IMG-LOGO

पनौतीको १२ वर्षे मकर मेला धुमधामसँग मनाइदै‍‌ं

 मंगल, पौष २७, २०७८  ---

मकर मेला विशेषाङ्क

     परमपरागत रुपमा हरेक १२ वर्षमा मान्दै आएको मकर मेला यही माघ १ गत शनिबार देखि शुरु हुँदैछ ।  धार्मिक र एतिहासिक मकर मेला कहिले देखि शुरुवात भएको हो लिखत इतिहास त छैन तर यसका अनेकौं किम्वदन्ति र अनेकौं कथा छन् । मुलकुरा त्रिवेणीघाटमा मकर मेला (माघ महिनाभर) लाग्दा  स्नान गर्दा पवित्र भइन्छ भन्ने धार्मिक मान्यता हो । आजको बैज्ञानिक युगमा स्वच्छ र सफा पानी पनि हुनुपर्छ है । धार्मिक मान्यता भयो भन्दैमा फोहोर पानीमा नुहाएर अनेक रोग पनि लाग्छ । १२ वर्षमा मकर आउँछ भनेर १२ पल्ट चोपलिने, साना बच्चाहरुलाई चोपल्ने कुसंस्कार त्याग्नु पर्छ । अर्को महत्वपूर्ण कुरा कोरोना भाइरस बढेको छ । स्वास्थ्य मापदण्ड पालना गर्ने, गराउने गर्नु उत्तम हुन्छ  ।

     मकर मेला नेपालको काभ्रे पनौती त्रिवेणीघाटमा भए जस्तै गतसाल भारतको इलाहावाद प्रयागमा कुम्भ मेला हुँदा कोरोनाको डेल्टा भेरियन्ट फैलिएको त्यस मेलामा भाग लिन गएका हाम्रा पूर्व राजारानी ज्ञानेन्द्र र कोमललाइ कोरोना लागेको हामीले भुल्न हँुदैन । त्यसैले मकर मेलामा भाग लिदा सजक र सतर्क बनौं । कोभिड महामारी भएमा  जान्नु पर्ने कुरा के हो भने जीवन रहे मकर अर्को १२ बर्षमा पनि आउँछ यो कुरा हामी सबैले मनन गर्नु पर्छ  ।

     हामीले मकर मेलासंगै कोरोनालाई कसरी ध्यान दिइदै छ यसबारे प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको धारणा यस्तो छ । “हालको परिवेशमा पनौती नगरपालिकाका नगर प्रमुखसँग कुुराकानी गरेर मेला चाँहि नगर्ने तर धार्मिक विधिविधान अनुसार मकर स्नान गर्न सहजीकरण गर्ने अहिले सम्मको निर्णय रहेको बताउनुभयो । सिसिएमसिको सिफारिस अनुसार सरकारको निर्णय भयो भने मकर मेला जे जस्तो भए पनि अर्को पटक मात्र हुन सक्ने बताउनुभयो । ”जिल्ला स्वास्थ कार्यालय प्रमुख डा पुरुषोतम सेढाईको भनाई यस्तो रहेको छ, – “जिल्लामा एक हप्ता देखि कोरोनाको संक्रमण दर ६÷७ प्रतिशतले वृद्धि भइरहेको छ । पक्कै पनि मेला भिडभाडले संक्रमणको दर बृद्धि हुने सम्भावना छ । अहिले सम्म जिल्लामा आयोजना हुने मेला, पर्वको बारेमा निर्णय भई नसकेको भएता पनि  सिसिएमसिको राष्ट्रिय नीति अनुसार काम गर्ने बताउनुभयो । यो समाचार तयार पार्दा सम्मलाई भने उहाँले पूर्ण रुपमा सुरक्षाको मापदण्ड पालना गरेर मेलामा सहभागी हुनको लागि सर्वसाधारणलाई आव्हान गर्नुभयो । ”

     पनौती नगरपालिकाका  मेयर  भीम न्यौपानेको भनाइ यस्तो छ – “स्वास्थ्य तथा अन्य सुरक्षालाई ध्यानमा राख्दै मेला अवधिभर स्वास्थ मापदण्ड कायम गर्दै मेला अवधिभर ट्रिֿपर सञ्चालनमा रोक लगाउने, भिआइपिको सुरक्षाको लागि जनपथ र शसत्र टोलिको सुरक्षा गरेको बताउनुभयो ।”

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्