IMG-LOGO

भयानक आन्दोलनको संकेत

 मंगल, पौष २०, २०७८  ---

       आन्दोलन दुई प्रकारले गरिन्छ एउटा शान्तिपुर्ण तरिकाले अर्को ध्वंश र उत्पात मच्चाएर ।  अहिले  एउटा आन्दोलन हामीले माइतीघर र रत्नपार्कतिर चल्ने गरेको देखिरहेका छौँ भने अर्को राज्यसत्तालाई ठाडै चुनौती दिने सिके राउतको जनमत पार्टीको आन्दोलन तराईमा जारी छ । सिके राउतको यो आन्दोलन गैरकानुनी आन्दोलन हो । सिके राउतको आन्दोलनले भयानक संकेत गरेको छ । सरकार कानमा तेल हाले जसरी बसेको छ । केही दिन देखि सिके राउतका कार्यकर्ताले पूर्वपश्चिम सडक अवरोध गरेका छन्

        हिजो सिराहा जिल्लामा एउटा ट्रकमा आगजनी गरेको छ । हिमालय सुगर मिलमा उखु अनलोड गरेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ख १००९ नम्बरको ट्रकमा आगजनी गरेको हो । आगजनीका कारण ट्रकको अगाडिको भाग जलेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले गत पुस १५ गतेदेखि तराई–मधेसका जिल्ला अन्तर्गत पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेको थियो । बन्दका कारण केही दिन अघि सप्तरीमा पनि ट्रकमा आगजनी गरिएको थियो । जनमत पार्टीका कार्यकर्ताले घोषित किसान आन्दोलन उल्लंघन गरेको भन्दैे सो ट्रकमा आगजनी गरेका थिए । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ । सिके राउतले एसपी पाण्डेलाई चोकमा ल्याएर कारबाही गर्ने धम्की दिएपछि उनलाई प्रधान कार्यालयमा सरुवा गरिएको हो ।

       उता कैलालीका निलम्बित सांसद रेशम चौधरीले फेरी उत्पात मच्चाउने आन्दोलन गर्न तयारी गर्दैछन । उनले हिजो सोमबार  नयाँ पार्टीको अध्यक्षमा  आफ्नी श्रीमती रञ्जिता श्रेष्ठलाई बनाएका छन् । गाँजाबाजासहित निर्वाचन आयोग पुगेको चौधरीको समूहले पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ राखेको छ भने अध्यक्ष रञ्जितलाई बनाएको हो । डिल्लिबजार कारागारमा रहेका चौधरीले पार्टी दर्ताका लागि आफैं आयोग जान खोजे पनि उनी कैदी भएका कारण जान पाएनन् । दल दर्ताका लागि निवेदन दिइए पनि आयोगले दर्ता भने  गरिसकेको छैन, कागजात नपुगेको कारण दर्ता हुन नसकेको बताइएको छ । रेशम चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा उनी जेलमा रहेका छन् । यसअघि चौधरी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए । एउटा थारु भएकै, सिमान्त नागरिक भएकै कारण , आदिवासी भएकै कारण यिनले झेलेको सकस भयानक छ त्यो भन्दा भयानक आन्दोलन हुने संकेतहरु देखा पर्दैछन ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्