नेकपा एमालेका नेता नव निर्वाचित सांसद गोकुल बाँस्कोटाको घरमा कस्ले राख्यो बम ? अहिले मुलुकमा शान्ति छ । यो परिस्थितिमा कस्ले तर्साउन लागेको ?
नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तु बम नभएको पुष्टि गरेको छ। सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तु डिस्पोज गरेको छ । आइतबार बिहान बाँस्कोटाको घरको पर्खालमा शंकास्पद वस्तु देखिएको थियो। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । शंकास्पद वस्तु कसले राख्यो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । बाँस्कोटा भने काभ्रेकै घरमा रहेको बुझिएको छ ।
नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बाँस्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिस भक्तपुरका डिएसपी राजु पाण्डेले काभ्रे टाइम्सलाई बताउनुभयो । उहाँका अनुसार घरको सिढींमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको छ । त्यसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली बोलाइको पाण्डेले बताउनु भयो । बम भनिएको संकास्पद बस्तु जुन प्रेसर कुकर भित्र बम नभई कुकर भित्र कागज र प्लास्टिकका टुक्रा रहेको डिएस्पी राजु पाण्डेले बताउनु भयो । घटनाको सम्बन्धमा काभ्रे क्षेत्र नं. २ का नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाले फेसबुक वालमा लेख्नु भएको छ । मान्छेलाई मार्न सकिन्छ तर उसको बिचार र उसलाई कहिल्यै हराउन सकिदैन । पटक पटक कस्ले किन म माथि हमला गर्छ । म अचम्मित छु । सत्य तथ्य पत्ता लगाउने कार्य सरकारको हो भनी लेख्नु भएको छ ।
एमाले काभ्रेद्वारा खेद व्यक्त
नेकपा एमाले पोलिटव्यूरो सदस्य, पूर्व मन्त्री एवं प्रतिनिधि सभाका सांसद गोकुल प्रसाद बाँस्कोटाको भक्तपुर स्थित निवासलाई लक्षीत गरी विस्पोटक पदार्थ राखेको घटना प्रति एमाले काभ्रेको गम्भीर ध्यानाकर्षण भएको छ । जीवनभर राष्ट्र र जनताको परिवर्तनको पक्षमा लागेको लाखौँ जनताको विश्वास प्राप्त गरी निर्वाचित भएको जनप्रतिनिधि माथि पटक पटक गरेको हिंसात्मक आतङ्ककारी गतिविधि अत्यन्तै खेदजनक छ । यो कायरता पूर्वक घटनाको तत्काल छानविन गरी अपराधिक क्रियाकलापमा संलग्नहरु माथि हदै सम्मको कारवाही गर्न एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जुले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
