IMG-LOGO

प्रचण्ड तेश्रो पटक प्रधानमन्त्री तीन उप–प्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्री परिषद गठन

 मंगल, पौष १२, २०७९  --

 

      नेपाली राजनीतिका मेस्सी पुस्पकमल दाहाल (प्रचण्ड) ४४ औं प्रधानमन्त्री भएका छन् । ५ दलीय गठबन्धन भत्काउँदै आफ्नो नेतृत्वमा नेकपा एमाले सहित ७ दल र स्वतन्त्र सांसद सहित उनलाई १ सय ६९ सांसदको समर्थन छ । आइतबार प्रधानमन्त्रीमा नियुक्त प्रचण्डलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि सपथ ग्रहण समारोह आयोजना गरिएको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीपरिषद गठन गरी कार्य विभाजन गरेको छ । सोमबार नै ३ उपप्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रीपरिषद गठन भएको छ ।

को को बने मन्त्री ?

      नेकपा एमालेका नेता विष्णु पौडेलको नेतृत्वमा ४ मन्त्रीहरू पहिलो चरणको मन्त्री परिषदमा परेका छन् । पौडेल उपप्रधानमन्त्री तथा अर्थ, माओबादी केन्द्रका नारायणकाजी श्रेष्ठ, उपप्रधान सहित भौतिक पूर्वाधार, उपप्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछाने उपप्रधान सहित गृह मन्त्रालय समाल्ने छन् । एमालेका ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र कुमार राइ मन्त्री भएका छन् । उनीहरूको कार्य भार पछि तोकिने भएको छ । त्यस्तै गरी अब्दुल खान पनि मन्त्री भएका छन् । उनको पनि कार्यभार पछि तोकिने भएको छ ।

      कांग्रेस सहितको सत्ता घटकको गठबन्धनलाई भत्काएर एमाले सहितको नयाँ गठवन्धन निर्माण गरी सरकार गठन गरेको हो । एमाले ७८, माओबादी ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र स्वतन्त्र ३ गरी १ सय ६९ सांसदले समर्थन जनाएका छन् । तर राष्ट्रिय प्रजातन्त्र पार्टी भने सरकारमा नगई कन सरकारलाई समर्थन मात्र जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्