IMG-LOGO

मधु, बशुन्धरा र गणेश लामा अनुपस्थित  

 मंगल, कार्तिक १, २०७९  --

गठबन्धनको पत्रकार सम्मेलनमा अनुपस्थित नेताहरुलाई लिएको प्रतिकृया यस्तो छ ।

तपाईंहरुले चुनावमा टिकट नपाएपछि तपाईंहरु चिन्तित भएको र गठबन्धनमा जे सुकै होस भन्ने ठानेको हो ?     

       नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यको भने प्रतिक्रिया यस्तो रहेको छ । नेपाली जनताहरूको भाग्य र भविष्यलाई सुनिश्चित गर्न, सबै खालका सामाजिक विभेदको अन्त्य गरी समाज रुपान्तरण गर्न निरन्तर लागि परेको नेपाली कांग्रेसको एक सच्चा निष्ठावान कार्यकर्ता हुँ म । स्वार्थ सिद्धको राजनीति गर्नेहरु, पैसा, पाखुरा र प्रतिशोधको दवदवा देखेर, संगठनका निष्ठावान साथीहरू चिन्तित हुनुहुन्छ । धाक, धम्की, विश्वास, अविश्वास, व्याङ्ग्य– प्रति व्याङ्ग्य, उपेक्षा र अपमान बाट त्रसित छन् । मतदाताहरु घोर आक्रोश र निराशा छाएको छ । यिनै पिडा पोख्छन् पार्टीका साथीहरू म सुन्न र सम्झाउन व्यस्त छु । यहाँले प्रसङ्ग उठाउनु भयो तपाईले टिकट प्राप्त नगरे पछि गठवन्धनमा जे सुकै होस् भन्ने ठानेको हो भन्ने भन्नु भो त्यस्तो होइन टिकटलाई राजनीतिक सत्यलाई नदाञ्नुहोस् भन्न चाहन्छु। प्राप्ति अप्राप्तिको विषय गौण हो । यो देशमा किसान, व्यवसायी, नागरिक सबै पिडित छन् । लोककल्याणकारी राज्यमा यस्तो हुन्छ ? समस्या सिस्टमको होइन चरित्र र संस्कारको हो । हामी जानेर नजानेर अन्याय आत्याचार र अराजकको शिकार भएका छौँ । म मेरो पार्टी सभापतिको भेटको प्रतिक्षामा छु । एउटा निर्वाचित केन्द्रिय सदस्यको नाताले मेरो केही सैद्धान्तिक वैचारिक कुराहरू छन् पार्टी संगठनको तत्कालिन पार्टी कर्तव्य केही कुरा छन् । त्यसबारे प्रस्ट भएपछि मात्र पार्टीले जहाँ खटाउँछ जे जिम्मेवारी दिन्छ म आफ्नो जिम्मेवारी पुरा गर्छु । मेरो आफ्नै अस्वस्थता र केही आमाको अस्वस्थताका कारण काभ्रे जिल्लाको पार्टीको कार्यक्रममा बाहिर निस्कन सकेको छैन् । कोहि कसैले राजदुत बन्दै छ भनेर झुट प्रचार गरिरहेका छन् । यस्तो अवसर त २२ वर्ष अघि नै आएको थियो । म राजनीति मार्फत देश र जनताको सेवा गर्छु भनेर उति बेलै अस्वीकार गरेको हुँ ।

       यसैगरी नेकपा एकीकृत (समाजवादी) काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाई यसो भन्नु हुन्छ । व्यक्तिगत स्वार्थको  लागि म राजनीतिमा लागेको हैन । म बागमती प्रदेशको मन्त्री पनि हुँ । मेरो आफ्नो जिम्मेवारी पनि छ । दुई हप्ता अगाडि देखिनै असोज २९ गतेकार्यक्रम तय भएको थियो । कुशादेवी सहकारीमा म आफैँ प्रमुख अतिथि भएको कार्यक्रम भएकाले गठवन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको हो । यसमा कुनै खालको भ्रम पाल्नु पर्ने, भ्रम छर्नु पर्ने कारण छैन । नेकपा (एकीकृत समाजवादी)  काभ्रेको बैठक बसेर काभ्रे जिल्लामा ६ सिटनै काभ्रेमा जित सुनिश्चित गर्ने गरी आ–आफ्नो ठाउँबाट ससक्त ढङ्गबाट चुनाव प्रचार प्रसारमा लाग्ने निर्णय समेत भएको कुरा बसुन्धरा हुमागाईले बताउनुभयो । यस पार्टीको निर्णय अनुसार आगामी मंसिर ४ गते हुने निर्वाचनमा काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. २ ख को प्रदेश सदस्य उम्मेदवारीमा दिनु भएका बसुन्धरा हुमागाईले गठवन्धनमा दरार नआओस भन्ने हेतुले केन्द्रीय पार्टी कमिटीको निर्णय अनुसार उम्मेदवारी फिर्ता लिएको कुरा बसुन्धरा हुमागाईले बताउनुभयो ।

       त्यसै गरी अर्का नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ ख को प्रदेश सभा सदस्यको उम्मेदवारीमा सिफारिस हुनु भएको गणेश लामाले यस पटकको टिकट प्राप्त गर्न सक्नु भएन् । उहाँको टिकट भने जिल्ला पार्टी सभापति तिर्थ लामाले उछिट्याउनु भयो । नेका केन्द्रीय सदस्य गणेश लामालाई प्रतिक्रिया लिन उहाँको मोवाइल नं ९८५१०–२६६८६ मा काभ्रे टाइम्स कार्यालयको फोनबाट पटक पटक सम्पर्क गर्दा सम्पर्क भयो उहाँले मोवाइल उठाउनु भएन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्