IMG-LOGO

सबैको ध्यान उप–निर्वाचनमा

 मंगल, बैशाख ५, २०८०  ---

      उप चुनाव हुन मात्र ५ दिन बाकी छ । यही वैशाख १० गते देशका तीनवटा क्षेत्रमा हुने उपनिर्वाचनसंगै सबैको ध्यान चुनावमा छ । चुनावमा सत्ता गठबन्धन , नेकपा एमाले भर्सेज राष्ट्रिय स्वतन्त्र पार्टी भएको छ । सामाजिक संजालमा गरमागरम कुरा आएका छन्  । पुराना दललाई रवि लामिछाने र उनको दल रास्वपा नयाँ चुनौती भएको छ ।  रास्वपाका तीनजना उम्मेदवार घगडान छन्  । अहिले राजनीतिको गर्मि राजधानी काठमाण्डूमा होइन । उप निर्वाचन क्षेत्रमा छ ।  बारा क्षेत्र नम्बर–२, चितवन क्षेत्र नम्बर–२ र तनहुँ क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । तनहुँ क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी जसपाका तर्फबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि ति क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

      त्यस्तै चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्च अदालतबाट भएको निर्णयसँगै उनको सांसद पद गएपछि उप चुनाव हुन लागेको हो । उप चुनावमा सबै दलले निर्वाचन क्षेत्रमा केन्दिय कमाण्डर खटाएका छन् । अहिेलेसम्मको सकस हेर्दा चितवन २ हाई लाइट छ । रविका कारण चितवन २ चर्चित भएको हो । सबै रविलाई हराउन कम्मर कसेर लागेका छन्। रवि र उनको पार्टीलाई  हराउन सके कांग्रेस एमाले माओवादीको दिन फर्किन्छ भन्ने सोचेका छन्। जनताको आक्रोश ठूला दलसँग भएकोले रवि प्रति आकर्षण बढेको हो । एउटा ब्यक्ति ’ पार्टी वा संघ सस्था र राष्ट्रलाई पटक पटक मौका आउँदैन । नेपाली काङ्ग्रेस,एमाले र माओवादी पार्टी र तिनका नेताहरुलाई समयले अवसर दिएको हो तर त्यो अवसरलाइ ऊनीहरुले सदुपोग गरेनन् । अहिले पुराना पार्टीका सवै नेताहरुलाई साह्रै  गार्हो परेको छ । संसद भवन जांउ राप्रपाका ज्ञानेन्द्र) शाहीले थर्काउछ, कार्यलयमा बसौँ बालेन)शाहले फोहोर नउठाएर गनाउँछ, सडकमा जाउं रबि) लामिछानेले नाङ्गै पार्दिन्छ । कतै नगइ बस्यो भने हर्क) साम्पाङ्ले ढुङ्गो बोक्ने निम्तो  पठाउछ। कम्ता नैतिक संकट छ त ?

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्