठूलो रकम हिनामिना गरेका आरोपमा उनीहरु पक्राउ परिरहेका छन् । सीआईबीले सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ सहकारी संस्थाका १२ जना, भरोसा सहकारीका तीन जना, प्रज्ञान सहकारीका ८ जना, शिवशिखर बहुउद्धेश्यिय सहकारीका चार जना र एकताबुद्ध बचत तथा ऋण सहकारीका ७ जनालाई पक्राउ गरिसकेको छ ।

     सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ लगायतले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै १ हजार ५०३ जनाले २०७ जाहेरी दिएका दिए । सो सहकारीको अनुसन्धान गरेपछि सीआईबीले ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो माग गरेको थियो । अहिले तामाङसहित उनकी श्रीमती सिर्जना शाक्य लगायत अन्य सञ्चालकहरु हिरासतमा छन् । जिल्ला अदालत काठमाडौंले २०७८ पुस १४ गतेको आदेशले २ जना पुर्पक्षका लागि थुनामा लगेको र बाँकीको हकमा धरौटीमा छोडेको जनाएको छ ।

     बचतकर्ताको पैसा हिनामिना गरेको आरोपमा भरोसा सहकारीका तीन जना पक्राउ परेका छन् । काठमाडौंको पुरानो बानेश्वरमा रहेको भरोसा नेपाल बहुउद्देशीय सहकारी संस्था ठगी प्रकरणमा सलंग्न भएको आरोपमा उक्त संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिवनाथ पाण्डे पक्राउ परेका थिए । ५२ बचतकर्ताको १० वटा जाहेरीको आधारमा उनीहरुलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुबाट १२ करोड ५६ लाख २४ हजार रुपैयाँको बिगो माग गरिएको छ । जिल्ला अदालत काठमाडौंको २०७८ चैत ६ गतेको आदेशले तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् । यस्तै, काठमाडौंको बलम्बुस्थित प्रज्ञान तथा बचत सहकारी संस्थाका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी मुद्दामा सञ्चालक तथा लेखापरीक्षकलाई पक्राउ गरेको हो ।

     पक्राउ पर्नेहरूमा अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष वीरकृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, कर्जा उपसमिति सदस्य अष्टकुमार महर्जन र लेखा परीक्षकद्वय हिमालयराज जोशी र दीपक रानामगर छन् । एक जनाले ८ जाहेरी गरेपछि सीआईबीले उनीहरुलाई प्रक्राउ गरेर अनुसन्धान अगाडि बढाएपछि उनीहरुबाट सीआईबीले १५ करोड २१ लाख ३३ हजार रुपैयाँको बिगो माग गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७९ असार २४ गतेको आदेशले ८ जनामध्ये तीन जना पुर्पक्षको लागि थुनामा पठाएको बुझिएको छ ।

     यस्तै, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिबशिखर बहुउद्देशीय सहकारीका सञ्चालक केदार शर्मा, उनकी श्रीमती गीता शर्मा र सञ्चालकहरु पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरु थुनामा छन् । शिबशखिर र तुलसी सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड रुपैयाँ हिनामिना गरेको भन्दै उनीहरु पक्राउ परेका हुन् । शर्मा दम्पतीले संस्थाको पैसा आफ्नो नाममा दर्ता भएको शिखर अर्गनाइजेसनमार्फत विभिन्न क्षेत्रमा लगानी गरेका थिए । सीआईबीका अनुसार उनीहरुले ४३ वटा कम्पनीमा सहकारीको लगानी गरेको बुझिएको छ ।

     यस्तै, सीआईबीले एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाका सात जनालाई पक्राउ गरेको छ । बचतकर्ता ठग्ने एकता बुद्ध ऋण तथा सहकारी संस्थाका कार्यकारी अध्यक्षसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्यूरोका अनुसार सहकारीका कार्यकारी अध्यक्ष भानु शर्मा, उपाध्यक्ष प्रमोद कुमार न्यौपाने, सचिव सोमलाल श्रेष्ठ, कोषाध्यक्ष राम कुमार श्रेष्ठ , सदस्य (ऋण संयोजक) विर बहादुर तामाङ र व्यवस्थापक शम्भु कार्की पक्राउ परेका छन् ।

     बूढानीलकण्ठ-९ एकता बस्तीमा रहेको एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको बचत हिनामिना गरेको भन्दै २१३ जनाले उजुरी दिएका थिए । यस सहकारीको विषयमा अहिले अनुसन्धान भइरहेको छ । सीआईबीले ११ करोड रुपैयाँ बढीको बिगो माग दाबी गरेको छ । यी पाँच सहकारीका कुल २ हजार ९८१ जनाको जाहेरीले ३४ जना पक्राउ परेका हुन् । उनीहरुबाट कुल ६ अर्ब ७२ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको बिगो माग गरिएको छ । देउराली बहुउद्देशीय सहकारीको विषयमा अनुसन्धान गर्न भन्दै सहकारी विभागले सीआईबीलाई पत्र पठाइसकेको छ । सीआईबी स्रोतका अनुसार सीआईबीले सो सहकारीका सञ्चालकहरुलाई खोजी कार्य गरेको जनाएको छ ।

     देउराली बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंसहित सञ्चालकहरु सीआईबीको निगरानीमा छन् । २०७९ साल असारबाट समस्यामा परेको सहकारी संस्थाका सञ्चालक लगायत अध्यक्षले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ । सातदोबाटो ललितपुरमा केन्द्रीय कार्यालय रहेको सहकारी संस्थाले बचतकर्ताको रकम घरजग्गामा र विनाधितो अन्धाधुन्द लगानी गरेको बुझिएको छ ।

काभ्रेमा पनि सहकारी विरुद्ध उजुरी बढ्यो

          काभ्रे जिल्लाका केहि सहकारी विरुद्ध बचत कार्ताहरुले धमाधम उजुरी दिन थालेका छन् । बनेपा नगर कार्य क्षेत्र भित्र रहेका एसियन स्टार बचत तथा ऋण सहकारी संस्था लि., हिमगिरी बचत तथा ऋण सहकारी संस्था लि., स्वणर्ीम बचत तथा ऋण सहकारी संस्था लि., आशुतोष सहकारी संस्था लि. गरी ५ वोटा सहकारी विरुद्ध बचत कर्ताहरुले बनेपा नगरपालिका सहकारी शाखामा उजुरी दिएका छन् । त्यस्तै प्रदेश स्तरका सहकारीहरु द्रौपदा, पुण्यश्वर, मुकुल, विनायक, काभ्रे साकोस विरुद्ध बचत कर्ताहरुले आप्mनो बचत फिर्ता नदिएको भनेर बनेपा नगरपालिका सहकारी शाखामा उजुरी दिएका छन् । संघ क्षेत्र अन्तरगतको कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटीभ लि. विरुद्ध पनि बचत कर्ताले उजुरी दिएका छन् । त्यस्तै गरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा सहकारी संस्थाहरु विरुद्ध बचत कर्ताहरुले उजुरी दिएका छन् ।

          बागमती प्रदेश कार्य क्षेत्र भएको पुण्यस्वर बचत तथा ऋण सहकारी संस्था लि. बनेपा विरुद्ध शेयर सदस्य, बचत कर्ताहरु गरी २७ जनाले आपूmहरुको डेढ करोड रकम फिर्ता नदिएको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता गरेको कुरा इन्स्पेक्टर रजोश घिमिरेले काभ्रेटाइम्सलाई बताउनु भयो । स्वणर्ीम बचत तथा ऋण सहकारी संस्थाको विरुद्धमा पनि बचत कर्ताहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरी दिएका सहकारीहरुको विषयमा आवश्यक छानविन प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्