IMG-LOGO

गठबन्धन जोगाउन भन्दा फुटाउन लाभ हुने देउवाको ठहर

 मंगल, पौष ६, २०७८  ---

     पाँच दलीय गठबन्धन आगामी राष्ट्रिय सभा चुनावसम्म कायम हुने भएको छ । ओलीसँगै, पश्चिमा र अमेरिकीहरु यो गठबन्धनलाई रुचाएका छैनन । ओलीसंग मिलेर एमसीसी पास गर्ने र एमसीसी पास गर्नासाथ गठबन्धन टुट्ने निश्चित भएको बताइन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाउन भन्दा फुटाउन लाभ हुने देउवाको ठाहर छ । पार्टीको १४औ महाधिवेशनबाट शक्तिशाली भएका देउवा, ओलीले संसद चल्न नदिए पछि ओलीकै लाईनमा जाने निश्चित छ । ओलीको लाईन भनेको अर्ली इलेक्शन हो । ओलीलाई छिटो प्रधानमन्त्री हुनुछ किनभने गत बर्ष पुस ५ गते संसद विघटनको असंवैधानिक निर्णयबाट शुरु भएको शक्ति संघर्षमा प्रदेश र केन्द्र सरकारबाट एमाले बाहिरिएन मात्रै, पार्टी विभाजन हुँदा ठूलो संख्यामा नेता–कार्यकर्ता अलग भएका छन् । त्यो पिडा ओलीलाई छ  तर प्रधानमन्त्री देउवा १४ औ महाधिवेशनको सम्पूर्ण नतिजा आएपछि कांग्रेस केन्द्रीय समितिको बैठक डाकेर गठबन्धनबारेमा निर्णय लिने बताईन्छ । 

       सत्ता गठबन्धनविरुद्ध ’ओलीले एमसीसीलाई रणनीतिको रूपमा प्रयोग गरेको’ प्रचण्डको आरोप लगाएका छन् ।  गत वर्ष पुस ५ मा तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको एक वर्ष पुगेको सन्दर्भमा सोमवार आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीलाई आरोप लगाउँदै उनले एमसीसीलाई रणनीतिका रूपमा प्रयोग गरिरहेको दाबी समेत गरे।सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी यथाशीघ्र अनुमोदन गर्न घच्घच्याइरहेको बेला प्रचण्डको यस्तो भनाइ आएको हो । उनले भने, “अहिले पनि उहाँले लगातार सदन अवरूद्ध गर्नुको पछाडि उहाँले सर्त राख्नुभएको तपाईँ हामीले सुनेका छौँ। गठबन्धन टुट्छ भने उहाँले नेपाली कांग्रेसलाई एकलौटी सरकार बन्न दिने । यदि नेपाली कांग्रेसले गठबन्धन छाडेर एमालेसँग मिल्न जाने हो अथवा एमालेको समर्थन लिन जाने हो भने नेपाली कांग्रेसलाई एकलौटी चलाउन दिने। गठबन्धन टुट्ने हो भने एमसीसी पास गर्न सहयोग गरिदिने। उहाँले खुलेआम दिएको तर्क, के यो लोकतान्त्रिक तर्क हो?“

       प्रचण्डले एमसीसी सहितका विषयलाई समातेर प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “सत्तारूढ गठबन्धन भत्काउन खोजेको“ आरोप लगाउँदै त्यसप्रति आफूहरू सतर्क भएको टिप्पणी गरेका छन् तर सत्ताधारी गठबन्धनका एक प्रमुख नेता समेत रहेका प्रचण्डले एमसीसीलाई अब के गर्ने भन्ने चाहिँ प्रष्ट पारेनन् । उनले आफूलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबारे आश्वस्त पारिरहेको पनि बताए। नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डलले सोझो भएर केपी शर्मा ओलीलाई चिन्न नसकेको बताएका छन् ।प्रतिनिधिसभा विघटनको एक वर्ष पुग्दा समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा एउटै मञ्चमा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले आफू ओलीको व्यवहारले हत्तु, हैरान भएको बताए । ’प्रचण्डले कहिले पनि कुरा उठाउनु भएन, सोझो हुनुभयो । सम्भवत पार्टी एकता भएको धेरै कुरा गर्दा समस्या होला । ओली जस्तो ज्याद्रो मानिसलाई चिन्नै सक्नु भएन । ’ सोहि कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिमगनकारी शक्तिको टाउकोमा नटेक्नुजेल अहिलेको गठबन्धन कायमै राख्नुपर्ने बताएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्