IMG-LOGO

चोलेन्द्रको दादागिरीमा ओलीको साथ

 मंगल, असोज ४, २०७९  – टाइम्स टिप्पणीकार

 

        आइतबार सर्वोच्च अदालतमा अनौठौ दृश्य देखियो । महाअभियोग लागेर संसदीय छानविन समितिले बयान लिएका निलम्बित प्रधान न्यायाधीशलाई चोलेन्द्र शम्सेर जवरा अचानक उही शानका साथ जबर्जस्ती सर्वोच्च अदालतमा छिर्न खोजेपछि वकिलहरुले रोकेर फिर्ता पठाइदिए । त्यतिमात्र हो र ? सरकारले तुरुन्त उनलाई दिएको सुरक्षा खोसी दियो प्रधान न्यायाधीशको आवास रहेको बालुवाटार अहिलेसम्म पनि प्रहरीको घेरामा छ । एक शब्दमा भन्दा अहिले निलम्बित प्रधान न्यायाधीश नजरबन्दमा छन् । असोज २ गते मध्ये रातमा संसदको म्याद समाप्त भए सँगै प्रधान न्यायाधीशको महाअभियोग मुद्दा पनि किनारा लागेको भनेर एमाले अध्यक्ष केपी ओलीले बोले । ओलीको साथ पाएका चोलेन्द्र ढाडे विरालो जस्तै भएका छन् । उनले आइतबार सर्वोच्चमा जुन हर्कत देखाए लाज मर्दो थियो । संसद अन्य भए पनि उनको महाअभियोग मुद्दा किनारा लागेको छैन । यो संसदको म्याद समाप्त हुँदैमा उनको महाअभियोग सफाई पाइने हो र ?

       उनले गरेका कर्तुत बारेमा उनैले स्वीकार गरका छन् । श्रीमती हत्या गर्ने रञ्जन कोइरालाको मुद्दामा चालचलन राम्रो भएको भन्दै रञ्जन कोइरालालाई जेल मुक्त गर्ने । पूर्वराजा ज्ञानेन्द्रकी छोरीको जग्गा नेपाल ट्रष्टमा ल्याउन लाग्दा मुद्दा उनलाई जिताउने यी त प्रतिनिधि कर्तुत हुन् । उनीले मात्र प्रतिनिधि सभाको पूनः स्थापना गरेका होइनन् । त्यो त संविधान बमोजिम ५ न्यायाधीशको बेन्चले गरेको हो । मुद्दाको शुभ–लाभ लिने यी र यस्तो कार्य गर्ने चोलेन्द्रलाई भने अहिले आएर ओलीको साथ छ । ओलीले निलम्बित प्रधान न्यायाधीश  चोलेन्द्र शमशेर राणा माथि लागेको महाअभियोग संसदमा पेसै नभएकाले उनले सफाई पाएको दाबी गरेका छन् । संसद्को कार्यकाल सकिएसँगै महाअभियोग स्वतः असफल भएको दाबी गर्दै उनले राणालाई प्रहरी घेरामा राख्नु सरकारको गैर जिम्मेवार क्रियाकलाप भएको भन्दै आलोचना गरे ।

       शनिवार बेलुकाबाट संसद्को कार्यकाल सकिए पछि राणाले आइतबार सर्वोच्च अदालत फर्कन खोजेपछि उनलाई सुरक्षाकर्मीले घेरेर सरकारी निवासमै राखेका थिए । ओलीले यसलाई अदालतमाथिको हस्तक्षेप भनेका छन् । उनले महाअभियोग दर्ता भएपछि संसद्बाटै पास या फेल हुनुपर्ने भन्दै उनले सभामुखले सत्तापक्षको स्वार्थ अनुसार ६ महिनासम्म अड्काएर राखेको भन्दै आलोचना गरे । उनले अब संसद् सचिवालयले संसद्ले पास गर्न नसकेको भनेर पत्र दिनुपर्ने भन्दै सरकारले प्रधान न्यायाधीशको निवास घेर्नु गैर जिम्मेवारपूर्ण काम भएको तर्क गरे ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्