धुलिखेल, काभ्रे भूमिका होटल व्यवसायी एवं सहकारीकर्मी ज्योति प्रकाश सैँजुकी छोरी जोत्सना सैँजुको जन्म बनेपामा भएको हो । बुबाको स्वर्गाहरण पछि उहाँको सपना साकार पार्न आन्तरिक तथा बाह्य पर्यटन भित्र्याएर धुलिखेलको विकास र समृद्धिमा सहयोग पु¥याउने सोचका साथ अगाडि बढ्नु भएका युवा उद्यमी हुन् जोत्सना सैँजु ।उहाँ माउन्ट प्रिन्सेस होटल धुलिखेलको प्रवन्ध निर्देशकको रुपमा विगत ७ वर्ष देखि होटल व्यवसायमा लाग्नु भएकी सैंजु आफ्नो देशमा लगनसिल भएर कार्य गरे हिरा फलाउन सकिन्छ, विदेश जानु पर्दैन भन्ने तर्क गर्नु हुन्छ । होटल व्यवसाय सञ्चालनबाट २० जनालाई रोजगारी दिनु भएको छ । कोरोना भाइरस कोभिड–१९ प्रकोपले विश्व अर्थतन्त्रलाई नै संकट पारेको परिवेशमा पर्यटन क्षेत्र ८ महिना देखि नराम्रो संग तहसनहस भएको छ । यो विषम परिस्थितिमा अधिकांस मजदुरको रोजीरोटी धरापमा परको छ ।। मजदुर वर्गको रोजीरोटी गुम्न नदिन व्यवसायलाई पुनः जीवन दिन काभ्रे जिल्लाकै होटल व्यवसायको प्रवद्र्धन गर्न कसरी सम्भव छ भन्ने सन्दर्भमा क्षेत्रीय होटल संघ काभ्रेकी सचिव एवं पाउन्ट प्रिन्सेस होटल धुलिखेलकी प्रबन्ध निर्देशक जोसना सैँजुसँग रेडियो एविसी एफ.एम.८९.८ मेगाहर्जमा गरिएको मुख्य कुराकानीको अंश यहाँ प्रस्तुत गरीएको छ । १. विगत ७ वर्ष देखि होटल व्यवसाय सञ्चालनमा लाग्नु भयो । व्यवसायिक अवस्था के छ ? कोभिड–१९ को प्रकोपको असरले श्रजीत परिस्थितिलाई कसरी सामना गर्नु भएको छ ? विगत ७ वर्ष देखि होटल व्यवसायमा विभिन्न आरोह अवरोह पार गरेर यहाँ सम्म आइ पुग्यो । २०७२ बैशाख १२ र २९ गतेको भूकम्पको कारण अर्थतन्त्र प्रभावित भएको थियो । अहिले त्यो भन्दा १० गुणा बढि नकारात्मक असर गरेको छ ।कोरोना भाइरस कोभिड–१९ प्रकोपले ८ महिना सम्म व्यवसायिक अवस्थानै ठप्प भयो । आफ्नै भवन नभएका भाडामा सञ्चालन गरेका होटलहरु धमाधम विक्रिमा छ भनेर विज्ञापन गर्न थालिसकेका छन् ।बैँकको किस्ता र व्याजको ताकेता आइरहेको हुदाँ होटल व्यवसाय सञ्चालनमा थप जटिल बन्दै गएको छ । स्थानीय र प्रदेश सरकारले पर्र्यटन व्यवसायलाई मजवुद बनाउन टिकाउन राहतको प्याकेज ल्याउन ढिला भइसक्यो । सहुलीयत दरमा पुनः कर्जाको प्रवन्ध गरिनु पर्छ । दशैँ तिहार पछि भने आन्तरिक पर्यटकहरुको आगमनले केही राहतको महसुस भएको छ । २. होटल व्यवसाय सञ्चालनको मुख्य चुनौती के छन् ? बुबा ज्योति प्रकाश सैँजुको मृत्यु पछि हामी ३ छोरीहरुले व्यवसाय सञ्चालन गर्ने जिम्मेवारी काँधमा आइ पुग्यो, ३ करोड ऋण थियो । १० कोठाको भवन बनको थियो, निर्माण सम्पन्न भएको थिएन । होटल सञ्चालन नगरिन्जेल कुनै आम्दानी नहुने बैँकको व्याज र किस्ता हरेक महिनामा बुझाउनु पर्ने हुदाँ ३ बर्ष जति निक्कै कठीन परिस्थिति आए । व्यवस्थापन गर्दै गइयो । होटल सञ्चालन गर्न धेरै पूँजीको आवश्यकता पर्ने भएकाले सरकारले होटल व्यवसाय गर्नेहरुलाई ४ देखि ५ प्रतिशत सम्ममा ऋण प्रदानका लागि वातावरण मिलाइदिने काम गर्न नसकेको हुँदा पर्यटन व्यवसाय फस्टाउन सकेको छैन् ।सरकार करको दायरा मात्र बढाएर बोझ बोकाउने गर्छ । सुविधा प्रदान गर्दैन् । मेरो होटलको शन्दर्भमा अहिले थप भवन निर्माण गर्दै जाँदा ८ करोड पुगेको छ । फेरी ५ कोठा थप गर्ने योजनामा छौँ । ३. माउन्ट प्रिन्सेस होटलले ग्राहक वर्गलाई आकर्षित गर्ने थप सेवा सुविधा उपलब्ध गराउन सकेको छ त ? हाइजेनीक खानाको प्रवन्ध स्वच्छ वातावरण र रमणीय पर्यटकीय क्षेत्र धुलिखेल भएकाले पर्यटक मोहित हुने स्थानहरु छन् तिनिहरुको संरक्षण र सम्वर्धन आवश्यक छ । धुलिखेलमा जिपलाइन बनिसकेको छ । पलाञ्चोक भगवती मन्दिर, नमोबुद्ध त्यस्तै बेथानचोक नारायण थान यातायात मार्फत हाइकिङ जाने प्याकेज निर्माण गरेका छौँ । रोशी गाउँपालिका र ढुङखर्क सिमानामा भएको तीन धारे झरनामा पर्यटकहरुलाई यात्रामा रमाउन सक्ने वातावरण बनाउने योजनामा छौँ । ढिडोको परिकार प्रोटीन युक्त खरायोको मासु, ट्राउट माछा र अस्ट्रीजको मासु आइटमका परिकारको स्वाद लिन पाइन्छ । ४. काभ्रेका १ हजार २ सय होटल मजदुरहरु छन तीनीहरुको रोजीरोटी गुम्न नदिन विदेश पलायनबाट रोक्न ध्यान केन्दि«त गर्नु भएको छ त? यहाँले उठाउनु भएको जिज्ञासा जल्दो बल्दो मुख्य समस्या मध्येको एक हो । पहिलो बैँकको व्याज र किस्ता बुझाउने हो भने अर्को दोस्रो समस्या मजदुर वर्गको दैनिक चुल्हो बल्न दिने प्रवन्ध गर्नु नै पर्छ । उनीहरुको रोजी रोटीलाई व्यवसायीले ध्यान केन्द«ीत गर्नु पर्छ । जनु होटल व्यवसायको सिप हाँसिल गरेका मजदुरहरुको जगेर्ना गर्नुको विकल्प छैन विदेश पलायनबाट रोक्नु पर्छ । हाम्रो होटलमा २० जना मजदुर हुनुहुन्छ । कामको प्रकृति अनुसार दिन विराएर काममा आउने वातावरण बनाएको छ । दैनिक जीवन यापनमा सहजता ल्याउन हामी सजक नै छौँ । होटलबाट कोही कसैलाई रोजगारीबाट हटाएका छैनौँ धैर्य गर्न आग्रह गर्दछु । अब केही सहज हुँदै आएकोले जटिलताबाट विस्तार मुक्त होइन्छ भन्ने लाग्छ । ५. पर्यटन व्यवसायलाई थप व्यवस्थित बनाउन संस्कार र संस्कृतिको जगेर्ना गर्न पर्यटकीय स्थलको पूर्वाधार विकासमा सहयोग पु¥याउन कस्तो सुझाव दिन चाहनु हुन्छ ? आन्तरिक र बाह्य दुबैको पर्यटन आकर्षण बढाउने गन्तव्य क्षेत्र बनाउन काभ्रे जिल्लाका १३ वटै स्थानीय सरकारले पर्यटकीय क्षेत्रको सम्भावना भएको स्थानमा के कस्ता समस्या छन् । तीनीहरुको पहिचान गरेर सोही अनुसारको पर्यटकीय क्षेत्रको दिगो विकासको लक्ष्यका साथ योजना निर्माण गरी यातायात क्षेत्रको विकास नपुगेको ठाउँमा यातायात पु¥याउनु प¥यो, पुगको ठाउँमा पर्यटकहरुलाई आकर्षित गर्ने पूर्वाधार निर्माण गर्न सक्नु पर्छ । पर्यटन मैत्री नीति निर्माण गरी पर्यटन व्यवसायलाई थप प्रभावकारी बनाउन लाग्नु पर्छ । धार्मिक सांस्कृतिक मठमन्दिरको जगेर्ना गर्ने विभिन्न सामाजिक संघ संस्थालाई वातावरण सुधार सामाजिक अभियानमा साझेदारी कार्य गर्न अभिप्रेरित गर्ने विभिन्न जात जातिका आ–आफ्नै संस्कृतिक समूहको गठन गर्ने उनीहरुको व्यक्तित्व विकासको साथ साथै आय आर्जनमा मद्दत पुग्ने नीति अवलम्वन गर्नुप¥यो । विभिन्न खालका नृत्य र स्थानीय भाँकीहरु प्रस्तुत गरेर पर्यटकहरुलाई मोहित पार्न सक्नु पर्छ । २०६४ साल देखि होटलहरुबाट सामाजिक सुरक्षा कोषमा रकम कट्टा गरी लगेको छ । यस्तो विषम परिस्थितिमा उक्त रकम झिक्न दिनु पर्छ । त्यो पनि दिएको छैन । पर्यटन क्षेत्रको सवै खालका पूर्वाधार विकासमा सहयोग पुग्ने गरी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्छ । पर्यटन विकास समिति र नागरिक उड्यान तथा पर्यटन मन्त्रालयको सयोगबाट धुलिखेलमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने भएको छ । ६ महिलाहरुलाई उद्यम व्यवसाय गर्न कतिको कठिन देख्नु हुन्छ ? हाम्रो जस्तो पितृसत्तामा जेलिएको देशमा महिलाहरुलाई हेर्ने दृष्टिकोण नै हेपाहा छ । अघि बढ्न धेरै बाधा अड्चन छन् । पैत्रीक सम्पतिको भोग चलनमा समस्या छ । उद्योग दर्ता गर्न घर जग्गाको लाल पुर्जा चाहिने हुन्छ । बैँकमा कर्जा लिन जग्गा जमिनको मालिक हुनु प¥यो । त्यसो हुन नसक्दा बैँक तथा वित्तीय संस्थाले ऋण पत्याउदैन अनि कसरी महिलाहरु उद्यमी मैत्री कानुन बन्नु प¥यो महिलाहरुको आर्थिक र शक्तिकरणको लागि भाषणमा मात्र बोलेर भएन । सकारात्मक सोचका साथ व्यवहार मा नै लागु हुने गरी केन्द्र, प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्छ । सरकारले महिलाहरुलाई उद्यम व्यवसाय गर्न भनेर १५ लाख दिने भनेर नीति कार्यक्रममा घोषणा ग¥यो । सहुलियत पूर्ण ऋण लिन गयो । विभिन्न झै झमेला गरेर ऋण नै प्रदान गर्दैन यस्तो परिस्थिति छ यसको अन्त्य हुनुपर्छ ।
