IMG-LOGO

प्रधानमन्त्रीको भारत भ्रमणले देशले केही पाएन ः ओली

 मंगल, जेठ २३, २०८०  ---

 

       प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष  केपी शर्मा ओलीले भारत भ्रमणमा पुष्पकमल दाहाल प्रचण्ड हेपिएको होइन नेपालको प्रधानमन्त्री हेपिएकाले आवाज उठाइएको बताएका छन् । भारत भ्रमणमा पुष्पकमल दाहाल प्रचण्डलाई हेपिएको बताएका ओलीले नेपालको सीमा मिचिएको विषयमा कुराकानी नगरेकोमा असन्तुष्टि जनाए । प्रतिनिधिसभाको हिजोको बैठकमा अध्यक्ष ओलीले भने – तपाईंले सबै फाँडेर आएजस्तो गर्नुभयो । तपाईंले साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा नै हो । अरु ल्याएँ भनेका कुरा त पुष्टी गर्नुपर्छ,’ ओलीले भने, ’आफू कम्फर्टेबल हुनुभयो, प्याट्रियोटिक हुन सक्नुभएन । तपाईं देशको पक्षमा उभिन सक्नु भएन ।’

       ओलीले नेपालको मिचिएको भूभागबारे किन दिल्लीमा कुरा नगरेको भन्दै दाहालमाथि प्रश्न गरेका थिए । ’डरलाग्दो कुरा यहाँ छ । बुद्धिजीवीले काठमाडौंमा सट्टापट्टा पनि गर्नुपर्छ भनेका थिए भने त्यो कुरा भन्न दिल्ली पुग्नुपर्थ्यो ? साथै नेपालको विषयमा बोल्न दिल्ली जानु नपर्ने भन्दै अध्यक्ष ओलीले कुनै बेला धरहरामा चढेर बजाएको बिगुलले मान्यता पाउने भनेको जस्तै अहिले बिगुल फुक्ने ठाउँ दिल्ली हो भनेर प्रश्न पनि गरे । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले देशले केही नपाएको ओलीको भनाइ थियो ।

प्रधानमन्त्री बोल्दा एमालेको अवरोध

              हिजो प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण पछिको जानकारी गराउन सदमा नागरिकता विधायकको कुरा आँउनासाथ एमालेले अवरोध गरेको थियो ।   राष्ट्रपति रामचन्द्र पौडेलले यसअघिको संसद्बाट पारित भई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी राखेको नागरिकता विधेयकलाई लिएर संसद्मा विवाद भएको हो । प्रमुख प्रतिपक्षी एमालेले नागरिकता विधेयक प्रमाणीकरण भएको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने क्रममा प्रतिनिधिसभाको सोमबारको बैठकमा विवाद भएको थियो । संसद्मा विवाद भएपछि प्रधानमन्त्री दाहालले संविधानमा दोस्रो पटक पारित भई राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुगेको विधेयक थन्क्याएर राखेमा के गर्ने भन्ने व्यवस्था नभएको अवस्थामा के गर्ने भन्ने स्पष्ट नहुँदा सरकारले प्रमाणीकरणको आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले नागरिकता विधेयकको विषय सर्वोच्च अदालतमा विचाराधीन भएकाले सत्ता र प्रतिपक्ष शान्त हुनुपर्ने अवस्था आएको पनि आग्रह गरेका थिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्