IMG-LOGO

जलहरी प्रकरणमा भ्रष्टाचारका तथ्य भेटियो अनुसन्धान पूरा भएपछि मात्र प्रतिवेदन सार्वजनिक गरिने

 मंगल, असार १२, २०८०  ---

 

      पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा भएको अनियमिततामाथि छानबिन गर्न प्राविधिक टोलीसहित मन्दिरमै पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा नयाँ तथ्यहरू फेला पारेको छ । आइतबार दिउँसो दुई बजेदेखि मन्दिर परिसर पूणर्रूपमा खालि गराई सुनको जलहरी निकालेर नापजाँच गर्ने काम सोमबार बिहानमात्र सकिएको छ । राष्ट्र बैँकबाट १०३ किलो ७ सय ७३ ग्राम सुन किनेर राखिएको जलहरीमा नापतौलका क्रममा सुनको परिमाण र गुणस्तरबारे कमजोरी भएको अख्तियार स्रोतले जानकारी दिएको छ ।  त्यसको सम्पूणर् तथ्यहरू अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताइएको छ । सुनको जलहरी राख्ने क्रममा सुन खरिदमा ८० करोडभन्दा माथि खर्च भएको र त्यसको कालिगडीका लागि ३ करोड रुपैयाँ अलग्गै खर्च भएको अख्तियार स्रोतले जनाकारी दिएको छ । उक्त ३ करोड रकम आफूले अलग्गै दिएको बयान भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दिएको स्रोतले जनाएको छ । सयौँ वर्षसम्म ननिकाल्नेगरी पशुपतिको मूल मन्दिरमा स्थापित जलहरीमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसहित १३ जना व्यक्तिहरूको नाम कुँदिएको पाइएको छ। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन संस्कृतिमन्त्री भानुभक्त ढकाल, तत्कालीन पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव प्रदीप ढकाल, कोषका कोषाध्यक्ष, पशुपतिका मूल भट्ट, अन्य दुई मूल पूजारीसहित १३ जनाको नाम कुँदिएको भटीएको छ ।

      प्राचीन स्मारक तथा संरक्षण ऐनमा प्राचीन सम्पदालाई अनधिकृत रुपले चलाएर तोडमरोड गरेमा दुई लाखसम्म जरिवाना र दुई वर्षसम्म कैद हुने वा दुवै सजाय हुने व्यवस्था छ । उक्त ऐनअनुसार दायर गरिएको रिटमा वैद्यले पशुपतिमा पहिलेदेखि रहेको चाँदीको जलहरी निकालेर अनावश्यक तोडमोड गरी करोडौँ रुपैयाँ खर्च गरेर सुनको जलहरी राखेर राज्यकोषको दुरुपयोगका साथै प्राचीन सम्पदाको तोडमोड गरिएको आरोप लगाइएको छ । आइतबार दिउँसो मन्दिरका मुल भट्टसहितका मुख्य पूजारीहरूले निकालेको जलहरी हिजो उनीहरूबाटै पुनःस्थापित गरिने स्रोतले जानकारी दिएको छ । लाखौँ भक्तजनको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरलाई सिलबन्दी गरेर उक्त क्षेत्रमा भएको भ्रष्टाचारबारे छानबिन गरिएको भने पहिलो हो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्