IMG-LOGO

मन्त्रालय भागवण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्यो मन्त्रीपरिषद विस्तार भने अभैm अन्यौलमा

 मंगल, माघ ३, २०७९  ---

    मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा निर्णय गर्न सत्तारुढ गठबन्धनको हिजो साँझ बालुवाटारमा बैठक बस्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान बालकोटमा भएको छलफलपछि गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीबीच बिहान भएको सहमतिमा एमाले २ राज्यमन्त्रीसहित ८ मन्त्रालय पाउने तय भएको बताइएको छ । त्यसैगरी माओवादी केन्द्रले ४ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपा र जसपाले २÷२ मन्त्रालय पाउने भएको छ । त्यसैगरी लोसपाले १ र नेकपा एकीकृत समाजवादी सरकारमा आए रोजेको मन्त्रालय पाउने बताइएको छ । दाहाल गत पुस १० गते प्रधानमन्त्री भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको छैन । बालुवाटारमा हिजो बसेको बैठकले समेत मन्त्रीपरिषद विस्तार कहिले गर्ने भन्ने टुंङ्गो लगाउन सकेन । बैठकमा एमाले अध्यक्ष ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थिति रहेको थियो ।
    यस अघि ८ सदसीय मन्त्री परिषद गठन भएकोमा एमाले नेता विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री, माओवादी केन्द्रका नेता नारयण काजी श्रेष्ठ, उपप्रधान तथा भौतिक पूर्वाधार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री हुनुभएको थियो । राजेन्द्र राइ, ज्वाला कुमारी शाह, दामोदर भण्डारी र अब्दुल खान मन्त्री बने पनि अहिले सम्म जिम्मेवारी नपाउँदा दैनिक औपचारिक कार्यक्रममा जानु र गपैmमा दिन विताउनुु परेका छ ।


 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्