युरोपका सफल रेष्टुरेन्ट व्यवसायी
भूमिका
बर्दिया जिल्ला साविक भुरीगाउँ, हाल ठाकुरबाबा नगरपालिका वडा नं. १ मा दिपेन्द्र विकक्रम विष्ट जन्मनुभएको हो । जुझारु नव युवा दिपेन्द्र विगत ६ वर्ष देखि युरोपीयन कन्ट्री पोर्चुगलको लिस्वोनमा २ वटा होटल सञ्चालन गरेर व्यवसाय गर्नुभएको छ । युरोपका सफल व्यवसायीको रुपमा परिचित हुनु हुन्छ । उहाँले मेनेजमेन्मा लण्डनबाट स्नातकोत्तर गरी शिक्षा हाँसिल गर्नुभएको छ । देशको अस्थिर राजनीति उद्यम व्यवसाय गर्न र रोजगारीको श्रृजनाको अवस्था नभएको हुँदा लाखौँ युवा जनशक्ति बिदेश पलायन भएको उहाँको तर्क छ । विदेश गएका युवाहरुले शरिर विदेश भए पनि तन र मन आफ्नो स्वच्छ हराभरा भएको प्रकृतिले उपहार दिएको देश नेपाललाई सम्झने गरेको बताउनु हुन्छ । देशको लागि केही गरौँ भन्ने भावना भएको देखिन्छ । विभिन्न संघसंस्था सञ्चालन गरेर सहयोग संकलन गरेर नेपालमा आपत विपत परेका देखि अति विपन्न वर्गलाई सहयोग गर्ने र शैक्षिक संस्था निर्माणमा समेत सहयोग पुर्याएको छ । हामीले फ्रि हेल्थ नेपाल नामक संस्था (सर्व-स्वास्थ्य नेपाल ) सञ्चालन गरेर सामाजिक कार्य गर्दै आएको बताउनु हुन्छ । दिपेन्द्र विक्रम विष्ट उक्त संस्थाको संस्थापक हुनुहुन्छ । हाम्रा राजनेताहरु युरोप,अमेरिका, अस्ट्रेलिया, फ्रान्स, चीन जस्ता र राष्ट्रमा भ्रमण गरेको भए पनि त्यहाँको विकास र समृद्धि भएको विकासको मोडल फलोअप गर्न नसकेको तर्क गर्नुहुन्छ । विदेश भ्रमण गरेर आफ्नो देशको भौगोलिक अवस्थालाई नियालेर दिगो विकास लक्ष्य प्राप्तीको लागि अघि बढ्न नसक्दा नेपाल पछि परेको बताउनु हुन्छ । कोरोनाकहरले विश्व अर्थतन्त्रलाई नै ठूलो धक्का दिएको छ । यो जटिल परिस्थितिमा युरोपमा नेपालीको अवस्था कस्तो छ भन्ने सन्दर्भलाई लिइएर रडियो एविसी ८९.८ मेगाहर्जमा युवा व्यवसायी दिपेन्द्र विक्रम विष्टसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. बिदेशमा नेपालीको अवस्था कस्तो छ ?
कोरोना भाइरस कोभिड-१९ प्रकोपले नराम्ररी प्रभावित पारेको छ । चीनको वुहानबाट शुरुभएको कोभिड-१९ प्रकोपले विश्वलाई नै मानवीय जीवन , आर्थिक र सामाजिक क्षेत्रमा तहसनहस पारेको अवस्था हो । २०७४ सालको बहुदलीय व्यवस्था स्थापना भए पछि नेपालबाट अध्यन गर्न र रोजगारी गर्न गएको देखिन्छ । युरोपमा भने इस्वी सम्वत १९९५ देखि जने गरेको हो । देशमा २००७ साल २०३६, २०४६ र २०६२/०६३ मा ठूला ठूला राजनीतिक परिवर्तन भए । मुठ्ठी भरका नेता कार्यकर्ता धनि हुने अवस्था भयो । देशमा व्यवस्था परिवर्तन भयो, अवस्था फेरिएन । जनताका जनजीवीकाका सवालमा सरकारको वागडोर हाँक्नेले आर्थिक सामाजिक रुपान्तरणको लागि दूरदृष्टि राख्न नसक्दा देश अग्रगतिमा अघि बढ्न सकेन् । शिक्षा स्वास्थ्य रोजगारीको ज्ञारेन्टी गर्न सकेन् । उद्योगधन्दा, कलकारखाना सञ्चालन हुन सकेनन् । गुणस्तरीय शिक्षा र रोजगारीको खोजिमा युवा जनशक्ति विदेश पलायन भएका छन् । जहाँ सम्म यहाँले युरोपमा नेपालीहरुको अवस्था कस्तो भन्ने जिज्ञासा राख्नुभयो । युरोपको इटालीबाट कोभिड-१९ प्रकोपले महामारीकोरुप लिइएर युरोपका सबै राष्ट्रमा त्यसको प्रत्यक्ष असर गरेको छ। कोभिड-१९ मात्र भनेर अल्झेर हुँदैन भनेर अब मानिसहरु सुरक्षा सतर्कता अपनाई विस्तार कार्य अघि बढाएका छन् । नेपालबाट विदेश गइसके पछि नेपालीहरु बढी मेहनतका साथ लगनशिल भएर आत्म स्वावलम्वी बन्छन् । सिप सिक्छन् । काम गर्छन् । सिकेको सिपलाई उपयोग गरेर आफ्नै देशमा श्रमको सदुपयोग गर्नेहरु पनि धेरै छन् । युरोपमा सबै कार्य सिस्टोमेटीक ढङ्गबाट हुन्छ । अध्यन सफलताबाट कानुनी राज्यको अवधारणा अनुरुप ऐन नियम कानुन अनुरुप राज्य सत्ता सञ्चालन हुने भएकोले व्यापार व्यवसाय गर्न सहज छ । कोरोनाका कारण मानिसहरुको भिडभाड नहुने कोभिड-१९ प्रकोपको डरले मानिसहरु निर्धकसँग हिड डुल गर्न, होटलहरुमा खानपान गर्न सहज नभएकोले आर्थिक आय आर्जनका क्षेत्रहरु संकुचित भएका छन् ।
२. तपाइँले लण्डनबाट व्यवस्थापन विषयमा स्नाकोत्तर गर्नुभयो । जीवनमा कसरी सदुपयोग गर्नुभयो ?
२०१३ मा लण्डनबाट एमविए अध्यनमा सफलता हाँसिल गरेँ, व्यवसायको बायोग्राफी पढ्यौँ । हिमालयन रेस्टुरेन्ट सहित हाम्रो टिमले २ वटा रेष्टुरेन्ट सञ्चालन गरेका छाँै । हामीसँग काम शिकेर ५० जना भन्दा बेसीले अन्यत्र उद्यम व्यवसाय शुरु गरिसके १५ जनाले हाम्रो होटलमा रोजगारी प्राप्त गरेका छन् । मैले अध्यनमा सफलता हाँसिल गरेपछि आफू कसरी अद्यमी बन्ने र अरुलाई पनि उद्यम गर्न प्रेरित गर्ने सवालमा कार्य अघि बढाइयो, सिप सिकाउने कार्य गरियो । युरोपमा सिप र क्षमता सहितको सिकाइ हुन्छ । विना सिप मानव जीवन निरर्थक हुन्छ । सिपको सही सदुपयोग गरेर होटल व्यवसायबाट आर्थिक उपार्जन गर्न सकेको छ । रेष्टुरेन्ट राम्रैसँग चलेको थियो । विगत ८ महिना देखि कोरोना भाइरस (कोभिड-१९) ले व्यवसायमा शिथिलता ल्याएको छ । आगामी केही दिनमै व्यापार व्यवसाय चलायमान हुन्छ भन्ने अपेक्षा लिइएको छ ।
३. युरोपमा बसोवास गर्ने नेपालीहरु कति संख्यामा छन् । उनीहरु कस्तो खालको व्यवसाय सञ्चालन गरेर जीवनयापन गरेर रमाउन सकेका छन् ?
हामी चाहिँ पोर्चुगलको राजधानी लिसवोनमा बस्छौँ । पुरै युरोप भरीको संख्यात्मक अवस्था भन्न त अलि कठिन छ । पोर्चुगलमा २५ हजार जती नेपाली बसोबास गर्छन् । त्यस्तै बेलायतमा २ लाख जति बसोवास गर्ने अनुमान छ । नेपालीहरु होटल व्यवसाय, कृषि फार्म र शैलुनमा कार्य गरी जीवन यापन गरेको देखिन्छ । स्वदेशबाट विदेश पसे पछि नेपालीहरु साह्रै मेहनत गर्छन् । परिश्रमी भएर कार्य गरेको पाउन सकिन्छ ।
४. नेपाल के करणले गरिव भएको हो भन्ने लाग्छ ?
मुल जड विषय भनेको नेपालमा कानुनी राज्यको उपहास भएको छ । जसको ओत उसको पोत छ । भ्रष्टचार मौलाउनु, राजनीति समाज सेवा हुनुपर्नेमा झुटको खेती गर्ने एक खालको पेशा भएको छ । राजनीति समाज रुपान्तरण गर्ने माध्यम हुनुपर्नेमा व्यवसायको रुपमा चित्रण हुनु ठिक होइन् । जसले भ्रष्टचार गरेर कमाउछ, उसलाई नमस्कार गर्ने प्रचलन भयो । दिगो लक्ष्य सहितको योजना नीति कार्यक्रम बन्न नसक्नु । जस्तो वृक्ष उस्तै फल भएको छ । हाम्रा राजनेताहरु राम्रालाई हैन हाम्रालाई प्रशय दिने । वेथिति विकृति विसँगतिको न्युनिकरण गरी नियन्त्रण गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन् । हामी जनताको पनि चेतनाको कमी छ । जुन नेताले जनहितमा कार्य गरेको छ । व्यक्तिगत आचारण चरित्र राम्रो छ समाजलाई बदल्न प्रतिबद्ध हुन्छ । उसैलाई विश्वास गरेर मत दिनुपर्छ । जो कुख्यात भ्रष्ट छ, जनविरोधी कार्य गर्छ । डनवाद र धनवादमा जे पनि गर्छ । जसलाई आवधिक निर्वाचनमा ढलाउनु पर्नेमा ठिक उल्टो जीताएर पठाउने जनता पनि भ्रष्टचारी हो । नेताले १/२ दिन मासुभात खुवाए भनेर विक्ने गर्नु भएन् । बदमासी र अपराध गर्नेलाई ठेगान लगाउनु पर्छ । हामी नेपाली जनताले त्यसो गर्न सकेका छैनौँ । हामी आफै सुध्रनु पर्छ । देशको भौगोलिक अवस्था, जनताका समस्या र आवश्यकतालाई मध्यनजर गरेर विकासको मोडल निर्माण गर्न नसक्नु, प्राकृतिक सम्पदा, धार्मिक र सांस्कृतिक संरक्षण गर्न नसक्नु । सरकार सत्ता लिप्सामा मात्र अडिनु । शान्ति सुरक्षा अमन चयन कायम गरी सुशासनको प्र्रत्याभूती दिन नसक्नु । पर्यटन क्षेत्रको विकास गर्न नसक्नु, उत्पादनमा आत्मनिर्भरको बाटो नअगाल्नु, बिदेशबाट आयत घटाउनु र निर्यात बढाउनु तिर राज्य सत्ता लाग्न सकेन् । अल्प संख्यक, विपन्न वर्ग, दलित जनजातिहरुको शिक्षा स्वास्थ्य शुरक्षा निःशुल्क उपलब्ध गराउन नसक्नु । सत्ताको चरम दुरुपयोग गरेर राज्य सत्ता वरिपरिका कमाउने । जनताका जीवन स्तरमा सुधार ल्याउन विपन्न वर्गलाई धनि बनाउने योजना नै बन्न सकेनन् ।
५. नेपाल र नेपालीका लागि के गर्नु भएको छ ?
विगत ६ वर्ष देखि युरोपको पोर्चुगलमा व्यवसाय गर्दै आएका छौँ । शरिर विदेश भए पनि तन मन नेपालमै हुँदो रहेछ । नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा समीप्यता बढाउन लागि पर्यौँ । “फ्रि हेल्थ नेपाल नामक संस्था सञ्चालन गरेर २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले कयाँैको बास उखल्यो । जो दुखी असाहय छ, विपन्न छ। । काभ्रे जिल्लाका लागि खाद्यान्नको प्रवन्ध गरिएको त्यसैगरी नुवाकोटमा गएर टिनको पाता उपलब्ध गराइयो । मृगौला पिडितलाई सहयोग गरियो । क्यान्सर पिडित ५ बार्षिय श्रेनीक खड्कालाई सहयोग उपलब्ध गराइयो । त्यस्तै कोभिड-१९ महामारी प्रकोप नियन्त्रणको लागि गणेशमान सिंह मेमोरियल अस्पतालका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री, एन नाइनटी फाइभ मास्क ५ सय थान, सर्जिकल मास्क ४ हाजर थान उपलब्ध गराउने कार्य गरियो ”
६. तपाइँ त रेष्टुरेन्ट व्यवसायी पनि कोरोना कहरले कतिको असर गर्यो ?
युरोपीयन कन्ट्रीमा शुरुमा इटालीबाट कोरोना भाइरस कोभिड-१९ प्रकोप विस्तार भयो । त्यसको प्रत्यक्ष असर सबै देशमा पर्यो । व्यवसायमा त झनै असर गर्यो । एक मानव जातिबाट अर्को मानवमा सर्ने भाइरस भएकोले भैतिक दुरी कायम रहनु पर्ने हुदाँ भेला नहुने भएकोले होटल व्यवसायमा खानाखान आउने अवस्था नै भएन ७/८ महिना नै निक्कै समस्या वेहोर्नु पर्यो ।
७. युरोपका मानिसहरु कसरी धनि र सम्पन्न बन्न सकेका रहेछन् ?
देशमा निर्माण भएको कानुन अनुसार चल्नु , उद्यम गर्ने सबै नागरिकहरुले राज्यले निर्धारण गरेको कर तिर्नु, नागरिकहरुको शिक्षा, स्वास्थ्य र रोजगारी सरकारले ग्यारेन्टी गरेको छ । आन्तरिक तथा बाहिय पर्यटकहरुको आकर्षणलाई बढाउनु, पर्यटन व्यवसायलाई उद्योगमा जोड्नु, मेहनतका साथ काम गर्नु । पोर्चुगलमा १ करोड जन संख्या छ । १ करोड २० लाख पर्यटन भित्रीन्छन् । पहिलो र दोश्रो विश्व युद्ध पछि युरोपमा आर्थिक क्रान्ति भएको हो त्यहाँ विधिको शासन छ । जीवनलाई कसरी सार्थक बनाउने, उद्यमी व्यवसायी कसरी बन्ने त्यसमै तल्लीन रहेकाले त्यहाँको राष्ट्र र नागरिक दुबै धनि र सम्पन्न छन् ।
८. कोरोना पछिको विश्वलाई कसरी नियाल्नु भएको छ ?
अर्थतन्त्र शुस्त छ । मानवजीवनमा त्रास छ । बेरोजगार बढेको छ । नेपालको सन्दर्भमा भन्ने हो भने शहरमा जीवन यापन गर्न मुस्कील छ । मजदुर वर्गको चुल्हो बल्न सकेको छैन् । ग्रामीण भेगमा भए ६ महिना देखि १ वर्ष सम्म पुग्ने खाध्यन्न जो गरेर राखेको अवस्था देखिन्छ । हवाइ यातायात सञ्चालन नभएको मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान सकेका छैनन् । अर्थतन्त्र चलायमान हुन सकेको छैन् । युरोपमा ४० प्रतिशत भन्दा कम नाफा गर्ने व्यवसायीहरुलाई १५ हजार देखि २५ हजार युरो डलर ऋण सहयोग उपलब्ध गराएको छ । व्याज तिर्नु पर्दैन् । श्रमीक वर्गलाई ६७ प्रतिशत तलब उपलब्ध गराउँछ ।
९. अन्यमा तपाइँको केही भन्नु छ कि ?
‘भाइ फूटे गुहार लुटे’ भन्ने उखान छ । अहिले देशमा दुई तिहाइ नजिकको सरकार छ । तर पनि विकास र समृद्धिले गति लिन सकेको छैन् । आफै आफै घर झगडामा व्यस्त भएको देखिन्छ । युवाजनशक्ति विदेश पलायन हुनु नपर्ने, उद्योग धन्दाको विकास पर्यटन क्षेत्रको विकास, भौतिक पूर्वाधारको विकास, दक्षजनशक्तिको उत्पादनमा सरकारको ध्यान केन्द्रित हुनु पर्यो । नेपालमा सबै अटनु पर्यो । नेकपा, राप्रपा, विप्लव, मधेशवादी पार्टीका कार्यकर्ता हुन या देशका सबै जनता सबैको रगत रातो छ । नेपालीको रगत एउटै हो । नेताहरु करोडको गाडि चढ्ने सुकिला मुकिला बनाउने आफ्ना सन्ततीलाई विदेशमा महंगो विद्यालयमा पठाउने गर्नु भएन् । गरिव र धनि विचको खाडल पुरिनु पर्यो । श्रमीकहरुको जीवनमा हाँसो र खुसी ल्याउन जीवनलाई सुखमय बनाउनु पर्यो । देशमा आर्थिक र सामाजिक रुपान्तरण गर्नुपर्यो । विश्वलाई हेरेर राजनीति हैन देशको माटोलाई हेरेर राजनीति गर्नुपर्यो ।
