पहिला पहिला नेपाली समाज यति लहि लहीमा थिएन । कारण जनताको मनस्थिति फेरिएका छन् । २०७८ को जनणनाअनुसार गाउँमा बस्ने जनता छैन । धेरैको चाहना र रोजाइ शहर भयो । शहर पसेपछि सोच र परिस्थति फेरिए । सामाजिक सञ्जालमा जे आउँछ त्यही अनुसार हाम्रा आनी बानी फेरिए । हामी नेपालको मुख्य गुण अरूको दुःख र सुखमा सामेल हुनु हो। सहानुभूतिको जगमा उभिएको नेपाली समाजलाई ठूला करपोरेट मीडिया र सामाजिक सञ्जाल नराम्रो गरी विथोलीदिएको छ । हिजो ’अर्काको जन्तीमा नाच्दै हिँड्ने र मलामीमा रुँदै हिँड्ने’ हाम्रो समाज संवेदनहिन भएको हो कि ? टिकटको नौटंकी वा जोकरहरूको भीड बन्दै गएको हो ? ।
पुराना दलका नेता फेरिएनन् नयाँ नयाँ दल उदाए । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको दिन आएको छ । यो सबै भीड को निर्देशनले हो अर्थात मास हिस्टेरियाको कारणले हो । रास्वापा का अध्यक्ष रवि लामिछनेलाई देवत्वकरण गरिएको छ । आखिर के गर्न सक्छन् र रविले ? राजनीति गर्छु म’ भनेर मात्र हुँदैन । त्यसको लागि रजोगुण चाहिन्छ ! नेतृत्व त्यसै हुँदैन ! अरुलेभन्दा अघि कुरा बुझ्न सक्नुप¥यो ! भित्रभित्रका रहस्यहरु पर्गेल्याउन सक्नुप¥यो । पहलकदमी लिनुप¥यो । चुनौती मोल्न सक्नुप¥यो । निर्णय गरिसकेपछि त्यसमा अडिन सक्नुप¥यो । के यस्ता गुण रविमा छ ?े
नेपालका जस्तै ठिक बेठीक छुट्याउन नसक्ने, न्याय र अन्यायको भेद थाहा नपाउने हुस्सु माननीय भएर होला त्यसो भएको ! यत्रो लडाई र द्वन्द्वपछि जारी भएको नेपालको संघीय संविधानलाई २÷४ जना उच्च तहका प्रशासकले केपी ओलीका योजनमा राजनीतिक नेतृत्वको मोहरामा घुमाउरो पाराले विघटनको संघारमा पु¥याउँदा समेत यत्रा मन्त्री, यत्रा सांसद, यत्रा नेता कार्यकर्तालाई किन सुइकोसम्म नभएको होला ? त्यसैले नेताहरुलाई को कस्ता हुन बुझेर मात्र भोट हालौ ।
