IMG-LOGO

रवि लामिछानेको राजनीतिक मूलधारमा जवर्जस्त प्रवेश

 मंगल, मंसिर १३, २०७९     टाइम्स विश्लेषक

     रवि लामिछानेले नेपाली मूल राजनीतिमा तरङ्ग ल्याएका छन्।  छोटो समयमा उनले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले  परम्परागत दलहरूलाई जवर्जस्त धक्का दिएको छ ।  ठुला दलले रविको आगमनलाई कुनै वास्ता नगरे पनि जनताले राष्ट्रिय पार्टी बनाएर ठुला र परमपराबादी प्रतिको ठूलो असन्तुष्टि प्रकट गरे । पुराना दलहरूले मतदाताको मनोविज्ञानअनुसार नेतृत्व परिवर्तन र स्थिर सरकारको योजना र सुशासन अघि सारेर विश्वस्त बनाउन नसकेपछि  रविप्रति मतदाताको भरोसा भएको हो।रविको पार्टीलाई स्वागत गरेर पुराना पार्टीप्रति जनताले ठूलो असन्तुष्टि र विद्रोह गरेका हुन् । नेपालको राजनीतिलाई बुझ्नेहरूले रविको आगमनमा शंका गर्दै देशी बिदेशीको षड्यन्त्र भनेर विश्लेषण गरेका छन् तर बास्तबिकतामा रवि लामिछानेको मूल राजनीतिमा जवर्जस्त प्रवेश भएको कुरा घाम झैँ सत्य हो ।

      गठबन्धन दलहरुको पनि बहुमत नपुग्ने भएको छ । मुलुक ठ्याक्कै २०५१ को स्थितिमा पुगेको केही राजनीतिक विश्लेषकको ठहर छ। इतिहासको नजिरलाई हेर्दा  जसरी पनि सत्तामा पुग्ने र टिक्ने विषयलाई प्राथमिकता दिंदा २०५१ को निर्वाचनपछि गठित प्रतिनिधिसभा जसरी बदनाम छ त्यस्तै अहिलेको  परिणामलाई नियाल्दा  २०५१ साल दोहोरिन सक्ला  भनेर धेरैको चिन्ता र चासो छ ।  सोमबार राति १० बजे सम्मको परिणाम अनुसार यसपटक सबैभन्दा ठूलो दलको रूपमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ ५३ सिट जितिसकेको छ । ३ सिटमा अग्रता लिइरहेको छ । एमालेले ४२ सिट जितिसकेको छ भने एक सिटमा अग्रता लिइरहेको छ । माओवादी केन्द्रले १७ सिट प्रत्यक्षमा जित्दा नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७, राप्रपाले ७, जसपाले ६, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टीले १÷१ सिट जितेका छन् । ५ जना स्वतन्त्रबाट चुनाव जितेर आएका छन् । समानुपातिकतर्फ समेत दलहरूले पाएको मत संख्याका आधारमा कांग्रेस ८५ सिट, एमाले ८० सिट, माओवादी केन्द्र ३०, रास्वपा २०, राप्रपा १२ वरिपरि पुग्ने देखिन्छ । २७५ सदस्यीय प्रतिनिधिसभाबाट सरकार बनाउन १३८ सांसद आवश्यक पर्छ ।

      २०५१ पछि जस्तै यसपटक पनि कांग्रेस र एमाले जो पहिलो र दोस्रो दल छन् दुवै मिलेर सरकार बनाउने सम्भावना कम छ । तर २०५१ र २०७९ को संसदमा मिल्दोजुल्दो दलीय उपस्थिति भए पनि परिस्थिति भिन्न छ ।

समानुपातिकमा जिल्लामा पनि पहिलो

      गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा काभ्रे क्षेत्र नं. २ मा नेकपा एमाले पहिलो पार्टी भएको छ । प्रत्यक्ष तर्फ उक्त क्षेत्रमा गोकुल बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गरी विजयी हुनु भएको थियो । समानुपातिक तर्फ भने ३४ हजार ३ सय ५ मत प्राप्त गरेको छ। त्यस्तै गरी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले प्रत्यक्ष तर्फ ३९ हजार ४ सय ८२ मत प्राप्त गरी पराजय हुनुभएको थियो। ५ हजार ८ हजार ६३ मत बेसी ल्याई गोकुल बाँस्कोटाले बाजी मार्नु भएको थियो। कांग्रेसले समानुपातिक तर्फ क्षेत्र नं. २ मा २६ हजार ५ सय ५६ मत प्राप्त गरेको छ प्रत्यक्ष तर्फको मत भन्दा १२ हजार ९ सय २६ मत कम आएको छ । त्यस्तै गरी एमालेको पनि उक्त क्षेत्रमा प्रत्यक्ष तर्फ भन्दा ११ हजार ४० मत कम प्राप्त गरेको छ। कांग्रेस र एमाले पार्टीको मत राष्ट्रिय स्वतन्त्र पार्टी घण्टीले लान सफल भएको छ। दुवै पार्टीलाई थप चुनौती दिएको बुझ्न नसके अर्को निर्वाचनमा घण्टीको शसक्त उदय हुने देखिन्छ ।

      राष्ट्रिय स्वतन्त्र पार्टीबाट काभ्रेमा समानुपातिक तर्फ १६ हजार ८ सय २४ मत प्राप्त गरेर तेस्रो भएको छ । दिनेश हुमागाईले प्रत्यक्ष तर्फ १० हजार ५ सय ७३ मत प्राप्त गरेका त्यस्तै गरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादी पार्टीने ७ हजार ९ सय ३६ मत प्राप्त गरेको छ । ्र नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादी ६ हजार १ सय ४३, राष्ट्रिय प्रजातन्त्र पार्टी ३ हजार ७ सय ९२ र नेपाल मजदुर किसान पार्टी मादलले १ हजार २ सय ९१ मत प्राप्त गरेको छ ।

 

 

‘हेभ्भीवेट’ उम्मेदार गोकुल बास्कोटाको सानदार जीत

      समानुपातिकको मतगणना बाहेक चुनावको सबै काम सकियो । चुनाव उठेकाहरु कोही फेरि उठ्नै  नसकिनगरी लडे भने कोही सिकाइको अर्थ हो भन्दै आपूmले पाएको मतलाई स्वीकार गरे  । जीवनमा जो पटक पटक लडेर पनि उठ्ने साहस गर्छ ऊ नै वास्तविक अर्थमा सफलताको हकदार बन्छ । जीन्दगी एक युध्द मैदान हो यहाँ लडिन्छ अवस्य तर एक चोटि लडेपछी उठिएन भने उठेकाहरुले कुल्चेर अगाडि जान्छन त्यसैले अरुलाई कुल्चाउने हो कि आफै उठने ?

      काभ्रे जिल्लामा  लोकतान्त्रिक बाम गठबन्धनले ८० प्रतिशत  सफल भएको छ ।  हेभ्भीवेट उम्मेदवार गोकुल बास्कोटाले काभ्रे क्षेत्र नं. २ बाट सानदार जीत हासिल गरेका छन् । आफ्ना सहयात्री  सबै उम्मेदवार पराजित हुँदा उनले ४५ हजार ३ सय ४५ मत ल्याएर देश र बिदेशमा चर्चा कमाएका छन् । काभ्रे क्षेत्र नं. १ बाट सूर्यमान दोङ (लालध्वज) ले ३४ हजार ५ सय १२ मत ल्याएर विजय भए । प्रदेश सभा तर्पm काभ्रे १ क बाट रत्न ढकाल २० हजार ७ सय २० मत ल्याए । त्यस्तै काभ्रे १ ख बाट तीर्थ लामाले १९ हजार २ सय ८० प्राप्त गरी विजयी भए । काभ्रे क्षेत्र नं. २ क बाट लक्ष्मण लाम्सालले १९ हजार ४ सय ८ प्राप्त गरी विजयी भए । त्यस्तै काभ्रे २ ख बाट कञ्चनचन्द्र बादेले १९ हजार ३५ मत ल्याई प्रदेश सभा सदस्यमा जीत हाँसिल गरे ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्