IMG-LOGO

राष्ट्रिय उत्पादन वृद्धि गर्ने तिर सरकारको ध्यान केन्द्रित ः आपूर्ति मन्त्री बडू

 मंगल, भदौ ७, २०७९     हरिनाथ  न्यौपाने

       उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले बलियो अर्थतन्त्रको संवाहक उद्योग क्षेत्र भएकोले उत्पादनलाई वढवा दिन राष्ट्रिय योजना सहित अगाडि बढ्ने बताउनु भएको छ । नेपाल प्लाईउड उत्पादक संघको २३ औँ वार्षिक साधारण सभा तथा प्लाईउड उद्योगीहरुको राष्ट्रिय भेलालाई हिजो धुलिखेलमा सम्बोधन गर्दै उहाँले रुग्ण उद्योगहरु चलाउन र सञ्चालन भई रहेको उद्योगहरु पूणर् क्षमतामा चलाउन सरकार सदैव सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । समग्र राष्ट्रिय उत्पादन बढाई व्यापार घाटा कम गर्न निर्यातलाई प्राथमिकता दिई ८ प्रतिशत सम्म नगद अनुदान दिइने, जग्गाको थ्रेसहोल्ड बढाउने निजि क्षेत्रको आग्रहलाई पुरा गरिने उहाँको भनाई छ । उद्योग स्थापना गर्नको लागि व्यहोरिरहेको झन्झट हटाउन एकल विन्दु सेवा केन्द्र (सम्पूणर् सरकारी सेवा एकै ठाउँमा) स्थापना गरी सेवा दिइने, सार्वजनिक खरिद ऐनको सम्बोधन गरी कार्य प्रारम्भ गर्दै उद्योगमैत्री वातावरण स्थापना गर्न आफू सदैव प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

       राष्ट्रिय उत्पादन बढाउन १० वर्षे कार्य योजना सहित अगाडि बढेको भन्दै सबैको सहयोगमा प्राथमिकताका साथ कार्य गरिने जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले उद्योगी व्यवसायीहरुको पिर-मर्का सरकारले नै बुझ्नु पर्ने भन्दै लगानी मैत्री वातावरण कायम गर्न सरकारलाई अनुरोध गर्नुभयो । नेपाल प्लाईउड उत्पादक संघका संस्थापक अध्यक्ष देवानन्द सरावगीले प्लाईउड उद्योग देशमै आत्मनिर्भर भएर उत्पादन भईरहेको र निर्यात समेत गर्न थालेको उल्लेख गर्नु हुँदै बैकिङ व्याज घटाई विद्युत महशुलमा सहुलियत दिएर व्यवसायिहरुलाई हौसला दिन उद्योग मन्त्री समक्ष आग्रह गर्नुभयो । प्रत्यक्ष रुपमा २५ हजार र अप्रत्यक्ष रुपमा ३५ हजार जनाले रोजगारी पाएको यस क्षेत्रले ९ सय करोड रुपैँया किसानको हातमा प्रत्यक्ष काठ खरिद वापत् शुल्क बुझाएको उहाँले बताउनुभयो ।

       नेपाल वन पैदावार महासंघका महासचिव माधवमणी हुमागाई , एस.वी.आई बैँकका कर्जा प्रमुख विनोद ढुङ्गेल, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा लगायतले सम्बोधन गर्नुभएको कार्यक्रममा नेपाल प्लाईउड उत्पादक संघका वरिष्ठ उपाध्यक्ष होमप्रसाद घिमिरेले आर्थिक उन्नतिमा उद्योगहरुको प्रत्यक्ष सहभागिता रहेकोले सरकारले जति सक्दो धेरै प्राथमिकता राखेर कार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । महासचिव सन्तोषमान श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रम केन्द्रीय अध्यक्ष प्रदिप कुमार चौधरीको सभापतित्वमा सम्पन्न भयो । वि.सं. २०५६ सालमा स्थापना भएको संस्था अन्तरगत १८ जिल्लामा  ६८ वटा उद्योगहरु सञ्चालन भई रहेका छन् भने केही स्थापना हुने क्रममा छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्