IMG-LOGO

सरकारी बक्यौता रकम भूक्तानी गर्न ३५ दिने म्याद

 मंगल, फागुन ३०, २०७९  ---

       सरकारी बक्यौता रकम नतिर्नेहरुको तीनपुस्ते नामावली महालेखा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको छ । भूक्तानीको लागि भने ३५ दिने म्याद दिएको छ । 

       महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम नतिरेकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्यालयले हिजोको मितिदेखि ३५ दिनभित्र सरकारी बाँकी रकम ब्याज सहित तिर्न भनेको छ । उक्त म्यादभित्र रकम नतिरेमा थप कारबाही अघि बढाउने र यसो गर्दा आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति भएमा आफू जिम्मेवार नहुने महालेखा नियन्त्रक कार्यालयले चेतावनी दिएको छ । सरकारी बाँकी रकम नतिर्नेहरुमा ठेकेदार, प्रहरी, व्यापारी, सरकारी कर्मचारी लगायत छन् । कतिपय अमेरिका र भारत ठेगाना भएकाहरु कम्पनीका सन्चालकको नाम पनि सूचीमा छ । नेपाल रिक्रियसन सेन्टरको मात्रै ९० करोड रुपैयाँभन्दा बढी बक्यौता छ । यस्तै दि फुलबारी लिमिटेड पोखराको ४१ करोडभन्दा बढी र होटल याक एण्ड एतीको २० करोडभन्दा बढी बक्यौता छ । लामा कन्स्ट्रक्सन, खुम्बु कन्स्ट्रक्सन लगायतका निर्माण कम्पनीका सन्चालकको नाम पनि सरकारी बाँकी रकम नतिर्नेहरुको सूचीमा नामावली रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्