वडा अध्यक्ष उम्मेदवार
बनेपा नगरपालिका, वडा नं १०, नेपाली कांग्रेस
नेपाली कांग्रेस पार्टी नेपाली जनताहरुको सुख दुःखको चौतारी हो । राष्ट्रियता, लोकतन्त्र र समाजवादमा अडिक रहेको पार्टी हो । यो पार्टीले ठुलाठुला राजनीतिक परिवर्तन २०३६, २०४६ र २०६२÷०६३ को जनआन्दोलनको अगुवाइ गरेर देशमा राजतन्त्रको अन्त्य सामन्ती राजतन्त्रको अवशेष समाप्त गर्ने कार्य गरेको छ । गाउँ, नगरका वडाहरुको समग्र विकास गरी समुन्नत समाज निर्माण गर्ने आधार तयार गरेको छ । कम्युनिष्टहरुलाई जनताले विश्वास गरेर केन्द्र प्रदेश, स्थानीय तहको सरकारमा पु¥याए पनि जनअपेक्षा अनुसार कार्य गर्न सकेनन् । त्यही कारण अब फेरी जनताहरुले सत्ता घटक नेपाली कांग्रेस सहितको गठबन्धनलाई विश्वास गर्ने छन् । म विगत तीन दशक देखि कांग्रेस पार्टीमा लागेको सिपाहि हुँ । मलाई पार्टीले विश्वास गरेर बनेपा वडा नं १० मा वडा अध्यक्षको उम्मेदवार बनाएको छ । मैले वडाका कार्यकर्ता, किसान र जनताहरुको सधँै सुख दुःखमा साथ दिएर कार्य गरेको छु । कृषकहरुलाई मल विउविजन उपलब्ध गराउन सहजीकरण गरिदिने कार्य हिजो पनि गर्दै आएँ आगामी दिनमा पनि जनताहरुलाई मैले सकेको सहयोग गर्ने छु । म विजयी भए भने मलाई नगरपालिकाले उपलब्ध गराउने सेवा, सुविधा, तलब, भत्ता सबै जेष्ठ नागरिक, असाहय र बालबालिकाहरुलाई दिने छु । वडामा रहेको शैक्षिक संस्थामा गुणस्तर बृद्धिको लागि अंग्रेजी माध्यामको अध्यापन गराउने र आवश्यक पूर्वाधारको विकास गरी उच्च शिक्षा सम्मको अध्यापन गराउने प्रवन्ध गर्ने छु । ४० वर्ष माथिका व्यक्तिहरुलाई स्वास्थ्य सेवा घरघरमा पु¥याउने प्रवन्ध, वडा भित्रको सडकको स्तर उन्नती र कालोपत्रे गर्ने र व्यवस्थित गर्ने कार्यमा मेरो ध्यान केन्द्रीत हुने छ । खानेपानी उपलब्ध नभएका क्षेत्रमा मुहानको खोजी गरेर एकघर एकधारा जडान गर्न लागि पर्नेछु । शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकासलाइ तिव्रता दिएर अघि बढ्ने छु । वडावासीहरुले र नगर प्रमुख, उपप्रमुख हाम्रो वडाका सबै उम्मेदवारलाई मतदान गरी सेवा गर्ने अवसर प्रदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।
