IMG-LOGO

नेपाल पुलिस स्कुल साँगाको नवनिर्मित सुविधा सम्पन्न भवन

 मंगल, सावन २४, २०७९      रमेश प्रसाद न्यौपाने

       नेपाल पुलिस स्कुल साँगाको नवनिर्मित भवनको प्रहरी महानिरीक्षक धिरज प्रतापसिंहले हिजो एक कार्यक्रम बीच उद्घाटन गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले नेपाल पुलिसले सञ्चालन गर्दै आएको देश भरको ९ वटा विद्यालयहरूमा ८ हजार ७ सय ४३ विद्यार्थी अध्ययन गर्दै आउनु भएको र उनीहरूलाई गुणस्तरीय, व्यवहारिक र वैज्ञानिक शिक्षा प्रदान गर्दै आएको बताउनु भयो । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति, असल व्यक्तित्व विकास, क्षमतावान, इमान्दारीता र अनुशासित विद्यार्थीहरुको उत्पादनले देशको सर्वाङ्गीण विकास सम्भव हुने हुँदा सबैको ध्यान केन्द्रीत शिक्षाको सकारात्मक विकासमा हुनु पर्ने धारणा राख्नुभयो । भौतिक पूर्वाधार विकास सम्पन्नताले पनि शैक्षिक विकासमा मद्दत पुग्ने कुरा प्रहरी महानिरीक्षक सिंहले बताउनु भयो ।

       उक्त विद्यालयमा एकेडेमीक ब्लक , मेस ब्लक र होस्टेल ब्लक निर्माणका लागि प्रहरी कल्याण कोष र राष्ट्रिय पूनः निर्माण प्राधिकरणको संयुक्त अनुदानमा २१ करोड ३४ लाख रकममा नवनिर्मित भवन निर्माण भएको नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी निरीक्षक ई. शम्भु प्रसार कोइरीले जानकारी दिनु भयो । विद्यालयका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा प्रहरीका एआइजी, डिआइजीहरू बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, जिल्ला प्रशासन कार्यालय धुलिखेलका प्रमुख जिल्ला अधिकारी हुमकला पान्डे, काभ्रे प्रहरी प्रमुख चक्रराज जोशी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगाएतको आतिथ्यता रहेको थियो । खेलकुद क्षेत्रको लागि उपयुक्त खेल मैदान, मार्सल आट जस्ता अतिरिक्त क्रियाकलाप गर्ने प्रवन्ध गरी विद्यार्थीहरूको चौतर्फी विकास हुने शिक्षा नेपाल पोलिस स्कूल साँगाले प्रदान गरेको प्रिन्सिपल सुरेन्द्र वाग्लेले बताउनुभयो ।

       तत्कालिन प्रहरी निरिक्षक डि.बी लामाबाट स्थापना भएको नेपाल पोलिस स्कुल साँगामा वि.सं २०४४ सालमा एस एलसी परीक्षामा १७ जना विद्यार्थीहरू सम्मिलित भएका थिए । २०४५ सालमा क्ष्।क्अ सञ्चालनमा ल्याएको थियो । २०५२ सालमा +२ कअष्भलअभ र वि. सं २०६८ सालबाट +२ म्यानेजमेन्ट शुरु गरेको थियो । हाल नेपाल पुलिस स्कुलमा १ हजार ९ सय ८६ विद्यार्थिहरू अध्यनरत छन् । प्रहरी अतिरिक्त महानिरीक्षक अरुण कुमार बिसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन समादेशक प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्