IMG-LOGO

काभ्रेमा डेंगु रोग संक्रमण बढ्यो

 मंगल, सावन १७, २०७९  ---

      काभ्रे जिल्लाका तीन पालिकामा ११ जना व्यक्तिलाई डेंगु रोग पुष्टि भएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमण बढ्दै गएको छ । काभ्रेमा विगत ३ वर्षपछि गत असाढबाट पाँचखालमा डेंगु रोग, संक्रमित भेटीएको सो हो संक्रमित व्यक्ति जिल्ला बाहिर भएको कुरा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले बताउनुभयो । ती व्यक्ति स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्य मलेरिया परीक्षण गर्न जाँदा डेंगु रोग संक्रमण भएको भेटिएको हो। संक्रमित ११ जना मध्ये धुलिखेलका ४, बनेपाका १, पनौतीका २, काठमाण्डौको १ जना काभ्रे मै डेंगु रोग संक्रमित भएको भेटिएको छ । त्यस्तै गरी  दोलखा जिल्लाको १ जना, सिन्धुपाल्चोक जिल्लाको १ गरी हिजो सम्म ११ जना डेंगु रोगी संक्रमित भएको फेला परेको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. पुरुषोतम सेढाँइले  जानकारी दिनुभयो।

      डेंगु रोग संक्रमणबाट बच्न र जिल्लामा सचेतना अभियान सञ्चालनमा लागि स्वास्थ्य कार्यालय धुलिखेलले के गर्दै छ भन्ने जिज्ञासामा कार्यालय प्रमुख डा सेढाईंले यस्तो प्रतिक्रिया दिनु भयो। ७ जना महिला र ४ जना पुरुष काभ्रेमा डेंगु रोग संक्रमित भेटिएको बताउनुभयो। सन् २००४ देखि एडिज फिमेल लामखुट्टेबाट डेंगु रोग सुरू भएको हो। संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने हुँदा नागरिकहरू सबै सजक र सतर्क भइ घरको वरीपरी वातावरण सफा राख्ने, झुल लगाएर सुत्ने, बाहुला भएको कपडा लगाउने कार्य गरेमा डेंगु रोगबाट बच्न सकिने कुरा स्वास्थ्य कार्यालय प्रमुख डा. सेढाँईले काभ्रे टाइम्सलाई बताउनुभयो ।

डेंगु रोगबाट कसरी बच्ने ?

      एडिज फिमेल संक्रमित लामखुट्टेको टोकाइबाट एक व्यक्तिवाट अर्को व्यक्तिमा डेंगु रोग सर्छ। डेंगु रोग लागेको व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को स्वास्थ्य भएको व्यक्तिलाई टोक्दा सर्ने भएको हुँदा निक्कै सजक र सतर्क रहनु पर्छ । झ्यालको पर्दा, टेवल कुर्सीको वरीपरी, घरको कौसीको गमलामा र ड्रमको सफा पानीमा एडिज फिमेल जातको लामखुट्टेले फुल पार्ने र लार्भाबाट डेंगु संक्रमित लामखुट्टे जन्मने हुँदा डेंगु रोग संक्रमित संख्या बढ्न नदिन घर वरपर सरसफाई राम्रो गर्ने, घर वरीपरी कहि कतै पानी जम्न नदिने, शरीर पुरै ढाक्ने कपडा लगाउने, झुल लगाएर मात्र सुत्ने । डेंगु रोग संक्रमित व्यक्ति कही कतै घर बाहिर ननिस्कने, स्वास्थ्यकर्मीहरूको सल्लाह अनुसार कार्य गरेमा यो रोग फैलन पाउँदैन र डेंगुबाट बच्न सकिन्छ । डेंगु रोग नियन्त्रणको लागि स्वास्थ्य कार्यालय धुलिखेलले काभ्रे जिल्लाको १३ वटै स्थानीय तहका स्वास्थ्य संस्थाबाट सरोकारवाला र स्वास्थ्य स्वयं सेवीकाहरु मार्फत चेतना मुलक सन्देश फैलाउने कार्य गरेको स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्