IMG-LOGO

किन पठायो अख्तियारले पत्र ?

 मंगल, भदौ १४, २०७९  ---

 

       चौरीदेउराली गाउँपालिकामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भ्यूटावर निर्माणमा पटक पटक कार्यपालिकाको निणर्य परिवर्तन गराई ठेकदार सँगको मिलेमतोमा भुक्तानी दिएको, कृषि उपजमा अनियमितता गरेको, वडा सञ्चालन खर्च निकालेर वडामा कुनै सामान नआएको ट्याक्टर खरिदमा खरिद प्रक्रियामा नलगी बजार मुल्य भन्दा करिव ८ लाख बढी मुल्यमा खरिद गरेको अख्तियारको पत्रमा उल्लेख गरेको छ  । नियम विपरीत कार्यालय सहायक नियुक्ति, अध्यक्षको प्रेस सल्लाहकार, प्रशासन सल्लाहकार नियुक्ति गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको भन्ने समेतको व्यहोरा रहेको छ । उजुरीमा उल्लिखित उक्त विषयहरूका सम्बन्धमा के कसो भएको हो राय सहित उल्लिखित आयोजना कार्यक्रम र पदपूर्ति सँग सम्बन्धित कागजातको प्रमाणित प्रतिलिपि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यविधि, २०७८ को दफा २६ ( १ ) (क) बमोजीम १५ दिन भित्र उपलब्ध गरिदिनु हुन भनि २०५९ श्रावण १६ गते  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा अधिकृत यादव भण्डारीले पठाएको पत्रमा उल्लेख गरेको छ ।

       चौरीदेउराली गाउँपालिकामा आर्थिक अनियमितता भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकालाई पत्र पठाएको छ । तपाँई त्यतिवेला गाउँपालिका अध्यक्ष हुनु हुन्थ्यो । यहाँले प्रेस सल्लाहकार , प्रशासन सल्लाहकार नियुक्ति गरी सार्वजनिक सम्पतीको दुरुपयोग गर्नुभयो नि भन्ने जिज्ञासामा निवर्तमान गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले यस्तो प्रतिक्रिया दिनुभयो । राजनीतिक पूर्वाग्रह, स्थानीय अन्तर विरोधीहरूले अख्तियारमा उजुरी गरे छन् । हामीले ट्याक्टर खरिद प्रक्रिया, अध्यक्षको प्रेस सल्लाहकार, प्रशासन सल्लाहकार नियुक्ति नियम संगत ढङ्गबाट गाउँ कार्यपालिका बोर्ड बैठकबाट निणर्य गरेर कार्यविधि बनाएर मात्र कार्य गरेका छौं । अनियमितता नगरेको प्रतिक्रिया दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्