IMG-LOGO

कम शुःल्कमा स्तरीय स्वास्थ्य सेवा प्रदान गरेको छौँ

 मंगल, मंसिर १६, २०७७  जीवन मारेखु बजार प्रवन्धक डा. इवामुरा मेमोरियल अस्पताल, सल्लाघारी, भक्तपुर

  २०  वर्ष अघि भक्तपुर जिल्लाको सल्लाधारीमा डा. इवामुरा मेमोरियल अस्पतालको स्थापना भएको हो । जेनेरल उपचार देखि स्त्रीरोग, नाक, कान घाँटी, मातृ शिशु सेवा, मुटुरोग, हार्डजोर्नीको सल्येक्रिया, चर्मरोग, पित्त थैलीमा हुने पत्थरी एक्स्रे, भिडियो एक्स्रे लगायतका स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ । सिन्धुपाल्चोक, दोलखा, काभ्रे, मकवानपुर तथा भक्तपुर ग्रमिण भेगका स्वास्थ्य जाँच गरी निःशुल्क औषधी वितरण गर्दै आएको डा. इवामुरा अस्पतालमा कार्यरत हसिलो चेहराका कर्मठ नव युवा जिवन मारेखु बजार प्रवन्धकको रुपमा कार्य गर्दै आउनु भएको छ । उहाँ सँग अस्पातालले नागरिकलाई दिदैँ आएको स्वास्थ्य सेवा प्रवाह आगामी दिनको योजना तथा कार्यक्रमको बारेमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ । 
१. डा. इवामुरा अस्पतालले सेवा ग्राहिहरुलाई पु¥याएको स्वास्थ्य सेवाको बारेमा प्रस्ट पारी दिनुसन् ?
    विगत २० वर्ष देखि भक्तपुर जिल्लाको सल्लाघारी पसिरमा स्थापना भएको डा. इवामुरा अस्पतालले सर्वसुलभ ढङ्गले नागरिकहरलाई गुणस्तरीय स्वास्थ्य पु¥याउँदै आएको छ । स्त्रीरोग, नाक, कान, घाँटी, मुटुरोग, फिजियो थेरापी, हाड जोर्नीको शल्येक्रिया, पित्तथैलीमा भएको पत्थरी दुर्बिन प्रविधिबाट नदुखाई सानो प्वाल परेर शल्येक्रिया गरिन्छ । एक्स्रे तथा भिडियो एक्स्रे र सर्वसुलभ रकममा पुरा शरिरको स्वास्थ्य जाँच गरिन्छ । 
२. कोभिड–१९ प्रकोपको कारण स्वास्थ्य संस्था लगायत सबै प्रभावित भएका छन् । सामान्य रोग लागेर देखि दुर्घटनाबाट भएका अंगभङ्ग भएकाहरुको समेत अस्पतालले उपचार नगरेर कतिको अकालमा मृत्यु भएको छ । हाम्रो इवामुरा अस्पतालले यो अवधिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन कसरी गरियो र सेवा प्रवाह गरियो ?
    कोभिड–१९ को कारण विश्वलाई नै नराम्ररी प्रभावित पारेको छ । आर्थिक क्षेत्र सबै संकुचित भएका छन् । हाम्रो देश नेपालमा पछिल्लो समय कोरोनाले थप जटिल बनाएको छ । कोरोना संक्रमित बढ्दै जानु मृत्यु संख्या बढ्नुले मानवीय त्रास बढेको छ । देशको आर्थिक अवस्था निक्कै खस्केको छ । कोभिड–१९ बाट आफू पनि बच्ने अरुलाई पनि बचाउन लाग्नु पर्छ । कोभिड–१९ को लक्षण जस्तै शुख्खा खोकी लाग्नु, रुघा लाग्नु, टाउको दुःख्नु, जीउ दुःख्नु, खाँदा स्वद थाहा नपाउनु र १०० दशमलव ४ फरेनहाइट ज्वरो आएको खण्डमा नजिकको स्वास्थ्य संस्था तथा अस्पतालमा जाने रिपोर्ट नआउन्जेल कही कतै नहिड्ने सजक र सर्तक रहनु पर्छ । मानव मानव विच स्वास प्रस्वास र हाच्छ्यँु गर्दा आएको छिटाबाट एक मानवबाट अर्कोमा भाइरस जीवाणुबाट सर्ने भएको हुदाँ भैतिकदुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरी अत्यावश्यक पर्दा मात्र हिड डुल गर्नुपर्छ । यो अवधिमा हाम्रो अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पनि स्वास्थ्य सेवा प्रदान गरी अहोरात्र खटिनु भयो । कार्य जिम्मेवारीको हिसाबले दिन विराएर अस्पताल आउने व्यवस्था मिलायौँ । अस्पतालहरुले जुनसुकै परिस्थितिमा विरामीहरुको औषधी उपचार गर्नुपर्छ । नगरेका रहेछन् भने के कति करणले गरेनन् सम्वनधीत सरकारी निकायले अनुमान गरेर नगरेको भेटिए कारवाही गर्नुपर्छ । अग्रभागमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको १ लाख बराबरको कोरोना विमा गरेका छौँ । कोरोना संक्रमितहरुलाई राख्ने आइसोलेशन ५ जना सम्म राख्न मिल्ने आइसोलेशन वार्ड व्यवस्थापन गरियो । शुरुमा ¥यापिड टेस्ट गर्न अस्पतालले स्वीकृत लिएको थियो । टेस्ट गर्दा पोजेटीभ आउनेलाई सरुवारोग अस्पताल टेकु, ह्याम्स र मेगा अस्पताल पठाउने गरियो । 
३. गुणस्तरीय सेवा प्रवाह गराउने सवालमा हामी कहाँ छौँ भनेुर भन्न सकिन्छ ?
    अस्पतालले नागरिकहरु विरामी भएर स्वास्थ्य सेवा लिन अस्पताल आएको बखत राम्रो परामर्शका साथ रोगका लक्षण अनुुसार उपचार गरिएको छ । जेस्ठ नागरिक तथा बालबालिकाहरुको लागि सर्वशुलभ किसिमबाट स्वास्थ्य सेवा उपलब्ध गराएको छ । जेनेरल सर्जरी, पित्तथैलीमा भएको पत्थरीको दुर्विन प्रविधिबाट नदुख्ने गरी सानो प्वालबाट शल्येक्रिया गरिन्छ । एपेण्डीक्स, हाडजोर्नी, स्त्रीरोग, युरोलोजी र  मुटुरोग जस्ता रोगहरुको गुणस्तरीय सेवा प्रवाह गरेर सेवा ग्राहीको मन जित्न सफल भएको छ 
४. स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आगामी दिनमा अस्पताल कसरी अघि बढ्दै छ ?
    कोभिड–१९ ले नेपाललाई नराम्ररी थला पारेको छ । यस्तो समयमा सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीका साथ कार्य गरिनुपर्छ । हाम्रो डा. इवामुरा अस्पतालले बनदाबन्दी अवधि शुरु भए देखि नै सेवा ग्राहीहरुलाई अनलाइन ओ.पी.डी. सेवा प्रदान गरेयाँै । अहिले पनि उक्त सेवा प्रभावकारी बनेको छ ।। विरामीहरुको समस्या एस.एम.एस. सन्देशबाट र भिडियो कलबाट विरामीहरले डाक्टर तथा स्वास्थ्यकर्मीहरुले समस्या बताउने त्यसको निराकरणका लागि औषधी उपचार गर्ने प्रवन्ध गरियो । कोभिड–१९ सरुवारोग अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयसँग स्वीकृती लिने कार्य अघि बढेको छ । ५ वेड क्षमताको छुट्टै अस्पताल बनाइने छ । २० जना सम्म आइसोलेशनमा राख्न सक्ने क्षमताको वेड निर्माण, सरुवारोग नियन्त्रण, सरसफाई सम्वन्धी जनचेतना नगर र गाउँको वडा वडामा सञ्चालन गर्ने, मुत्रनलिमा सपस्या भए लेजर प्रविधिबाट प्वाल विना नै शल्येक्रिया समेत गरिने छ । पित्तथैलीमा पत्थरी भएमा दुर्विन प्रविधिबाट सानो प्वाल पारेर शल्येक्रिया गरिने छ । औषधी कम सेवन गर्नुपर्ने शल्येक्रिया गरेको दिन घर जान सकिने । उक्त प्रविधिबाट शल्येक्रिया गर्दा विरामी चाँडो निको हुने हुन्छ । 
५. नयाँ थप कार्य गर्ने योजना कार्यक्रम केही छन की ? 
    जन समुदायम कम भन्दा कम शुल्कम गुणस्तरीय सेवा पु¥याउनु डा. इवामुरा अस्पतालको मुख्य उद्देश्य हो । प्रभावकारी उच्च स्तरको सेवा दिदैँ आएको छ । २०७७ मंसिर १५ गते देखि प्याकेजकै रुपमा आगामी पुष १५ गते सम्म पित्त थैलीमा हुने पत्थरीको दुर्विन प्रविधिबाट सानो प्वाल पारेर शल्येक्रिया गरिन्छ । यो दुःखाइ कम चाँडो निको हुने प्रविधिको शल्येक्रिया हो । शल्येक्रिया गरेकै दिन घर जान सकिन्छ । ७० हजार लाग्ने शुल्कमा विशेष छुट गरेर ४० हजारमा नै दुर्विन प्रविधिबाट शल्येक्रिया गरिन्छ । समस्या हुने नागरिकहरुले अस्पतालमा सम्पर्क राख्न सक्नु हुन्छ । 
६. अन्त्यमा केही छ की ?
    डा. इवामुरा अस्पतालले ४५ जना चिकित्सक सहित १ सय ३० जनाले सेवा ग्राहीलाई स्वास्थ्य सेवा पु¥याएको छ । कम शुल्कमा नै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु हाम्रो मुख्य लक्ष्य हो । जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई सर्वशुलभ ढङ्गबाट स्वास्थ्य सेवा पु¥याएका छौँ । 
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्