IMG-LOGO

पुराना जति बाईबाई, नयाँ अनुहार हाईहाई

 मंगल, मंसिर ६, २०७९  टाइम्स विश्लेषक

         अस्ति मङ्सिर ४ गते आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाताको उल्लेखनिय सहभागिता भएन । कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता मध्ये मात्र ६१ प्रतिशत मतलव १ करोड ९७ लाख ३ हजार २७ जनाले मतदानमा भाग लिए  । जातिले भाग लिए तीमध्ये १८ देखी ४० वर्षका मतदाताको संख्या ८८ लाख चार सय ३६ रहेको थियो तिनीहरुमा मात्र २० प्रतिसतले यो चुनावमा मात्र १८ लाख नवयुवाहरुले मात्र भाग लिए । अरु सबै विदेश छन् । यो संख्याले के देखाउँछ भने कुल मतदातामध्ये झन्डै आधा मतदाता ४० वर्षमुनिका युवा रहेका छन् । त्यस मध्ये पनि १८ देखी २५ वर्षका मतदाता १२.७५ प्रतिशत रहेका छन् । त्यस मध्ये पनि २० प्रतिशत युवाले भाग लिनु भनेको यो देशमा अहिले जितेका वा जित्न खोजेकाहरुको बैधानिकता छैन ।  किनभने यो मुलुक युवाहरुको हो उनीहरु बिदेशमा छन् । उल्येखित तथ्याङ्कको ऐतिहासिक महत्त्व छ किनकि जसले निर्वाचन परिणामलाई प्रभावित पारिसकेको छ । त्यसैले भन्न सकिन्छ पुराना जति बाईबाई नयाँ अनुहार हाईहाई ।

      यो निर्वाचनमा पहिलो पटक मतदान गर्नेहरू २०५५ देखि २०६१ सालको हाराहारीमा जन्मेकाहरू हुन् । यो पुस्ताले न राणा शासनविरुद्धको नेपाली काँग्रेसको मूल नेतृत्वमा भएको २००७ सालको क्रान्तिको कथा सुनेको छ, न त पञ्चायती व्यवस्था बिरुद्ध नेपाली काँग्रेस र कम्युनिस्टहरूले गरेको सङ्घर्षको गाथा नै पढ्न पाएको छ । त्यसैगरी उनीहरूले पछिल्लो पटक भएको माओवादी जनयुद्ध पनि देख्न–भोग्न र अनुभूत गर्न पाएनन् । त्यसैले अधिकांश युवा घन्टी तर्फ आकर्षित भयो । यो युवा पुस्ता सूचनाको लागि पत्रपत्रिका, रेडियो, टिभीमा निर्भर छैन । त्यसैले योजनाबद्ध रुपमा गरिएका भ्रमका खेतीको प्रभावबाट यो पुस्ता मुक्त छ । यिनीहरू सामाजिक सञ्जालबाट समाचारहरू थाहा पाउँछन् । सामाजिक सञ्जाललाई अखबार, रेडियो वा टिभीलाई जस्तै राज्यले नियन्त्रण गर्न सम्भव हुँदैन र यो नै सत्य÷तथ्य सूचनाको भरपर्दो आधार हो भन्ने उनीहरूलाई थाहा छ । राजनीतिक नेतृत्वले नरुचाएको र प्रवाह गर्न नचाहेको समाचार पनि सामाजिक सञ्जालमा सहज रुपमा सञ्चार भइरहेको हुन्छ भन्ने बारे यो पुस्ता जानकार छ । नव युवा पुस्तामा लोकतन्त्र, समाजवाद र साम्यवाद जस्ता राजनीतिक महावृत्तान्तहरू प्रति कुनै रुचि र चासो छैन । अहिलेको  पुस्ताले राजनीतिलाई कुनै सैद्धान्तिक महावृत्तान्तलाई पुष्टि गर्ने र कार्यान्वयन गर्ने साधनको रुपमा हेर्दैन । यो युवा पुस्ताको राजनीतिप्रतिको मोटामोटी बुझाइ केवल यत्ति नै मात्र हो । त्यही भएर केही महिना अघि सम्पन्न स्थानीय निकायको निर्वाचनमा युवा पुस्तालाई पुराना राजनीतिक दल र नेताभन्दा पनि सुशासन दिन्छु, तत्कालीन राहत दिन्छु भनेर राजनीतिमा उत्रेका बालेन शाह, हर्क साम्पाङले आकर्षित गरेको देखिएको थियो । नेपालका प्रमुख राजनीतिक दलहरूमा अहिलेको अवस्था बदल्ने कुनै तत्परता र चाहना नै छैन । राजनीतिक दलहरूको उद्देश्य देशमै रोजगारी सिर्जना गर्नेभन्दा पनि अझ ठुलो संख्यामा युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने रहेको छ । ठुला दलका नेताहरू खुलेआम फ्री भिसा र फ्री टिकटको सपना बाँडिरहेका छन्। अहिलेको युवा पुस्ता यी सबै विकृति र विसंगतिसंग पूर्ण रुपमा जानकार भएका कारण घण्टीको दिन आएको हो । सबै दल र पुराना नेताहरुलाई चेतना होस् । नयाँ जमानामा पुरानोको कुनै काम छैन ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्