IMG-LOGO

प्रधानमन्त्री प्रचण्ड मन्त्री मण्डलको पशुपति दर्शन

 मंगल, जेठ ३०, २०८०  - टाइम्स बिश्लेषक

                 धर्म निरपेक्ष राष्ट्र नेपालका  प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड  आफ्ना पाँच जना मन्त्री सहित शानिबार पशुपतिको दर्शन  गरे । उनको यो दर्शन सँगै विभिन्न कोणबाट प्रतिक्रिया आईरहेका छन् । पशुपति विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुशार तीर्थयात्रीहरु चारधाम अथवा कुनै ठूलो तिर्थस्थलबाट आए पछि त्यहाँ बाट ल्याएको जल तथा प्रसाद पशुपतिमा चढाउनु पर्छ भन्ने धार्मिक मान्यता अनुशार भारत भ्रमण गर्ने क्रममा उज्जैनस्थित ज्योतिलिङ्ग महाकालेश्वरबाट ल्याएको जल प्रसाद चढाउन आउनु भएको भनाई रहेको थियो अरु विषेश कार्यक्रम नरहेको बताए । सो क्रममा प्रधानमन्त्री दाहालले पुशुपतिको  आगन्तुक पुस्तिकामा  पशुपति को दर्शन गर्न पहिला देखि नै इच्छा भएको उल्लेख गरेका थिए ।

                  उनको यो कदमलाई लिएर द्वन्दकालिन सहयात्री हरुले कडा रुपमा आलोचना गरेका छन्। हिजो शसस्त्र द्वन्दका  समयमा आफू कुनै पनि धर्म नमान्ने र आफ्नो कार्यकर्तालाई धर्म अफिम हो भनेर प्रशिक्षण गर्ने प्रचण्डको धार्मिक गतिविधिका कदमहरुलाई प्रचण्डमा आएको वैचारिक विचलनको प्रकटको रुपमा प्रकट रहेको वाम निकटहरुको भनाई रहेको छ । आफूलाई द्वन्दात्मक भौतिकवादी भन्न रुचाउने प्रचण्डले पशुपतिको दर्शन गरेर ‘हिन्दु राष्ट्रको’ मागको राजैतिक फाइदा उठाउ खोजको टिप्पणी गरेका छन्।् । उनको मनसाय जे सुकै भए पनि धर्म निरपेक्ष राष्ट्रको प्रधानमन्त्रीको मन्त्री मण्डल सहितको कुनै धार्मीक भ्रमण प्रति प्रश्न उठ्नु स्वभाविक हो । त्यसमा पनि आफूलाई भौतिकवादी भनेर परिचय दिंदै नेतृत्व गर्दै आएको प्रधानमन्त्री प्रचण्डको धामिर्क गतिविधिमा आलोचना त हुन्छ नै  ।

ओली सत्तामा हुँदा एउटा कुरा नहुँदा अर्को

                  नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहंँदा लगानी बोर्डडको ४६ वैठकले तल्लो अरुण जलविद्युत परियोजना सार्वजनिक निर्जी साझेदारी अवधारणाको मोडेलमा विकास गर्न भारतीय कम्पनी सतलज जलविद्युत निगम लिमिटेड लाई २०७७ माघ १६ गते छनौट गरी सो आयोजना आफै प्रधानमन्त्री भएको समय २०७८  असार २७ गते  एमओयू गरेका थिए । अहिले आफू प्रतिपक्षमा हँुदा सोही आयोजना प्रधानमन्त्री पुष्प प्रचण्डले कौडीको भाउमा भारतलाई कुन ‘सर्त’ मा दिएको हो भनेर शनिवार नेपाल निजामाती कर्मचारी संगठनको दोश्रो राष्ट्रिय महिला भेलामा प्रश्न गरेका थिए ।

                  नेकपा एमालेका अध्यक्ष ओलीले आफैले गरेको सम्झौतामा समेत अरु माथि प्रश्न उठाउँदै आफू अत्यन्तै राष्ट्रवादी रहेको प्रमाणीत गर्न खोज्दा नागरिकों हरुले आफूलाई कुन ठाउमा राखेर मूल्यांकन गर्छ, भनेर हेक्का राख्न सकेन । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण जांँदा ४ सय ८० मेगावाटको फुकोट कणर्ाली आयोजना भारतीय कम्पनी र नेपाल विच संयुक्त रुपमा निर्माण गर्ने गरी र तल्लो अरुण जलविद्युत आयोजना भारतीय सतलज  निगमले निर्माण गर्ने गरी प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको कार्यक्रममा लगानी बोडका कार्यकारी अधिकृत सुशील भट्ट र सतलजक सीएमडीए एनएल शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्