काभ्रेका युवा पत्रकार निरञ्जन सापकोटाले युरोप स्थित युनिभर्सिटी अफ मिन्यो ब्राग्रा, पोर्चुगलबाट आम सञ्चारका लागि नेपाली मूल धारका छापामा दलित र जनजातीका सवाल थेसिसमा विद्यावारधि (पिएचडी) गरेका छन् । काभ्रे रयालेमा जन्मिएर बनेपामा बसोबास गर्दै आएका सापकोटा विगत पाँच बर्ष देखि मिन्यो विश्वविद्यालय ब्रागा यूरोपबाट मानविकी विज्ञानको पत्रकारिता बिषयमा विद्यावारिधि गर्दै थिए ।
मिन्यो विश्वविद्यालय मानविकी र इन्जिनेरिङ्गका लागि युरोपको ख्याती प्राप्त विश्वविद्यालय हो । निरन्जन सापकोटा जुलाई २७ तारिखमा एक समारोह बीच दिक्षित भएका थिए । निरन्जन प्रशिद्ध लोक गायक मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाका जेष्ठ सुपत्र हुन् । काभ्रे टाइम्स र रेडियो एवीसी सापकोटाको यो खुसीमा खुसी साट्दै उत्तरोउत्तर प्रगतिको कामना गर्दै हार्दिक बधाई ज्ञापन गर्दछ ।
