IMG-LOGO

गठबन्धनको पत्रकार सम्मेलन

 मंगल, कार्तिक १, २०७९  --

 

       काभ्रेको चुनावी माहोल अहिलेसम्म तातेको छैन । कारण कोही पनि नयाँ अनुहारका उम्मेदवार छैनन् । जनतालाई आफ्नै चटारोले भ्याइनभ्याई छ । एमाले चुनावमा आक्रमक तरिकाले आउन खोजेपनि त्यो सम्भव भएको छैन  कारण  एक नम्बर क्षेत्रमा बन साङ्लोले घर साङ्लोलाई लखेटेको चर्चा छ । यता गठबन्धनमा नपाली कांग्रसका केन्द्रीय सदस्य मधु आचार्य, नेकपा (एकिकृत समाजवादी) काभ्रेका अध्यक्ष बशुन्धरा हुमागाई र कांग्रेसमा अर्का केन्द्रीय सदस्य गणेश लामा संयुक्त पत्रकार सम्मेलनमा अनुपस्थित भएपछि बिमति राख्नेको असहयोगले चुनावी नतिजा एमालेको पोल्टामा जाने हो कि भन्ने चिन्ता गठबन्धन गरेका काङ्ग्रेस र माओवादीलाई चिन्ता छ ।

पत्रकार सम्मेलनमा के भयो ?

       नेपाली कांग्रेसले काभ्रे जिल्लाको सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको विकासका लागि दशकौं अघि देखि सक्रिय भुमिका निर्वाह गरिरहेको काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाईले दावि गर्नु भएको छ । लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट आयोजित पत्रकारहरु सँगको अन्तरक्रिया कार्यक्रमलाई शनिबार बनेपामा सम्बोधन गर्दै उहाँले विपक्षीहरुले जस्तो विकास निर्माणका कामलाई मिडिया तथा सामाजिक संजालमा आफूहरुले प्रचार नगरेको बताउनुभयो । सुशासन र दिगो सरकारको आवश्यकतालाई महसुस गर्दै गठबन्धन बनेको नेताहरुले बताएका छन् । पत्रकारबाट उठाइएको प्रश्नको जवाफ दिदै उहाँले विपी राजमार्ग निर्माण, कोशीपारी सडक तथा पुल निर्माण, भक्तपुर नाला सडक , नमोबुद्ध पनौती लामाटार सडक, तेमाल सडक, बनेपाको बहुप्राविधिक शिक्षालय लगायतको निर्माणको शुरुवात र सम्पन्न आफुहरुले गरेको इतिहास हेर्न सुझाव दिदै कांग्रेसले गरेका विकासलाई आफूहरुले अगाडी वढाएको भनि भ्रम नछर्न विपक्षी दलहरुलाई सचेत गराउनुभयो । सुशासन कायम गर्ने, नैतिक, इमान्दार र अनुशासित भएर लाग्ने गठबन्धनको नीति रहेको प्रष्ट पार्दै उहाँले केन्द्रबाट पार्टीको घोषणापत्र प्राप्त गरेसँगै जिल्लाका एजेण्डाहरु समेटिएको गठबन्धनको अवधारणा सार्वजानिक गर्ने समेत बताउनुभयो । नेपाली काग्रेसका जिल्ला सभापति समेत रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा ख का उम्मेदवार तिर्थ लामाले प्रविधिमैत्री समयको विकास भए सँगै त्यसकै प्रभावमा निर्वाचन हुने भन्दै लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताउनुभयो ।  नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा ख का उम्मेदवार रत्न ढकालले संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास र समृद्धिको लागि लोकतान्त्रिक–बाम गठबन्धन भएको जानकारी दिदै प्रादेशिक विश्व विद्यालय संचालन, मल उत्पादन कारखाना संचालन, सुनकोशी जलासय, हिलेजलजले जलासय, दोलखा ,सिन्धुपाल्चोक, काभ्रेको महाभारत खानीखोला हुँदै प्रदेश राजधानी हेटौंडा जोड्ने सडक निर्माण लगायतका कामको शुरुवात भएको जानकारी दिनुभयो । नेकपा एकीकृत समाजवादी तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ प्रदेशसभा क का उम्मेदवार लक्ष्मण लम्सालले प्रदेशका तर्फबाट भएका कार्यलाई छायाँ पार्दै मिडियाबाजी गरेर अनावश्यक प्रचार गरेको आरोप लगाउँदै प्रदेश सरकारको तर्फबाट खानेपानी, सडक लगायतका विषयमा उल्लेखनीय काम भए पनि महादेव बन्नेहरुको अनावश्यक चर्चाले सर्वसाधरणलाई भ्रममा पारेको आरोप लगाउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश सभा ख तर्फका उम्मेदवार कञ्चनचन्द्र वादे तथा गठबन्धन दल भित्रका समानुपातिक उम्मेदवारहरु मिना तामाङ, सुरकृष्ण बैद्य, लक्ष्मी दनुवार, भोला अर्याल, कल्पना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका उप–सभापति रमेश हुमागाई, नेकपा माओवादी केन्द्रका नेतृ रुकु चौंलागाई , नेकपा एकिकृत समाजवादी नेता टोक बहादुर वाइवा, समाजवादी पार्टीका नेता अक्कल ब थिङ, लगायतले गठबन्धनको औचित्य तथा जिल्लाको राजनीतिक अवस्थाबारे बाँकी पेज ५मा.... प्रष्ट पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस जिल्ला सचिव गुणराज मोक्तानले गर्नुभएको थियो । कार्यक्रममा काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार, नेकपा माओवादी केन्द्रका नेता सुर्यमान दोङ भने स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन सक्नु भएन । गठबन्धनको पत्रकार सम्मेलनमा अनुपस्थित नेताहरुलाई लिएको प्रतिकृया यस्तो छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्