नेपाली कांग्रेस काभ्रेको २०७९ पुष २ गते जिल्ला कार्यसमितिको चौथो बैठकले चुनावमा अन्तरघात गर्ने नेताहरुलाई कत्लेआम कारबाही गरेको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाइ पराजित हुनु र सभापति तिर्थ लामाले मात्र ३ भोटले चुनाव जितेता पनि काभ्रेका तर्फबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा जित्ने दुई नेताहरु मधु आचार्य र गणेश लामा, काभ्रे क्षेत्र नं २ कांग्रेसका क्षेत्रीय सभापति महेश खरेलले शिव र तिर्थलाई हराउन अन्तरघात गरेको ठहर गर्दै उनीहरु कांग्रेसको साधारण सदस्य पनि नरहने गरि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको छ ।
निर्वाचनमा कांग्रेस पार्टीको तर्फबाट काभ्रे क्षेत्र नं २ उम्मेदवार रहेका पूर्व केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई अन्तरघात गरी हराउन लागि परेको गठवन्धनको आधिकारीक उम्मेदवार हराउन केन्द्रीय सदस्यद्वय मधु आचार्य र गणेश लामा निर्वाचन प्रचार अभियानमा मत माग्न नगइ विपक्षीका उम्मेदवारलाई मत मागेको भन्दै कारबाही गरी केन्द्रमा सिफारिस गरेको कुरा नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले बताउनुभयो । त्यस्तै गरी केन्द्रीय सदस्यद्धय मधु आचार्य , गणेश लामा र काभ्रे क्षेत्र – २ क्षेत्रीय सभापति महेश खरेललाई पार्टीको कुनै पनि जिम्मेवारी नरहने गरी जिल्ला अनुशासन समिति काभ्रेले गरेको सिफारिस कांग्रेस जिल्ला कमिटी बसेको बैठकले सर्वसम्मती रूपमा अनुमोदन गरी केन्द्रीय अनुशासन समितिको परीपत्र अनुसार केन्द्रीय अनुशासन समितिमा पठाउने निर्णय गरेको जिल्ला सभापति तीर्थ लामाद्वारा हस्ताक्षर गरीएको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । त्यस्तै गरी बनेपा नगरपालिबाट प्रदेश सभा सदस्य उम्मेदवारलाई कञ्चन चन्द्र बादेलाई शिवहुमागाइको भन्दा ३ हजार १ सय ५५ मत बढी आउनुको कारण बारे प्रदेश सांसद कन्चन चन्द्र बादे र नेपाली कांग्रेस बनेपा नगर समिति सभापति महेश कुमार कर्माचार्य संग स्पष्टिकरण माग गर्ने निर्णय समेत गरेको छ । गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा लोकतान्त्रिक बाम गठवन्धनका साँझा उम्मेदवारलाई पार्टी भित्र अन्तरघात गरेको भन्दै पार्टीका केन्द्रीय सदस्यद्धय मधु आचार्य, गणेश लामा र काभ्रे क्षेत्र नं २ सभापति महेश खरेललाई यथेष्ट प्रमाण विना नेपाली कांग्रेस काभ्रेले कारबाही सिफारिस ग¥यो भनिन्छनी भन्ने सन्दर्भमा जिल्ला सचिव माधव ढकालसँग जिज्ञासा राख्दा यस्तो प्रतिक्रिया दिनुभयो ।
केन्द्रीय सदस्यद्वय मधु आचार्य, गणेशलामा र काभ्रे क्षेत्र नं. २ का क्षेत्रीय सभापति महेश खरेलले पदीय जिम्मेवारी दायित्व सबै कुरा विर्सेर गठवन्धनका साँझा उम्मेदवारलाई मत मागेर जिताउने अभियानमा लाग्नु पर्नेमा प्रतिपक्षका उम्मेदवारलाई मत माग्ने, पटक पटक प्रतिपक्षका उम्मेदवार र सम्बन्धीत पक्षसँग भेटेर साँठगाठ गरेको यथेष्ट प्रमाण, उजुरी जिल्ला अनुशाासन समिति मार्फत नेपाली कांग्रेस जिल्ला समितिमा उजुरीका आधारमा नीज व्यक्तिहरुलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी जिल्ला कार्य समितिको २०७९ पौष २ गते बसेको बैठकले सर्वसम्मत निर्णय गरेको बताउनुभयो । उक्त बैठकमा पूर्व केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. २ का उम्मेदवार शिव हुमागाइ, काभ्रे–२ (२) को प्रदेश सांसद कन्चनचन्द्र बादेको सहित सहभागीताको बैठकले उक्त निर्णय गरेको जिल्ला सचिव माधव ढकालले बताउनुभयो । कांग्रेस जिल्ला कार्यसमितिको पुष २ गते बसेको बैठकले निर्जला थापा आचार्य, विष्णु लामा, मुक्ति लामा, निरवहादुर लामा, धनवहादुर जंगम र श्याम लामालाई आमन्त्रीत सदस्यमा मनोनयन गरेको जनाएको छ ।
