IMG-LOGO

काभ्रेमा को - कस्ता उम्मेदवार ?

 मंगल, असोज २५, २०७९  रमेश प्रसाद न्यौपाने / हरिनाथ न्यौपाने

   

       आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि आइतबार मुलुक भरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । काभ्रेको दुई निर्वाचन क्षेत्रमा पनि दुबै सभाका लागि  उम्मेदवारी दिने काम सप्पन्न भएको छ । काभ्रेली जनताले पनि  उही पुराना अनुहार बीच हुने चुनावी प्रतिस्पर्धाको चर्चा परिचर्चा गर्न थालेका छन् । यसपल्टको चुनावमा काभ्रेमा सत्ता गठबन्धन  अर्थात माओवादी काङ्ग्रेस एस पार्टी  भर्सेज एमाले बीच नै तीब्र  प्रतिस्पर्धा हुनेछ ।

       मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रेमा उम्मेदवारी मनोनयनपत्र दर्ता आइतबार सम्पन्न भएको छ । काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सुर्यमान दोङ (लालध्वज) र नेकपा एमालेका उम्मेदवार रेशम लामा बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत ने.म.कि.पाका पूणर्सिंह तामाङ, मंगोल नेश्नल अर्गनाइजेसनका कमल वहादुर लामा तामाङ, ने.क.पा.मालेका गणेश कुमार कपालि, रा.स्वतन्त्र पार्टीका बसु नारायण श्रेष्ठ, ने.क.पा. परिवर्तनका जोगमान लामा, ज.स.पा. नेपालका धन ब.तामाङ, रा.प्र.पा. नेपालका गोविन्द राज गिरी, ने.क.पा. (माओवादी समाजवादी)का प्रशान्त के.सी. तिमल्सिना, रा.प्र.पा.का पूणर् व. विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रकाश लामा र ज्ञानेन्द्र कुमार तामाङ, रुकमीणी श्रेष्ठ, निमा वल तामाङ, जित वहादुर मोक्तान, माधव प्रशाद कडेल, राजन घोराशैनीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

       यसैगरी प्रतिनिधि सभा क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका शिव प्रसाद हुमागाई र नेकपा एमालेका गोकुल प्रसाद बास्कोटा बीच कडा चुनावी प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गत ने.म.कि.पाका कृष्ण कुमार बैद्य, रा.स्वतन्त्र पार्टीका दिनेश हुमागाई, मंगोल नेश्नल अर्गनाइजेशनका अचम्म लामा, ने.क.पा ( माओवादी समाजवादी पार्टी) का योक वहादुर घिसिङ, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनका उत्तर कुमार लामा, नेपाल नौलो जनवादी पार्टीका गंगालाल श्रेष्ठ, रा.प्र.पा.का यशु आले मगर, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विजय तामाङ, ज.स.पा.का सिद्धि वहादुर जोशी र कृष्ण खत्री, बोधनाथ न्यौपाने, मनोज पण्डित, शेषराज लामिछाने, स्वयम्भुराज शाक्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

       त्यस्तै काभ्रेको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १/प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट प्रदेश सभा सदस्य पदको लागि नेकपा माओवादी केन्द्रबाट रत्न ढकाल, नेकपा एमालेबाट दिल वहादुर तामाङ, ने.क.पा मालेका ङेमा लामा,  नेश्नल मंगोल अर्गनाइजेशनका चन्द्रमान लामा, ने.म.कि.पाका प्रज्ञान अस्तानी मगर, ने.क.पा परिवर्तनका विज व. लामा थिङ, ज.स.पा नेपालका मान वहादुर तामाङ, रा.प्र.पा.का नन्दलाल श्रेष्ठ, नेपाल लोकतान्त्रिक पार्टीका सञ्जिव वल तामाङ र ठूले तामाङले स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयपत्र दर्ता गरेका छन् । यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १/प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट प्रदेश सभा सदस्य पदको लागि नेपाली कांग्रेसका तिर्थ लामा, नेकपा एमालेका चन्द्र वहादुर लामा, ने.म.कि.पाका कृष्ण वहादुर तामाङ, ज.स.पाका बुधवहादुर लामा, रा.प्र.पाका सहदेव भण्डारी, मंगोल नेश्नल अर्गनाइजेशनका जनवहादुर तामाङ, नेपालका लागि नेपली पार्टीका नगरमान लोप्चन र दुर्गावहादुर घर्ति, विशेश्वर वञ्जाराले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

       काभ्रेको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २/प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट प्रदेश सभा सदस्य पदको लागि नेकपा एमालेका कुमार प्रसाद खकुरेल, नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल, राप्रपाका रञ्जिब श्रेष्ठ, नेमकिपाका सूर्यलाल तामाङ, मंगोल नेश्नल अर्गनाइजेशनका मुस्कान लामा, हाम्रो नेपाली पार्टीका तारा वहादुर कुँवरले उम्मेदवारी दिएका छन् । यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २/प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट प्रदेश सभा सदस्य पदको लागि नेपाली कांग्रेसका कञ्चन चन्द्र वादे, नेकपा एमालेका कुमार थापा, नेकपा मालेका दान वहादुर थापा, नेकपा एकीकृत समाजवादीका वसुन्धरा हुमागाई, नेमकिपाका मुना तामाङ, राप्रपाका रामकृष्ण लामा तामाङ, जसपा नेपालका विर वहादुर तामाङ र मंगोल नेश्नल अर्गनाइजेशनका मुकमान तामाङले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गर्न प्रस्तावक, समर्थक सहित उम्मेदवारहरु धुलिखेल र पनौतीमा राखिएको निर्वाचन कार्यालय गएका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्