IMG-LOGO

ओली माथिको आक्रमण नियोजित कि आकस्मिक ?

 मंगल, बैशाख १९, २०८०  ---

          नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको भन्दै सो पार्टीले विरोध जनाएको छ । पार्टीको कोशी प्रदेश र मातहतका कमिटीले हिजो पत्रकार सम्मेलन गरी विरोध जनाएका हुन् । धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेमा एमालेको ग्रासरुट अभियानको समीक्षा बैठकका क्रममा पार्टीको १४ जिल्ला कमिटी र प्रदेश कमिटीले संयुक्त विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन् । जिल्ला तथा प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले अध्यक्षमाथि भएका हिंसात्मक क्रियाकलापप्रति आपत्ती जनाए । पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले सरकार निकट व्यक्तिलाई बेवास्ता गर्ने र अध्यक्ष ओलीलाई मात्र आक्रमण गर्न खोजिएकाले यसको विरोध गरिएको टिप्पणी गरे । एमाले पहिचानकै पक्षमा रहेकाले कोशी प्रदेशभित्रै पहिचानलाई समेटेर लगिने उनको भनाइ थियो ।

          उता प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन् । चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रमणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् । ‘केपी ओलीजी पुर्व जाँदा केही आक्रामणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरु छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ  विल्कुलै होइन। त्यो झुठो कुरा हो,’ प्रधानमन्त्री प्रचण्डले भने,’तर, एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमा आस्था राख्ने मानिसहरु रहेको गर्नुभएको छ, त्यो चाहिँ निकै संवेदनशील विषय हो ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो  सरकार पाँचै बर्ष टिक्ने कोहि कसैले हल्लाउन नसक्ने बताए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्