IMG-LOGO

काभ्रेको कुन पालिकामा कति जनसंख्या ?

 मंगल, चैत १४, २०७९  ---

      दश वर्षको अन्तरालमा काभ्रे जिल्लामा करिव १८ हजार जन संख्या घटेको छ । २०६८ सालको जन संख्या ३ लाख ८१ हजार ९ सय ३७ थियो । यो अवधिमा १७ हजार ८ सय ९८ जनसंख्या घटेको छ । तथ्याङ्क विभागले २०७८ सालमा संकलन गरेको अन्तिम प्रतिवेदन अनुसार १० वर्षको अवधिमा ० दशमलव ४६ प्रतिशतले जनसंख्या कम भएको छ । त्यस्तै काभ्रेमा पुरुषको भन्दा महिलाको जनसंख्या बढि रहेको छ । ६ हजार २ सय २१ जना महिलाको जनसंख्या बेसी रहेको छ । तथ्याङ्कीय प्रतिवेदन अुनसार काभ्रेमा २०७८ को जन गणनामा ३ लाख ६४ हजार ३९ पुगेको छ । १ लाख ७८ हजार ९ सय ९ पुरुष, १ लाख ८५ हजार १ सय ३० महिलाको जन संख्या रहेको छ । काभ्रेको जनसंख्या क्रणात्मक रहेको छ ।

      शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सबैभन्दा धेरै जनसंख्या बनेपा नगरपालिकामा र कम जनसंख्या भएको गाउँपालिका चौरी देउराली रहेको छ । साक्षारताको हिसाबको पनि बनेपा नगरपालिका पहिलो स्थानमा छ । त्यस्तै चौरीदेउराली गाउँपालिका कम साक्षार देखिन्छ । परिवार संख्या हेर्ने हो भने जिल्लाको महाभारत गाउँपालिकामा कम परिवार संख्या ३ हजार १ सय ७८ रहेको छ । सबै भन्दा बढि बनेपा नगरपालिकामा १६ हजार ६ सय ९८ रहेको छ । कम जनधनत्व भएको गाउँपालिका महाभारत हो । जसको ८६ वर्ग किमी जनघनत्व छ । त्यस्तै सबै भन्दा बढि बनेपा नरपालिकाको जनघनत्व १२३१ रहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्