IMG-LOGO

जेठ ४ गते संसदमा ओलीले के बोल्लान ?

 मंगल, जेठ २, २०८०  ---

      नक्कली भुटानी शरणार्थीबारेमा जेठ ४ गतेको संसदमा सबै कुरा बोल्छु भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि एक कार्यक्रममा भनेपछि अब जेठ ४ मा ओलीले संसदमा के बोल्लान भनेर सर्वत्र खुल्दुली छ । टोपबहादुर रायमाझीलाई अदालत लगियो, पूरै प्रकरणमा कहिलेसम्म होला मुद्दा दर्ता नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको सिलसिलामा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई हिजो अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गर्न काठमाण्डौं जिल्ला अदालत लगिएको छ । काठमाण्डौं जिल्ला सरकारी वकिल कार्यालयमा प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरेर उनलाई ’थप तीन दिन’ हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसमक्ष माग गर्न लागिएको बताइएको छ । उक्त प्रकरणमा नाम मुछिएका र अहिलेसम्म पक्राउ परेकामध्ये रायमाझी सबैभन्दा वरिष्ठ पदाधिकारी हुन् । आफूविरुद्ध पक्राउपुर्जी जारी भएपछि रायमाझी ११ दिन सम्म फरार थिए । उनलाई आइतवार साँझ काठमाण्डौंको बूढानीलकण्ठस्थित पासीकोटमा एउटा घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो बिहान बीबीसीसँग बोल्दै प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले रायमाझीलाई अदालतमा लगेर म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिएका थिए । आफूविरुद्ध पक्राउ पुर्जी जारी भए लगत्तैदेखि रायमाझी सम्पर्कविहीन बनेका थिए। यही मुद्दामा उनका छोरा सन्दीप रायमाझी पनि पक्राउ परिसकेका छन ्।

      टोपबहादुर रायमाझी अर्घाखाँचीबाट निर्वाचित पदासीन सांसद हुन् । विसं २०३० सालबाट राजनीति सुरु गरेका रायमाझी २०६४ देखि निरन्तर संसद्मा छन् । पहिला तीन पटक माओवादीबाट सांसद बनेका रायमाझी गत मङ्सिरमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । नक्कली शरणार्थी प्रकरणमा विवादमा परेपछि नेकपा एमालेले उनलाई पार्टी सचिव पदबाट निलम्बन गरिसकेको छ । सुरुमा एमालेले उनको बचाउ गर्न खोजेको भए पनि पार्टी सचिवालयको बैठकले पछि उनलाई प्रहरीसमक्ष उपस्थित भएर अनुसन्धान गर्न निर्देशन पनि दिएको थियो । माओवादी पार्टीमा हुँदा उनी नेता बाबुराम भट्टराईसँग निकट मानिन्थे। तर दोस्रो संविधानसभाबाट नेपालको नयाँ संविधान जारी भएपछि भट्टराईले पार्टी परित्याग गर्दा रायमाझी माओवादीमै बसे । रायमाझी द्वन्द्वकालमा तत्कालीन शाही सरकारसँग वार्ता गर्न माओवादीले गठन गरेको वार्ता टोलीमा सदस्य पनि थिए । उनले विभिन्न समयमा भौतिक योजना तथा निर्माण, स्थानीय विकास, शान्ति तथा पुनर्निर्माण र ऊर्जा मन्त्रालयको समेत नेतृत्व गरेका व्यक्ति हुन् । रायमाझी तत्कालीन माओवादीको युवा सङ्गठन वाईसीएलका संस्थापक अध्यक्ष थिए ।

      रायमाझीलाई सोह्रखुट्टेस्थित प्रहरी हिरासतमा राखिएको काठमाण्डू प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए । अहिलेसम्म यो मुद्दामा रायमाझीबाहेक १२ जनाविरुद्ध अनुसन्धान भइरहेको परिसरले जनाएको छ । अहिले अनुसन्धान भइरहेको मुद्दा ठगी र सङ्गठित अपराधसम्बन्धी रहेको परिसरका प्रवक्ता रिजालले बताए । त्यसबाहेक यो प्रकरणमा अरू कुनै मुद्दा पनि आकर्षित हुनसक्नेबारे आफूहरूले हेर्ने उनले बताए । यो साताको अन्तिमसम्ममा मुद्दा दर्ताको प्रक्रियाका लागि सरकारी वकिलको कार्यालय पठाउनेगरी काम भइरहेको उनले बीबीसीलाई बताए । नक्कली भुटानी शरणार्थीसम्बन्धी यो प्रकरणमा पहिलो पटक गत चैत १२ गते प्रहरीले आरोपित दुई जनालाई पक्राउ गरेको थियो ।

अनुसन्धान प्रक्रिया यस्तो छ ।

      अहिलेसम्म यो प्रकरणमा छ जनाले आफू पीडित भएको र आफूहरूलाई नक्कली भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने भन्दै २३ करोड रुपैयाँभन्दा बढी रकम उठाइएको विवरण प्रहरीलाई दिएको रिजालले बताए । सङ्गठित अपराधसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धानका लागि ६० दिनको म्याद पाउँछ । प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक खत्रीका अनुसार मुद्दा सुरु भएको ४९÷५० दिन भइसकेकाले अब छिट्टै मुद्दा दर्ता हुने छ । “सङ्गठित अपराधको मुद्दामा ६० दिनअगाडि नै सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा मुद्दा पु¥याउनुपर्ने भएकाले अब पाँच–सात दिनमा हामीले सबै टुङ्ग्याएर अदालतमा लगिसक्छौँ,” खत्रीले भने । आरोपितहरू फरकफरक दिन र समयमा पक्राउ परेका भए पनि यो मुद्दामा अब १० दिनभित्र नै अनुसन्धान सकेर मुद्दा दर्ता हुनुपर्ने प्रवक्ता रिजाल भनाइ छ ।

      यसअघि यो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्य ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पूर्वमन्त्री रायमाझीलाई सोह्रखुट्टेमा राखिएको भए पनि खाणलाई भने टेकुस्थित प्रहरी हिरासतमै राखिएको प्रहरीले जनाएको छ । “सुरक्षालगायत कुरा हेरेर कसलाई कहाँ राख्ने हेरेर प्रहरीले राख्छ,“ प्रवक्ता रिजालले भने । पक्राउ पर्नेमा बहालवाला सचिव टेकनारायण पाण्डेसहित पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, भूतपूर्व उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राई पनि छन् ।

अहिले सम्म को–को प्रक्राउ परे ?

३१ वैशाख ः सम्पर्कविहीन रहेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख ः पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

२७ वैशाख ः पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

२७ वैशाख ः भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

२० वैशाख ः उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० वैशाख ः टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

१९ वैशाख ः तात्कालिक उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

१२ चैत ः यस प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ पक्राउ

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्