IMG-LOGO

काभ्रेमा ६ महिना मै १ अर्ब ९५ करोड राजश्व संकलन लक्ष्य भन्दा बढी प्रगति

 मंगल, माघ ४, २०७८      रमेश प्रसाद न्यौपाने

    आन्तरिक राजश्व कार्यालय धुलिखेल काभ्रेले आ.व. ०७८÷०७९ मा ६ महिना मै १ अर्ब ९५ करोड २१ लाख ८० हजार राजश्व संकलन गरेको छ । पुष मसान्त सम्मको राजश्व संकलनको लक्ष्य भने १ अर्ब ९१ करोड ७७ लाख ६ हजार लिएको जनाएको छ । लक्ष्य लिइएको भन्दा ३ करोड४४ लाख ७४ हजार बेसी राजश्व संकलन भएको आन्तरिक राजश्व कार्यालय धुलिखेलको कर अधिकृत प्रभा ढुङ्गानाले जानकारी दिनुभयो । ४ अर्ब २५ करोड ७२ लाख २९ हजार राजश्व संकलन गर्ने वार्षिक लक्ष्य लिइएकोमा ६ महिनामा १ सय २ प्रतिशतले राजश्व संकलनमा बृद्धि आएको जनाएको छ । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा गरी ४ जिल्लाबाट उक्त राजश्व संकलन भएको हो ।

     रामेछाप र दोलखामा ५ करोड भन्दा मुनीको कारोवारको राजश्व संकलन हुने र उक्त रकम भन्दा माथिको भने आन्तरिक राजश्व कार्यालय धुखिलेख मै कर दाखिला हुने कुरा सूचना अधिकारी एवं कर अधिकृत  विश्वनाथ राईले बताउनु भयो । २०७८÷०७९ पुष सम्मा मुल्य अभिवृद्धि कर भ्याटमा ६ हजार ३ सय ७१, व्यक्तिगत स्थायी लेखा पानमा ५२ हजार ५ सय ९९, सरकारी स्थायी लेखा पानमा १ हजार १८ गरी ५९ हजार ९ सय ८८ कुलकरदाता संख्या रहेको छ । आयकर तर्फ ८२ करोड ९३ लाख ६४ हजार लक्ष्य लिइएकोमा १ अर्ब २ करोड ५५ लाख ५३ हजार एक सय राजश्व संकलन भएको छ ।

     उक्त राजश्व संकलन लक्ष्य भन्दा १ सय २४ प्रतिशत बेसी हो । त्यस्तै गरी मुल्य अभिवृद्धि कर भ्याट ६८ करोड १९ लाख ३९ हजार लक्ष्य लिइएकोमा ६ महिना मै ५२ करोड ५३ लाख १० हजार राजश्व संकलन गरेको छ । प्रतिशतमा ७७ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको पुष महिना भित्रको समय अवधिमा १ अर्ब ६८ करोड १ लाख ९४ हजार राजश्व संकलन भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्