काभ्रेपलाञ्चोक जिल्ला सहकारी क्षेत्रको उर्वरा भूमि हो । २०५५ साल देखि जनजाग्रिती तरकारी तथा फलफुुल सहकारी संस्थामा नेतृत्वमा रहेर कार्य गरे देखि नै सहकारी अभियानमा लागेको सहकारी कर्मी हुनुहुन्छ बिनोद पराजूली । सहकारी संस्थाहरुको वृत्ति विकास व्यवसायिक विकास गरी स्थायित्व प्राप्त गर्न तिर ध्यान केन्द्रित गरेर दिगो विकासमा लाग्नु आजको आवश्यकता रहेको बताउनु हुन्छ । जिल्ला सहकारी संघ काभ्रेले प्रारम्भिक सहकारी संस्थाहरुको नीति विधि प्रविधिको सहि सदुपयोग गरी सक्षमताको विकासमा लागि परेको उहाँको कथन छ । जिल्ला संघको वित्तीय अवस्था भावि नयाँ कार्य योजना के छन् भन्ने सन्दर्भमा रेडियो ए.वि.सि. एफ.एम. ८९.८ मेगाहर्जमा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीसँग गरिएको कुराकानीको मुख्य अशं यहाँ प्रस्तुत गरिएको छ ।
१. जिल्ला सहकारी संघ काभ्रेको वित्तीय अवस्थालाई कुन रुपमा हेर्न सकिन्छ ? कोभिड–१९ प्रकोप रोकथाम तथा नियन्त्रणमा के कस्तो अभियान सञ्चालन ग¥यो ?
जिल्ला प्रारम्भीक सहकारी संस्थाहरुको छाता संगठन हो जिल्ला सहकारी संघ काभ्रे । जिल्लाभरीका सहकारी संंस्थाहरुको व्यावसायिक वृत्ति विकास, सहकारीहरुको प्रवद्धन गर्न लागि परेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ७० प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको छ । सहकारी सहकारी विच अन्तर लगानी गरेका छौँ । १३ करोड निक्षेप संकलन, ८ करोड ऋण लगानी, १७ करोड कारोबार गर्न सफल भएको छ । जिल्ला संघको वित्तीय अवस्थालाई मजबुत बनाउन हाम्रो सञ्चालक टिम, समिति, उपसमिति सबै एकताबद्ध भई लागि परेको छ । संघमा आवद्ध रहेको प्रारम्भिक सहकारी संस्थाहरुको क्षमता विकास प्रविधिको प्रयोग कर्मचारीहरुको वृत्ति विकास, सहकारी संस्थाहरुको सञ्चालकहरुलाई सहकारी संस्थाहरुको दिगो विकासको लागि आवश्यक प्रवन्ध गरिदैँ आएको छ । विभिन्न सहकारी संस्थाहरुमा आगामी बर्षमा कृषि उपजको संकलन केन्द्र स्थापना गरि विक्री वितरण गर्न व्यवस्थापन मिलाउने योजना विकास कार्य अघि बढेको छ । कोभिड–१९ प्रकोप रोकथाम तथा नियन्त्रणको लागि सहकारी संस्थाहरुका शेयर सदस्यहरुलाई चेतामुलक सन्देश प्रवाह गर्न अन्तरक्रिया छलफल गरियो । पर्चा पम्प्लेट निर्माण गरी प्रचार प्रसार गर्ने कार्य गरियो । कोरोनाका त्रासलाई निस्तेज गरी सहज जीवन यापन सञ्चालनको लागि अभिप्रेरित गर्ने कार्य गरियो ।
२. आवद्ध रहेका सहकारी संस्थाहरुको स्थायित्व र विकासमा के के कार्य गर्न सक्यो ?
जिल्ला संघ छाता संघ भएकाले सहकारी संस्थाहरुको सदस्यता विस्तार सहकारी संस्थाहरुको स्थायित्व र विकासमा सहयोग पुग्ने कार्यक्रम, सक्षमता विकास तालिम सञ्चालन गरिएको छ । तथ्याङ्क संकलन गरी जिल्लाका सहकारीहरुको अभिलेखिकरण गर्ने कार्य भएको छ । २ वर्ष अघि जिल्ला संघको स्वर्ण महोत्सव मनायौँ, त्यस्तै २०७५÷०७६ लाई एकीकरण वर्ष मनायौँ, त्यस्तै गरी आ.व. ०७७÷०७८ लाई सहकारी सुदृढिकरण वर्षको रुपमा मनाउने अभियान सञ्चालन गरेका छौँ । देशकै नमुना सहकारीको रुपमा विकास गर्ने हाम्रो नयाँ सोचलाई स्थापित गर्न लागि परेका छौँ । नयाँ संघीय संरचना अनुरुप सहकारी संस्थाहरुको दर्ता नियमन नियन्त्रण गर्ने कार्य स्थानीय सरकारले गर्ने भएको हुँदा स्थानीय सरकारसँग सहकार्य र साझेदारीका कार्यक्रमहरुतय गरी समन्वय गर्ने कार्य गरिएको छ । जिल्लाको अवस्थालाई नियाल्दा करीव ३ दर्जन जति सहकारी एकीकरण भएको अनुमान गरिएको छ । एकीन तथ्याङ्क भने यसै वर्ष आउने छ । चालु आर्थिक वर्षमा नै सहकारी र सञ्चारकर्मी विच छलफल गर्ने योजना बनाएका छौँ । सहकारी संस्थाहरुलाई थप प्रभावकारी, दिगो विकास शुद्ध बनाउन आवश्यक पहल कदमी गर्ने योजना अघि सारेका छौँ ।
३. यहाँले नेतृत्व समाले पछि जिल्ला संघमा आवद्ध रहेका सहकारी संस्थाहरुको वृहत्तर हित जसले गर्दा ग्रामीण दुरदराजका शेयर सदस्यहरुको जीवन बदल्न सकेको होस ?
सहकारी संस्थहरुको हिजोको बुझाई र आजको अवस्था धेरै परिवर्तन भइ सकेको छ । हिजोका दिन वचत तथा ऋणको कारोवार गर्ने खर्चको गर्जो टार्ने थियो । आज अलि भिन्न अवस्थाको विकास क्रमको शुरुवात भएको छ । सामाजिक सेवा भावका साथ साथै संस्थाको व्यवसायिक विकास र स्थायित्व गर्न तिर ध्यान केन्द्रित गरेका छौँ । सहकारी संस्थाहरुको वृत्ति विकासको साथै सदस्यहरुको जीवनमा हाँसो र खुसि ल्याउन शेयर सदस्यहरुलाई उद्यमी व्यवसायी बनाउने योजनाका साथ अघि बढेका छौँ । सदस्यहरुको इच्छा चाहना अनुरुप व्यापार व्यावसाय र कृषि उपज उत्पादनमा व्यवसायिक ढङ्गबाट लागेर ग्रामीण अर्थतन्त्र बलियो बनाउने अभियानमा हाम्रो जिल्ला संघको सिङ्गो टिम अघि बढेको जानकारी गराउन चाहन्छ । नीति विधि प्रक्रियाको सहि सदुपयोग गरेर सहकारी संस्थाहरुलाई राष्ट्रिय पूँजी निर्माणमा अग्रसर हुन अभिप्रेरित गर्ने कार्य भएको छ ।
४. २०५३ भाद्र २६ गते अर्थात् विगत ५३ बर्ष अघि स्थापना भएको जिल्ला सहकारी संघ काभ्रेको ४ रोपनी १३ आना जग्गा छ । व्यवसायिक विकास र स्थायित्वको योजना किन बन्न सकेनन् ?
हो जिल्ला सहकारी संघ काभ्रेको लामो इतिहास छ । शुरुमा सरकार नियन्त्रित थियो । बहुदलीय व्यवस्था आएपछि मुकुन्द प्रसाद दाहलको नेतृत्वमा संघलाई व्यवस्थित गर्ने काम भयो । त्यस पछि पनि संघको संस्थागत विकास हँुदै आजको यो अवस्थामा आएको हो । स्वायत्त प्राप्तसँगै शूरुमा ९ वटा सहकारी संस्थाहरुको आवद्धता थियो । विगतमा २२ लाख कृषि विकास बैँकमा ऋण थियो । ऋण तिर्ने कार्य भएको छ । यहाँले उठाउनु भएको जिज्ञासा जिल्ला संघको ४ रोपनी १३ आना जग्गा छ । त्यसको उपयोगमा केही ढिलाइपन भएको हो । उक्त जग्गा २०६४ देखि २०७४ सम्ममा काभ्रे कर्जा बचत तथा ऋण सहकारी संस्थालाई १० वर्षमा भाडामा करार नाम जारी गरी दिएका हौँ, पछि नविकरण गरेका छैनौँ । शुरुको ५ बर्षमा काभ्रे कर्जाले २२ लाख रकम दिइयो । पछिल्लो ५ बर्ष पछि मासिक रुपमा साढे दुई बर्ष ४० हजारका दरले र अर्को बाँकी समयमा मासिक ४४ हजारको दरले जिल्ला सहकारी संघमा रकम बुझाएको हो । अहिले जग्गा क्षेत्र भित्रको पसलबाट मासिक २ लाख भाडा बापत प्राप्त हुन्छ । काभ्रे कर्जाबाट प्राप्त भएको शुरुको २२ लाख रकम कृषि विकास बैँकको ऋण तिरियो । जिल्ला सहकारी संघ जग्गा परिसर भित्र डेढ रोपनी क्षेत्रफलमा ७ करोडको भवन आगामी बर्ष भित्र बन्दै छ । डिपी आर तयार भइ सक्यो, दशैँ पछि सम्झौता गछौँ । भवन अण्डर ग्राउण्डमा पार्कीङ सिस्टम सहित हाल २ तला र पछि ५ तलासम्म बनाउन मिल्ने गरी डिपी आर तयार भयो । सहकारी संस्थाहरुले उत्पादन गरेका कृषि उपजको विक्री केन्द्र स्थापना गरिने छ । त्यस्तै गरी व्यापार व्यावसाय गर्न मिल्ने सपिङ कम्प्लेक्स सहितको भवन निर्माण हुने छ र यसलाई वागमती प्रदेश स्तरीय सहकारी सूचना अध्यन स्रोत केन्द्र बनाउने छौँ । देशकै नमुना जिल्ला सहकारी संघ बनाउन हाम्रो जिल्ला सहकारी संघको टिम सशक्त ढङ्गबाट लागि परेको छ । कृषि उपजको विक्री केन्द्र सञ्चालनले किसानले उत्पादन गरेका फलफुल तरकारी विउबिजनको उचित मुल्य प्राप्त गर्न सक्ने छन् । विचौलीया हावी हुन पाउँदैनन् । कृषकहरु धनी हुनु भनेको ग्रामिण अर्थतन्त्र बलियो हुनु हो । अहिले जिल्लाका ५ सय तीन सदस्यहरु संघमा आबद्ध हुनुहुन्छ । आगामी २ वर्ष भित्र दोब्बर वृद्धि गरी सहकारी संस्थाहरुको सक्षमता विकास गरी स्थायित्व प्राप्तीको लागि जिल्ला सहकारी संघ प्रतिवद्ध रहन्छ ।
५. गतवर्ष जिल्ला सहकारी संघ काभ्रेमा सुशासन र पारदर्शीताको सवालमा प्रश्न उठेको थियो । अभिभावकत्व गर्ने संघको गतिविधिमा के भएको हो त्यस्तो आम सहकारीकर्मीहरुलाई प्रष्ट पारीदिनुसन् ?
सरकारी तथा अर्ध सहकारी, सामाजिक संघ संस्था सबैमा आर्थिक पारदर्शीता र सुशासन हुन जरुरी छ । जिल्ला संघको क्रियाकलाप गरिविधि सञ्चालनमा कुनै खालको असमझदारी र बाटो विराएको थिएन । भित्रकै केही सिमित व्यक्तिहरुले व्यक्तिगत रुचि चाहना परिपूर्ति हुन नसक्दा केही समस्या भएको हो की भन्ने आम सहकारीकर्मी, बुद्धिजीवी र सञ्चारकर्मीमा जिज्ञासा रहनु स्वभाविक हो । जिल्ला संघलाई गतिशील ढङ्गबाट अघि बढाउन विगतका अग्रजहरुको सहयोग सद्भाव रहेकोले संघ यो अवस्थामा आई पुगेको हो । संघको हितमा आएको सल्लाह सुझव जहिले पनि शीरो धार्य हुने छ । ४ वर्ष अवधिमा सहकारी सम्बन्धी जागरण अभियानले सहकारीप्रति सकारात्मक विकास भएको छ । काभ्रेका १३ वटै पालिकामा सहकारी सञ्जाल गठन गरेका छौँ । काभ्रे जिल्लाका १२ वटा सहकारी संस्थाहरुमा कृषि उपज फलपूmल संकलन केन्द्र निर्माण गरिएको छ । कृषि सामग्री ढुवानी गर्न गाडिको समेत व्यवस्था गरिएको छ । थप कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने योजनामा छाँै । विगतका उतार चढावलाई शिक्षाको रुपमा लिइ अघि बढ्ने छौँ ।
