IMG-LOGO

कर्मचारीलाई अवकास दिदाँ बनेपा न.पा.मा राजनीतिक लफडा

 मंगल, सावन २४, २०७९  ---

बनेपा नगरपालिकामा राजनीतिक नियुक्ति भई कार्य गरेका ६ कर्मचारीलाई अवकास दिदाँ राजनीतिक लफडा भएको छ । २०७९ असार मसान्त सम्म नियुक्ति दिएका कर्मचारीहरुलाई नगर प्रमुख शान्तिरत्न शाक्यले श्रावण २३ गते अवकास दिएपछि नेकपा एमालेबाट निर्वाचित नगर उप–प्रमुख विमला सापकोटाले स्थानीय सरकार ऐन अनुसार कर्मचारीहरुलाई अवकास दिनु पर्नेमा नगर प्रमुखले आफ्नै मनोमानीमा अवकास दिएको भनी ६ जना कर्मचारीहरुको  अवकास पत्र नगरप्रमुख अगाडि नै च्याती दिनु भएको थियो । अवकास प्राप्त गर्ने कर्मचारीहरुमा कानुनी सल्लाहकार रामशरण घिमिरे, सहकारी संयोजक सागरनाथ कपाली, प्रेस संयोजक लक्ष्मण तिमल्सिना र नि–वर्तमान नगर प्रमुख लक्ष्मीनर सिंह बादेको स्वकीय सचिवद्वय सरिता रायमाझी र उमा प्रजापति, पूजा पर्व तथा सांस्कृतिक संयोजक मोहन तौजले रहेका छन् । यस सम्वन्धमा एमालेबाट निर्वाचित बनेपा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष वलराम अधिकारीसँग जिज्ञासा राख्दा उहाँका प्रतिक्रिया यस्तो रह्यो “कर्मचारीहरुको अवकास दिदाँ स्थानीय सरकार ऐन अनुसार र नगर सभाले दिएको म्यान्डेट अनुसार हुन पर्नेमा प्रमुख प्रशासकीय अधिकृत समेत नभएको समयमा एकलौटी ढंगबाट कर्मचारीलाई अवकास दिएकोमा आपत्ति रहेको बताउनुभयो । 
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्