२०६३ साल देखि सहकारी क्षेत्रलाई कर्मथलो बनाइ कार्य शुरु गर्नु भएका गोपाल दाहाल २०७३ मंसिर २९ गतेबाट ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौतीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको छ । साविक बेथानचोक–५ च्याल्टीको आत्म विकास मा.वि.मा २०५९ देखि २०६२ सम्म शिक्षण पेशा अँगाल्नु भयो । तीन खम्बे अर्थ नीतिमा सहकारी क्षेत्रलाई एक खम्बा लिइएको भए पनि सहकारी क्षेत्रको वृद्धि विकासमा भने राज्यले चासो नदेखाएकोमा हर्षीत हुनु पर्ने ठाउँ छैन भन्नु हुन्छ । बैंकिङ क्षेत्रको पहुँच बाहिर रहेका ग्रामिण भेगका जनताहरुको आर्थिक जीवन स्तर माथि उकास्न, आर्थिक, सामाजिक रुपान्तरण तथा संस्कृतिक आवश्यकतालाई परिपूर्ति गर्न सहकारी संस्था केन्द्रित रहेको तर्क गर्नु हुन्छ । ज्योति मिर्मिरे सामुहिक साकोसको सहकारी संस्थाको वित्तीय अवस्था, समसामयिक विषय बस्तुमा आधारितमा रहि संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालसँग रेडियो ए.वि.सि. एफ.एम ८९.८ मेगाहर्जमा गरिएको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. ज्योतिमिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौतीको वित्तीय अवस्थाको साथै कोभिड–१९ प्रकोपले कस्तो प्रभाव पा¥यो ?
२०५६ साल असाढ २७ गते २६ जना सदस्यहरुबाट साविक ज्योति बचत तथा ऋण सहकारी संस्था लि.को रुपमा दर्ता भएको हो । २०६९ साल फगुण १९ गते ज्योति मिर्मिरे सामुहिक महिला र जागृति नमुना बचत तथा ऋण सहकारी संस्था लि. गरी ४ वटा संस्था एकीकरण गरी ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था बनेको छ । संस्थाका शेयर सदस्यहरुको जीवनमा हाँसो र खुसी ल्याउन उद्यमी व्यवसायी बनाउन हाम्रो सञ्चालक समिति टिम, लेखा समिति, विभिन्न उप समिति र कर्माचारी वर्ग सबैको सत प्रयास र शेयर सदस्यको अटल विश्वासको कारण आज संस्था यो अवस्थामा आइ पुगेको छ । ११ हजार ५ सय शेयर सदस्य, बाल बचत तथा संस्थागत बचत कर्ता १ हजार ३ सय गरी १२ हजार ८ सय छन् । संस्थाको शेयर पूँजी ५ करोड ६३ लाख ८७ हजार ४ सय रहेको छ । संस्थाको व्यालेन्स सिट ७४ करोड ४९ लाख ८३ हजार ५५ छ । समुदायमा आधारित संस्था बनेपा, धुलिखेल, पनौती र बेथानचोक गाउँपालिकामा सेवा विस्तार गरी सदस्यहरुको आर्थिक प्रगतिमा साथ दिएको छ । विश्वमा फैलिएको कोरोनाको कारण शेयर सदस्यहरुको मनस्थितिमा केही प्रभाव पा¥यो भने संस्थाले अघि सारेको रणनीतिक योजना अनुरुपको प्रगतिमा कमी आएको छ ।
२. कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले ग्रामिण अर्थतन्त्रमा संकुचन आएको छ , शेयर सदस्यहरुको लागि आर्थिक प्याकेज ल्याउन सक्यो त ?
२०७३ चैत्र ११ गते बाट सरकारले कोभिड–१९ रोक थाप तथा नियन्त्रण गर्न बन्दा बन्दी ग¥यो । देशका सबै क्षेत्रका आर्थिक क्रियाकलापमा नकारात्मक असर गरी राज्यकै अर्थतन्त्रमा संकुचन आएको छ । त्यस्तै ग्रामीण अर्थतन्त्रमा ठूलो समस्या ल्यायो । हाम्रो संस्थाका शेयर सदस्यहरुलाई मनोबल उच्च बनाउने आवश्यक पर्दा वित्तीय सहयोग उपलब्ध गराउने सन्र्दभमा सचेत रहि सूचना प्रवाह गर्ने काम गरेयौँ । बन्दा बन्दी अवधि भरको व्याजमा २ प्रतिशत छुटको प्रवन्ध , उद्यम व्यवसायगर्नेहरुलाई कर्जा तिर्न समस्या भए पुनर कर्जाको प्रवन्ध गरियो । ८ वटा सेवा केन्द्रबाट वित्तीय सेवा प्रदान गरेको छौँ । कुन सदस्यलाई के समस्या छ त्यसको तथ्याङ्क संकलन गरियो । सदस्यहरुलाई कोरोना सचेतना कार्यक्रम सहित समस्यामा परेका ५ सदस्यहरुलाई राहतको प्रवन्ध गरियो । कर्जामा लाग्ने हर्जना मिनाह गरियो । त्यस्तै पनौती नगरपालिकाको खाद्यन्न बैंकमा राहत सामग्री उपलब्ध गराउने कार्य संस्थाले गरेको कुरा अबगत गराउन चाहन्छु ।
३. संस्थाले शेयर सदस्थहरुको जीवनमा साच्चै परिवर्तन ल्याउने सवालमा भन्नु पर्दा के के उपलब्धी हाँसिल भएका छन् ?
ग्रामिण भेगका बैंकिङ पहुँच पुग्न नसकेकाहरुलाई वित्तीय सेवा प्रदान गर्नु नै ठूलो उपलब्धी हो । विगत ४ दशक अघि विपन्न तथा पिछडीएका बर्गहरुले आफ्नो जीवनका हरेक पलमा जीवन यापन गर्न धेरै संघर्ष झेल्नु पर्दथ्यो । विवाह, व्रतबन्ध शुभकार्य केही गर्नु प¥यो भने साहुकोमा ऋण काढ्नु पर्ने ३६ प्रतिशत व्याजमा अहिले त्यो अवस्था छैन् । सहकारी संस्थामा सदस्य बनेका खण्डमा सामुहिक अमानीमा लघुवित्त मार्फत १ लाख देखि २ लाख सम्म विना धितो ऋण प्राप्त गर्न सक्छन् । उद्यम व्यवसाय गर्न चाहनेहरुलाई ऋण प्रवाह गरिन्छ । हाम्रो ज्योतिमिर्मिरे सामुहिक साकोसले २ हजार महिला सदस्यहरुलाई आर्थिक सशक्तिकरणको लागि सहुलियत दरमा ऋण प्रवाह गरेको छ । सदस्यहरुको जीवनमा आर्थिक परिवर्तनमा सुधार भएको छ । आफ्नो छोरा छोरीहरुलाई स्वदेशभित्रै राम्रो संस्थागत विद्यालय तथा कलेज अध्यापन गराउने देखि विदेशमा अध्यन गर्न चाहने व्यक्तिहरुलाई शैक्षिक ऋण प्राप्त गरेको छ । महिलाहरुको नेतृत्व विकास हुन सकेको छ । आर्थिक प्रगति पनि भएको छ तर विगतमा कस्तो अवस्था थियो, हाल कस्तो भयो भन्ने सूचांक मापदण्ड केही नहुदाँ कति प्रतिशत प्रगति भयो भन्ने यकिन छैन् । व्यापार व्यावसाय गर्न, घरेलु तथा साना उद्योग सञ्चालन गर्न सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको परियोजना अनुसार ऋण प्राप्त गर्न सक्छन् । विगत १० बर्ष अघि तरकारी तथा कृषिजन्य उपजमा ग्रामिण भेगमा आत्मनिर्भर थिएन । अहिले कृर्षकहरुले व्यवसायिक रुपमा खेति गर्न थालेका छन् । पशुपालन, कुखुरा पालन, बाख्रा पालन, तरकारी खेतिबाट मनग्य कमाउन सकेका छन् । यी सबै सहकारी संस्थाहरुले बचत संकलनको अभियान सञ्चालन गरी स–साना छरीएर रहेका पूँजीको संकलन गरी सदस्यहरुको बृहत्त हित गर्न सकेका छन् । युवा तथा बयस्क दुबैको सक्षमताको विकास गर्न सकिएको छ । यहि नै उपलब्धी हो भन्ने लाग्छ ।
४. संस्थाका नयाँ भावि योजना के के छन् ?
समुदायको हितमा सञ्चालन भएको संस्था हो । नीति, विधि र प्रक्रिया अनुरुप पारदर्शी ढङ्गबाट संस्थागत सुशासन कायम हुनुपर्छ । संस्थाको दिगो विकास, सदस्यहरुको जीवनमा सकारात्मक आर्थिक परिवर्तन, सक्षमताको विकास पहिलो प्राथमिकता हो । शेयर सदस्यहरुको वृहत्तर आर्थिक हित , सहकारी संस्थाको स्थायित्व गर्न भूमिका खेलेकै कारण बागमती प्रदेश स्तरकै उत्कृष्ठ सहकारी बन्न सकेको छ । अव देशकै नमुना उत्कृष्ठ संस्था बनाउन हाम्रो ध्यान केन्द्रित भएको छ । सदस्यहरुको माया सद्भाव विस्वासले संस्थाको प्रगति भएको हो गाउँ गाउँमा लघुवित्त समूह बनाइ आवश्यकताको आधारमा ऋण प्रवाहलाई थप व्यवस्थित गर्ने सदस्य विरमीका बखत उपचार खर्च उपलब्ध गराएका छौँ । त्यसमा केही बृद्धिल्याउने, सदस्यहरुको मृत्यु पछि मृत्यु राहत आफन्त परिवारलाई दिदैँ आएको छ । यसलाई थप प्रभावकारी बनाइ अघि बढ्ने नीति विधि प्रविधिको उच्चतम प्रयोग गरी बढी भन्दा बढी सेवा सुविधा सदस्यहरुलाई उपलब्ध गराउने । शेयर सदस्यहरुको जीवनमा आर्थिक समृद्धि ल्याउन भरपुर प्रयास गरी निदृष्ट गरेको उद्देश्य प्राप्त गर्न लागि पर्ने हो । मोवाइलको प्रयोगबाट घरबाट नै संस्थाको खाताबाट आफ्नो खाताको रकम कारोवार गर्न सकिने व्यवस्था गरिने छ ।
५. कर्मचारी बर्गको वृत्ति विकास स्थायित्वको लागि संस्थाले के व्यवस्था गरेको छ ?
संस्थाका सञ्चालक समितिले उच्चतम नीति बनाउनु भएको छ । कर्मचारी वर्गले कार्यान्वयन गरिएको छ । कुनै पनि संस्थाको दिगो विकास गर्नु छ भने त्यहाँका कर्मचारीहरु सन्तुष्ट हुनुपर्छ । कर्मचारीहरुको क्षमता विकास, एक कर्मचारी एक तालिमको प्रवन्ध गरिएको छ । तहगत सबै कर्मचारीहरुलाई नेपाल सरकारले प्रदान गदैँ आएको सेवा सुविधा प्रदान गरिएको छ । कोष र विमाको प्रवन्ध गरिएको छ ।
