राजधानीबाट ३० किलोमिटर दुरीमा रहेको काभ्रे जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूचीका आधारमा सांसद हुने भाग्यमानी सांसदहरू यस प्रकार छन् ।
एमालेबाट प्रतिनिधिसभा सदस्यमा मण्डन देउपुरकी रुक्मणी राना (बराइली), माआवादी केन्द्रबाट काभ्रेमा मीना तामाङ समानुपातिक सूचिमा पार्टीले सिफारिस गरेर निर्वाचन आयोगमा पठाएको छ। कांग्रेस र नेकपा (एकीकृत समाजवादी ) बाट भने समानुपातिक तर्फ काभ्रेबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकमा कोहि पनि परेनन् । त्यस्तै गरी प्रदेश सभा तर्फ कांग्रेसबाट सुना परियार काभ्रे निवासी भए पनि २०७४ को निर्वाचनमा काठमाण्डौ महानगरपालिका वडा नं. ३२ बसाई सरीएको र २०७९ वैशाख ३० को स्थानीय निर्वाचनमा वडा सदस्य उठेर हारेको व्यक्तिलाई काठमाण्डौबाट नै प्रदेश सदस्यमा सिफारिस गरेको बुझिएको छ। कांग्रेसका शुरकृष्ण वैद्य, लक्ष्मी दनुवार लगायत बगमती प्रदेश सभाका लागि जिल्लाबाट सिफारिस भए पनि सूचि भित्र अटाएनन् । प्रदेश सभामा एमालेबाट अप्सरा चापागाइँ र ज्ञानबहादुर तामाङ काभ्रे जिल्ला बासी भए पनि दुबै जना एमालेले विभागीय रूपमा नै गरेको सिफारिस भएको नेकपा एमाले बगमती प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदीले बताउनुभयो । अप्सरा चापागाइ बगमती प्रदेश कमीटी सचिव हुन भने काभ्रे तिमालका ज्ञानबहादुर तामाङ सहकारी अभियानबाट बगमती प्रदेशको समानुपातिक कोटामा पर्न सफल भएको बताइएको छ । प्रतिनिधि सभा सदस्य तर्फ एमाले काभ्रेबाट रेखा सापकोटा दाहाल र प्रदेश सभा सदस्यमा रिता ढकाललाई सिफारिस गरिएको भएपनि पार्टीले सूचि भित्र पार्न सकेन् ।
माओवादी केन्द्रको नेतृ रुकु चौलागाइ भने बगमती प्रदेशको सदस्य पदमा सूचि भित्र पर्न सफल हुनु भएको छ । यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादीलाई काभ्रेमा बढी लाभ प्राप्त भएको छ। काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फ सूर्यमान दोङ र काभ्रे १ (१) रत्न ढकाल निर्वाचित हुनुभयो। प्रतिनिधि सभा समानुपातिक तर्फ मिना लामा र प्रदेश तर्फ रुकु चौलागाइँ गरी ४ जना सांसद हुने भएका छन् । काभ्रेमा कांग्रेस पार्टीबाट प्रतिनिधि सभा काभ्रे क्षेत्र नं १ (२) प्रदेश सभा सदस्यमा तिर्थ लामा, काभ्रे क्षेत्र नं २ प्रदेश सभा सदस्य २ मा कन्चनचन्द्र बादे प्रायक्ष तर्फ निर्वाचित हुनु भयो । समानुपातिक तर्फ एक जना पनि सुचिभित्र अटाएनन् । गठवन्धन गरेर कांग्रेसलाई काभ्रेमा नोक्सान भएको छ । त्यस्तै गरी काभ्रेमा एमालेबाट प्रत्यक्षतर्फ काभ्रे क्षेत्र नं २ बाट गोकुल बाँस्कोटा र प्रतिनिधि सभा समानुपातिक तर्फ रुकमणी राना (बराइली) गरी दुई सांसद हुने भएका छन् । त्यस्तै गरी नेकपा (एकीकृत समाजवादी) बाट काभ्रे क्षेत्र नं. २ (१) प्रदेश सभातर्फ लक्ष्मण लम्साल निर्वाचित हुनु भयो । समानुपातिक तर्फ भने सूचि भित्र कोहि पर्न सकेनन् ।
समानुपातिक सूचीमा त्रुटि
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले बन्द सूचिबाट नाम छनौटमा त्रुटि गरेका छन् । ती दलहरूलाई नाम सच्चाएर निर्वाचन आयोगमा पेस गर्न आयोगले दलहरूलाई पत्र लेखेको छ । यी दलले २ सय २० सदस्यीय प्रदेश सभाको समानुपातिक सूचिको नाम क्लस्टर नमिलाएको, प्राथमिकता क्रम मिचेको लगायतको त्रुटि समानुपातिक तर्फ फेला परेकोले दलहरूलाई त्रुटि सच्चाएर आउन सोमबार ४ बजे सम्मको समय सिमा तोकी पत्र पठाएको कुरा समानुपातिक निर्वाचन तर्फका प्रवक्ता गुरु वाग्लेले बताउनु भयो । प्रतिनिधि सभा समानुपातिकको १ सय १० सिटमा भने दलहरूको छनौट गरी बुझाएको नामावली पूर्ण रूपमा मिलेकोले सच्चाउनु नपर्ने निर्वाचन आयोगले जनाएको छ । भने प्रदेश सभाको समानुपातिक सदस्य मध्येको कस्को नाम काटिन्छ त्यो भने हेर्न बाँकी छ ।
